राेल्पामा आज २ हजार ५२१ जनाको स्वास्थ्य परीक्षण

राेल्पामा आज २ हजार ५२१ जनाको स्वास्थ्य परीक्षण
११ वैशाख, लिबाङ–रोल्पा

जिल्ला प्रशासन कार्यालय रोल्पाबाट गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रति कार्य शाखा (राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंह दरबार काठमाण्डौैंमा आज नोबेल कोरोना भाइरस (कोभिड–१९)को दैनिक रिर्पाेट पठाएको छ ।
यस जिल्लामा आज दिनभरी कोरोना भाइसर सम्बन्धि दैनिक कार्य अन्तर्गत २ हजार ५२१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । हालसम्म २१ हजार ८३० जनाको स्वास्थ्य परीक्षण, क्वारेन्टाइन वेड संख्या ३ हजार ४७२, अघिल्लो दिन क्वारेन्टाइनमा रहेको संख्या २ हजार ४१५ जना थिए भने आज थप भएको संख्या १ हजार ११४ जना व्यक्ति रहेका छन्, आज क्वारेन्टाइनमा फिर्ता गरिएको संख्या २५ जना, क्वारेन्टाइनमा १ हजार ११५ जना महिला र पुरुष २ हजार ३०१ जना गरी आजसम्मको जम्मा संख्या ३ हजार ४१६ जना व्यक्ति पुगेको रिर्पाेटमा उल्लेख गरिएको छ । नगरपालिका÷गाउँपालिकाहरुले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई खानपिनको व्यवस्थापन राम्रो व्यवस्थापन गरिएको छ । त्यसैगरी यस जिल्लामा २३ वेडको अआइसुलेसनमा विरामी बसेको छैनन् । जिल्लामा हालसम्ममा पिपिईको सेट जम्मा ३०५ रहेको रिर्पाेट सम्बन्ध्ति निकायमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले बताउनुभयो । उहाँको अनुसार हालसम्म यस जिल्लामा आरडिति परीक्षण भएका २९३ जना व्यक्तिको रिर्पाेट कोरोना भाइरसबाट संक्रमित नभएको आएको जानकारी दिनुभयो । यस जिल्लाको विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा बसेका ३४४ जना व्यक्तिहरु घर फिर्ता भएका छन् भने हालसम्म आइसुलेसनबाट ९ जना व्यक्तिहरु घर फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले जानकारी दिनुभयो ।

You may also like