निरन्तर जनताका सेवक अधुरा थबाङका वडा अध्यक्ष फर्कबहादुर बुढाको निधन सपना अधुरो

मानसिंह विश्वकर्मा
असार ७ गते


निरन्तर जनताको सेवामा काम गर्न नीजी सपना र स्वार्थलाई त्यागेर जनयुद्धमा होमिए । स्थायी अहेवको जागगिर छोडेर पनि जनताको मुक्ति भन्दै जनुद्धमा जनसेना र डाक्टरको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । थबाङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अध्यक्ष फर्कबहादुर बुढा ‘उज्जवल’ को निधन भएको छ । रोल्पा जिल्लामा स्थानीयतहको निर्वाचन भएपश्चात वडा अध्यक्ष निधन भएको पहिलो घटना हो । बुढाको उच्च रक्तचाको कारण गत ३० गते विहान आफ्नै घरमा मस्तिष्टघाट भएपछि उपचारका लागि काठमाण्डौँ माइटीघर मण्डेला स्थिति अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराई रहनुभएको थियो । कलिलो उमेर देखि नै जनसेवालाई पहिलो प्राथमिकता दिएर काम गर्ने एउटा सच्चा सेवक वडा अध्यक्षको नाम उनै फर्क बहादुर हुनुहुन्छ ।
उपचारमा कम सम्भावना देखिएपछि डाक्टरको सल्लाह अनुसार घर फकाउँदै गर्दा बाटोमा नै मृत्यु भएको थबाङ गाउँपालिकाका अध्यक्ष विरबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले भन्नुभयोः–“हाम्रो गाउँपािलकाका वडा नं. १ का वडा अध्यक्ष जनताको काममा निकै लागेर गर्ने वडा अध्यक्ष हो, उहाँको निधनले सिंगो गाउँपालिकालाई क्षति पु¥याएको छ । हामी शोकको घडिमा छाँै ।” जेठ ३० गतेदेखि विहान विरामी भएपछि उपचारका लागि उपचारका लागि काठमाण्डौँ लगिएको थियो । यस्तै उपाध्यक्ष रामकिरणी रोकामगरले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छः–“ अध्यक्ष बुढामगर निधनले सिंगो थबाङ गाउँपालिका शोकमग्न भएकोछ, उच्च रत्कचापका कारण गत जेठ ३० गते बिहान आफ्नै घर थबाङमा मस्तिष्कघात भएका अध्यक्ष बुढालाई आज असार ६ गतेसम्म काठमाण्डौँ माइतीघर मण्डला स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरीएको थियो । ेउहाँको व्यक्तिगत तथा संस्थागत जीवनलाई कुशल, इमानदार, नैतिकवान, मिलनसार ब्यक्तित्व उहाँको अभाव सधै खत्किरहने छ । दुःखको यस घडीमा दिबंगत फर्क बहादुर बुढाको मृत्युले एक कुशल अभिभावक गुमेको अनुभूति आफूलाई भएको बताउनुभएको छ ।


वडा अध्यक्ष फर्कबहादुर बुढाको शोकमा असार ८ गते गाउँपालिकका सबै सरकारी कार्यालयलाई विदा दिइएको र वडा अध्यक्षको उपचार खर्च, क्रिया खर्च गरी ३ लाख ५० हजार बजेट प्रदान गर्ने, वडा नं. १ को वडा कार्यालयमा ८ देखि ११ गतेसम्म नेपालको झण्डा झुकाउने लगायतका निर्णय भएको गाउँपालिकाका योजना प्रमुख अधिकार बुढामगरले बताउनुभयो । उहाँका पार्थिक शरिरलाई श्रद्धाञ्जली गर्दै परिवारको सल्लाह अनुसार नै दासस्कार गरिने बताउनुभयो ।
पत्रकार तथा उनका पारिवारिक सदस्य मौसम रोकाका अनुसार बुढाले सीएमए पढेका थिए र पञ्चायत विरोधी आन्दोलनमा सक्रिय थिए । त्यसैक्रममा अहेवको स्थायी नियुक्ति लिएर विभिन्न ठाउँमा जागिरे जीवन बिताए । २०५५ सालमा उनको पेन्सन पाक्न एक वर्षमात्रै बाँकी थियो ।
फर्कबहादुर जनयुद्धमा जनमुक्ति सेनाको प्लाटुन कमाण्डर र डाक्टर बन्दै सयौँ अप्रेशन गर्दै
साल तत्कालीन् माओवादीले जनमुक्ति सेनाको तीनवटा अस्थायी प्लाटुन बनाउँदा १ नं. रोल्पा, २ नं. रुकुम र ३ नं. को जाजरकोट कार्यक्षेत्र थियो जसमा १ नं. प्लाटुनको ‘डाक्टर’ बनेर आए फर्कबहादुर बुढा –डाक्टर उज्जल । उहाँले नै धेरै जनयुद्धका मोर्चाबा घाइतेहरुलाई उपचार गर्नुभयो ।
जनयुद्धमा लामो समयसम्म सहभागि हुँदै अगाडि बढ्नुभएका तत्कालीन जनमुक्ति सेनाका कमाण्डर चित्रम घर्ती गुलाफ भन्नुुहुन्छ ः–“त्यत्तिबेला म पहिलो प्लाटुनको सेक्सन कमाण्डर थिएँ । हाम्रो प्लाटुनको डाक्टर बनेर कमरेड उज्जल आउनु भयो,’ तत्कालीन प्लाटुनका सेक्सन कमाण्डर तथा जनयुद्धका घाइते चित्रबहादुर घर्ती ‘गुलाफ’ भन्छन्, ‘उहाँ हामी धेरै वटा लडाईंमा सँगै थियौँ, उहाँले हाम्रा थुप्रै घाइते साथीहरुको उपचार गर्नुभयो । उहाँ एउटा ईतिहास हुनुहुन्थ्यो । अब रहेन ।’
पछिल्लो चरणमा पार्टी विभाजन हुनेबलो पहिलो पटक किरणसँग र दोस्रो पटक नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको पार्टीमा आस्था राख्नुभयो । स्थानीय तहको निर्वाचनको क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशैभरको निर्वाचन असफल बनाउने घोषण गरेको थियो । तर, सो पार्टीले आधार क्षेत्र मान्दै आएको रोल्पा थबाङका कार्यकताहरु पार्टीको निर्देशन विपरित आफै उम्मेदवार बनेर विजयी हुनुभएको थियो । । शुक्रबार अपरान्ह १२ बजे अस्पतालले उपचार सम्भव नहुने निष्कर्षसहित विदा गरिदिएपछि घर लैजाँदै गर्दा ३ बजे मुग्लीनको कुरिनटारमा निधन भएको उनका भदै तथा नेपाल पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोकाले जानकारी दिनुभयो । ‘फुपाजुलाई बचाउने प्रयास सफल हुन सकेन, उहाँ ६० वर्षको उमेरमा हामीलाई छाडेर जानुभयो,’
जनताको सेवा गर्दै गर्दै आफ्नो श्रीमान गुमेको प्रक्रिया श्रीमति जमानसरी बुढाले दिनुभयो । जमानसरीले त्यसपछि अहेब फर्कबहादुर बुढासँग विवाह गरिन् । उनीहरुको एक छोरी जन्मिइन् । ती छोरीको क्यान्सरका कारण निधन भयो । जनयुद्धको बेलामा उनका पहिलो श्रीमान लालधनको गाउँकै फताहबाट मृत्यु भएको थियो । लालधनबाट बाटका छोराले नै फर्कबहादुरलाई बुवा भन्थे । जमानसरीको साथमा अब ती छोरा र उनको परिवार छन् ।
फर्कको अधुरो सपना
जनताको सेवमा झाडो लगाउने गर्दथ्ये कार्यालयमा सरफाई गर्ने देखि कार्यालमा नै झाडो लगाउने कार्य स्वयम आफू गरेर उदाहरण पेश गर्नुभएको थियो । जनताको मतबाट विजयी भएपछि जनताको मतलाई अपमान गर्नु हुँदै भन्ने मान्यता राख्ने फर्क बहादुर बुढामगरले अब जसरी भएपनि आफ्नो कार्यकालमा जनताको सेवा गर्ने प्रतिवद्धता अधुरो नै छोड्नुभयो । ५ वर्षे आफ्नो सपना पूरा गर्न पाउनु भएर यो सपना गर्दा सम्म मृत्युले पर्खेन बुढामगरलाई ।

You may also like