सामूहिक हत्यामा बलिदान गर्ने शहीद परिवार सम्मान लुङ्ग्री ६ ले सम्मान गर्दै


रोल्पा समाचारदाता
चैत्र ३ गते

This image has an empty alt attribute; its file name is kalakar-1024x853.jpg


नेपालको परिवर्तनको इतिहासमा रोल्पाको पाटे गुम्चालको निकै चर्चा परिर्चाको शिखरमा रहेको छ । २०५८ साल चैत्र २४ गते ४६ जनाको हत्या सामूहिक रुपमा भएको थियो । राज्यपक्षबाट ४६ जनाको हत्या भएको सामूहिक हत्याकाण्डको स्मृतिमा लुंग्री–६ गुम्चालले शहीदहरुको सम्झनामा लुंग्री गाउँपालिका वडा वडा कार्यालयले विविध कार्यक्रम मनाउँदैछ ।
“सहिद र सहिद परिवारको सम्मान, इतिहासको संरक्षण हाम्रो अभियान ! ” भने मुल नाराका साथ मनाउन लागिएको हो । एकै दिन एउटै समयमा तत्कालीन जनयुद्धको समयमा २०५८ चैत्र ०४ गत्ते का दिन ४६ जनाको हत्या गरिएको ठाउँ लुङग्री ६ गुम्चालको पाटेगुम्चालमा भएकोले ति शहीद परिवारलाई समान गर्न लागेको लुङग्री गाउँपालिका वडा ६ का वडा अध्यक्ष जोख बहादुर बुढाथोकीले बताउनु भएको छ ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुन सिजल, विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मिना खड्का बुढाद्वारा शहिद परिवारलाई सम्मान गर्ने, सो कार्यक्रमको अबसर पारेर विविध खेलकुद साथै साँस्कृतिक कार्यक्रम पनि उद्घाटन गर्ने लागेको आयोजकले जानकारी दिएको छ ।


This image has an empty alt attribute; its file name is khelkur-819x1024.jpg

खेलकुद प्रतियोगितामा पुरुष भलिबल प्रतियोगिता प्रथम पुरस्कार २६.०००÷– कप, मेडल र प्रमाणपत्र । द्वितीय पुरस्कार ः १८,०००÷– कप, मेडल र प्रमाणपत्र । सेमिफाईनल लिस्ट ७०००÷–, ७००० त्यसै गरी महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार ः १६,०००÷– कप, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ११,०००÷– कप, मेडल र प्रमाणपत्र, सेमिफाईनल लिस्ट ४०००÷–, ४०००÷– लोक दोहोरी गीत प्रतियोगिता प्रथम पुरस्कार ५,०००÷– मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ः ३,०००÷– मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ः २,०००÷– मेडल र प्रमाणपत्र रहेको आयोजकले जानकारी दिएको छ । यसैगरी पुर्खा देखि चलि आएको साईला बरै गीत संक्षरणको लागि प्रतियोगिता गरेको छ प्रथम पुरस्कार ः ५,०००÷– मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ३,०००÷– मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ः २,०००÷– मेडल र प्रमाणपत्र दिने लुङग्री गाउँपालिका वडा ६ वडा कार्यालयले बताएको छ ।
एकल नृत्य प्रतियोगिता प्रथम पुरस्कार ः २,५००÷– मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ः १,५००÷– मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ः १,०००÷– मेडल र प्रमाणपत्र रहेको छ । उक्त खेल ४ देखि ८ सम्म हुने पनि आयोजकले बताएको छ ।
। कार्यक्रममा जनवादी गायक कलाकारहरू झकार बुढा मगर, जनबादी गायका सुनमाया नेपाली, गायीक सिवम् संगित (गायक), रमिला बुढा मगर (लोकदोहोरी गायिका), अमर रोका मगर (लोकदोहोरी गायक) लगायतको विभिन्न प्रस्तुति रहने छ । साथै हरेक सांझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने छ । लुङग्री गाउँपालिका वडा ६ का वडा अध्यक्ष जोख बहादुर बुढाथोकीले जानकारी दिनु भएको छ ।
नेपाली परिवर्तनको आन्दोलनमा निकै महत्वपूर्ण घटनाको रुपमा रहेको पाटे गुम्चाल हत्याकाण्ड १० वर्षको जनयुद्धमा सबैभन्दा बढी जनताको जीवन बलिदान भएको स्थान हो । यो युद्ध पर्यटनका हिसावले निकै महत्वपूर्ण रहेको छ । त्यस हत्याकाण्डमा जीवन गुमाउनु भएका शहीदहरुको सम्झनामा स्मारक निर्माण गर्ने गरी लागेको वडा अध्यक्षले बताउनुभएको हो ।

You may also like