रोल्पा जलजला सेवा समाज दोहा कतारद्वारा ‘विशेष श्रेष्ठ बचाऔं अभियान’ मा आर्थिक सहयोग प्रदान 

रोल्पा जलजला सेवा समाज दोहा कतारद्वारा ‘विशेष श्रेष्ठ बचाऔं अभियान’ मा आर्थिक सहयोग प्रदान
जेठ, २८ गते
लिबाङ–रोल्पा


रोल्पा नगरपापिलका–४ नं. रोल्पा निबासी ‘विशेष श्रेष्ठको जीवन बचाऔं अभियानका क्रममा रोल्पा जलजला सेवा समाज दोहा कतारबाट प्राप्त रु २६ हजार ९७० रकम आज यस वडा अध्यक्ष नवराज आचार्यले विरामीको परिवारलाई हस्तारण गर्नुभएको छ । यस आर्थिक सहयोगले श्रेष्ठको उपचारमा थप सहयोग पुग्ने भएको छ ।
यस समाजको पूर्व सांस्कृतिक विभाग प्रमुख रविन्द्र सुनारको उपस्थितिमा वडा अध्यक्ष नवराज आचार्यले आज उपचार्थ विशेष श्रेष्ठको घर परिवारलाई लिबाङमा हस्तारण गर्नुभएको हो । यस वडाको गुरुङ गाउँ घर भै हाल दोहा कतारमा रहनु भएका सेवा समाजको पूर्व महा सचिव तथा सेवा समाजका वर्तमान प्रवक्ता छबिलाल घले (साजन) सँग विरामी श्रेष्ठको उपचार अवस्थाको विषयमा कुराकानि भएपछि सेवा समाज र समाजका सम्पूर्ण परिवारलाई धन्यवाद दिँदै बिरामीको शिग्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभयो । सेवा समाजको बारेमा सेवा समाजका पूर्व सांस्कृतिक विभाग प्रमुख रविन्द्र सुनारले जानकारी गराउनुभएको थियो ।

कार्यालय र घर परिवारले आर्थिक सहयोग गरेको प्रति सेवा समाजलाई धन्यवाद व्यक्त गरेका छन् । लक डाउनको कारण विरामी श्रेष्ठको विशेष उपचार भई घरमा ल्याएको छ भने थप उपचारको लागि सम्बन्धित अस्पतालमा जानु पर्ने अभियान्ता लोकेन्द्र सेनले जानकारी दिनुभयो । विरामीको थप उपचार बाँकी रहेको हुँदा सहयोगी मनकारी मनहरुलाई आर्थिक सहयोगको लागि श्रेष्ठको जीवन बचाऔं अभियान्ता सेनले अपिल गर्नुभयो ।

You may also like