माडी गाउँपालिकाको पहलमा कोरियाबाट आएका राेल्पा कोर्चाबाङका एक व्याक्ती कोठामै बसे

रोल्पा साचारदाता
घर्तीगाउँ रोल्पा
२०७६ चैत्र १२ गते


विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्नका लागि माडी गाउँपालिकाले विभिन्न जनहितका कदम जारी गरेको छ । बैदशीक रोजगारबाट आएका माडी ६ कोर्चाबाङका एक व्याक्तीलाई गाउँपालिकको पहलमै माडी ५ स्वास्थ्य कर्मी एवं समाजवेवी प्रेम घर्तीमगरको घरमा  राखिएको छ ।
घर्तीमगर रोजगारको सिलशीलामा दक्षिण कोरीया जानएको थियो । घर्तीमगर काठमाण्डौँबाट आएको र गाउँमा पनि भविस्यमा नराम्रो होला भनेर सचेतनाका लागि लागिएको छ । सबै माडी गाउँपालिका बासीलाई अध्यक्ष नन्दबहादुर पुनमगरले निज व्यक्तिलाई गाउँपालके पहलमै १४ दिनसम्म सो कोठामा राख्ने र उनलाई संक्रमण भन्दा पनि नियम अनुसार राखिको मात्रै बताउनुभयो । साथै सचेतता र सजकता अपनाएमा यो भाइरसको संक्रमणबाट बच्न सकिने बताउँदै सबैलाई अनावश्यक भिडभाड, मेलापात, बजार आवागमन लगायतका कार्य नगर्नका लागि अनुरोध गर्नुभएको छ । उहाँका अनुसार माडी गाउँपालिकाले स्वास्थ्य सचेतनाका लागि घर्तीगाउँमा चेकजाँच कक्ष राखेर कार्य अगाडि बढाइएको बताउनुभएको ।
निजलाई नजिकबाट सल्लाह दिदैँ आउनुभएको स्वास्थ्यकर्मी एवं समाजसेवी प्रेम घर्तीमगरले कुनै पनि लक्षण नभएपनि आफ्नो गाउँमा आउँदा उपचार एवं १४ दिनसम्म राखेर मात्र पठाउनकालागि गरिएको बताउनुभयो । घर जादाँ बालबच्चाहरुसँग घुलमिल हुँदा समस्या आउन सक्ला भनेर राखेर बताउनुभाये ।


गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी प्रेस विज्ञप्तीमा सचेतना अपनाउनको लागि अनुरोध गर्नुभएको छ । चैत्र ११ गते जारी गर्नुभएको प्रेस विज्ञप्तीकोमा सबैले सचेतना अपनाउनुनै उपयुक्त विधि भएको बताउनुभएको छ । उक्त विज्ञिप्तीमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने बाहेकका अन्य सवारी साधानहरु रोक लगाइएको समेत बताएको छ ।
यसैगरी माडी गाउँपालिकाका स्वास्थ्य संयोजक इश्वरी गौतमले सम्पूर्ण वडा कार्यालयमा सावुन पानीले हात धुने व्यवस्था र गाउँपालिकाबाट सेनिटाइजर लगायत अन्य सामाग्री समेत पठाइएको समेत बताउनुभयो । उहाँले भन्नुभयोः–‘आफ्ना गाउँपालिकाभित्र आउने सबै नागरिकहरुलाई प्रेवश गर्दा अनिवार्य स्वास्थ्य जाँच गराउनको लागि अनुरोध गरेका छौँ, हामीले भन्दा पनि सचेततनाा अपनाउनको लागि अनुरोध छ ।”
उहाँले गाउँमा सचेतनाका लागि प्रचार प्रचार, महिला स्वयम सेविकाहरुलाइ परिचालन गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले कोरोना सर्ने तरिकामा–नाकवाट निस्किने सिगानवाट, फोहर हातवाट, राम्रोसंग, नपाकेको मासु, माछा र तरकारीमा–भाईरस प्रभावित विरामी व्यक्तिको सम्पर्कवाट स्वास्थ्यमा सिगान बगी रहनु, घाँटी सुक्नु तथा दुख्नु ,पखाला लाग्नु, वान्ता हुनु, लगातार टाउँको दुख्नु र ज्वरो आउनु, सास फेर्न गाह्रो हुने र असाधारण थकाई लागेमा यसको लक्षण हुन सक्ने बताउँदै तसर्थ यसबाट बच्न साबुन पानीले राम्रो संग हात धुने, खाने कुरो धोई पखाली राम्रोसंग पकाउने, माक्सको प्रयोग गर्ने, भिडभाडमा नजानका र आफू र आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई केही शंका लागेमा नजिकको हेल्प डेस्क र स्वास्थ्य संस्थामा गएर तुरुन्त स्वास्थ्य जाँच गराउनको हार्दिक अनुरोध गरेको छ ।

You may also like