रोल्पा अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोनाको सामाना गर्न सामग्री प्रदान

रोल्पा साचारदाता
लिबाङ रोल्पा
२०७६ चैत्र १२ गते

विश्वमा फैलिरहेको कोभिड १९ नोवल कोरोना भाईरस रोगको नियन्त्रणका लागि थालिएको प्रयास अनुरुप बिपत ब्यवस्थापनका लागि रोल्पा नगरपालिकाद्वारा रोल्पा अस्पताल रेउघाका लागि हाललाई कोरोना भाइरसबाट बच्न स्वास्थ्यकर्मीले पहिरिने पिपिई सेट ५ थान, ५ थान बेडसिट, फलामे बेड, सिरानी, सर्जीकल ग्लोप्स, सेनिटाईजर, आई भि क्यानुला लगायतका विभिन्न ११ थरीका सामाग्रीहरु प्रदान गरेको छ
थप ५ वटा बेड र बेडसीट चाँडैनै आउने नगर प्रमुख पूर्ण केसीले बताउनुभएको छ । सम्पुर्ण सामाग्रीहरु नगर प्रमुख पूर्ण केसीले प्रदान गर्नुभयो भने ग्रहण गर्दै डा. धनमायाँ घर्ती गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, रोल्पा नगरपालिका स्वास्थ्य शाखाका टंक गीरी, जन स्वास्थ्य अधिकृत डा. अनिल केसी, रोल्पा अस्पतालका डा. अनिल केसी, डा. प्रकाश बुढाथोकी सँगै अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा सामाग्री हस्तान्तरण गरिएको छ । बिहान मात्रै उद्योग बाणिज्य संघ रोल्पा र नेपाल रेडक्रस सोसाइटी रोल्पाले पनि मास्क, कम्बल लगायतका सामाग्रीहरु रोल्पा अस्पतालमा प्रदान गरेका छन् । नेपाल रेडक्रस जिल्ला शाखा रोल्पाका सभापति डिवी घर्तीमगरले आम रोल्पालीको स्वास्थ्य अबस्थामा राम्रो बनाउनको लागि सहयोग गरेको बताउनुभयो ।

यसैगरी रोल्पा उद्योग वाणिज्य संघले १०० वटा र निर्माण व्यवसायी संघले १०० वटा माक्र्स पनि प्रदान गरेको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले बताउनुभयो ।
नेपाल रेडक्रसले १५ वटा कम्वल, ५ थान म्याट्रिस र १०० थान मास्क समेत वितरण गरेको छ । बिपतमा आउन सक्ने समस्याबाट रोल्पा अस्पताल तयारी हालतमा रहेको अस्पालका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

You may also like