कोरोना रोक्न सरफाई नै पहिलो विधि भएकाले मान्डीबाङ आमा समूहबाट सावुन वितरण

रोल्पा समाचारदाता
बैशाख १४ माडीचौर

कोरोनाभाइरसको महामारी नियन्त्रणमा नेपालका सबै क्षेत्रको संक्रितामा फैलन पाएको छैन । यसैक्रममा रोल्पा नगरपालिका वडा नं. ७ (साविक) जंकोट १ माडीचौरको मान्डीबाङ आमा समूहले पनि कोरोना भाइरस मानिसहरुमा सर्ने पहिलो कारण हातको सरफाई नगर्नालले नै संक्रण हुने भएकोले साविकको वडाकाका घरपरिवार, क्वारेन्टाइनमा राखिएका र भाडामा बस्ने सबैलाई हात धुने सावुन वितरण गरेको छ ।

आज विहान आफ्नो वडाभरीकाप्रति घर, क्वारेन्टाइनमा बसिरहेका र घर भाडामा बस्ने एवं मजदुर लगायत सबैलाई ३ वटाका दरले कविर २५० घर तथा व्यक्तिलाई वितरण गरेको आमा समूहका अध्यक्ष आशा पुनमगरले बताउनुभयो । उहाँहरुले आमा समूहले पनि यसलाई निकै सहजीकरण गरी वितरण गरिएको र सबैलाई साबुन पानीले मिचि मिचि हात धुनका लागि सन्देश प्रवाह गरिएको बताउनुभयो । यस्तै आमा समूहका सल्लाहकार नौमाली पुनमगरले आफू पनि बच्ने र गाउँलाई पनि बनाउनको लागि आमा समूहबाट सचेतनाका विभिन्न कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयोः–“हामीले आफ्नो परिवार, गाउँ, बचाउनको लागि पहिलो कुरा आमाहरुको प्रमुख हात हुने भएकाले गर्दा आमाहरुलाई सचेतना बनाउनुपर्ने भएकाले सबैलाई त्यसका लागि नै घर घरमा गएर हात धुने तरिका, अन्य सरसफाई, मास्क लगाउन, व्याक्तिगत सरफाई नै सिकाका छौँ । सबैले सकरात्मक कदमका रुपमा बुझेका छन् ।”


यसैगरी सामाजिक अभियान्ता पम्फादेवि पुनमगरले सबैभन्दा गाउँ नै सजक हुनु पर्ने बताउँदै आमा समूहले गाउँ कोरोना आमा शिक्षा कार्यक्रम, विद्यार्थीहरुलाई घरमा बसालेर सृजनात्मक काममा लगाउने, क्वारेन्टाइनमा रहेको व्यत्तिहरुको सुरक्षा लगायतको विषयमा सचेतना प्रदान गरिरहेको बताउनुभयो ।
वडा सदस्य ननिराम पुनमगर (आशिस) ले आमा समूह, विभिन्न क्वलहरुको सक्रियताले गाउँमा कोरोना नियन्त्रण निकै सहज भएको बताउनुभयो । आर्थिक रुपमा पनि विभिन्न आमासमूह, क्लवहरुले लगायतले बजेटको व्यवस्था गरि अगाडि बढाउदा वडा तथा सरकारलाई पनि कमभार परेको बताउनुभयो । यसैगरी वडा अध्यक्ष गणसिंह पुनमगरले गाउँ तथा टोलहरुमा यस्तो सक्रियताले मानिसहरुलाई चनाखो र रोगसँग लड्न सक्ने सचेतना पैदा हुने भएको बताउनुभयो ।


आमा समूहको कार्यले गाउँमा सचेतना पैदा भएर सबैमा जागरुकता प्रदा भएको आमा समूहका सदस्य राजकुमारी घर्तीमगरलेब बताउनुभयो ।
रोल्पा जिल्लामा आमा समूहले निकै संक्रीयता साथ काम गरिरहेका छन् । आमा समूहले गाउँको बाटोमा चेकजाँच गर्ने, अपरिचित मानिसहरुलाई गाउँ भित्र प्रवेशमा गर्दा सोधपुधपछि मात्रै दिने, बाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा व्यावस्थापन गर्ने, गाउँमा सचेतना फैलाउने लगायतको कामहरु गर्नाले पनि गाउँलाई निकै सजिलो भएको छ । त्यसैले आगामी दिनमा यस्ता सामाजिक कामहरु गर्दै गएमा गाउँ र देशका लागि राम्रो भएर कोरोना रोकथाम तथा नियन्त्रणमा सजिलो हुने छ ।

 

You may also like