पूर्व संविधानसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य घर्तीमगर मातृशोकमा नेकपा रोल्पाद्वारा शोक वक्तव्य जारी

रोल्पा समाचारदाता
लिबाङ रोल्पा
चैत्र १४


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति सदस्य एवं पूर्व संविधान सभा सदस्य माननीय तारा घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सल्लाहकार सदस्य क. जयबहादुर घर्तीमगर मातृशोकमा पर्नु भएको छ । पूवं सविधानसभा सदस्य तारा घर्तीमगर (अञ्जुली) र जयबहादुर घर्तीमगरका आमा शर्मा घर्तीमगरको चैत्र १३ गते विहान निधन भएको थियो । मृतक शर्मा घर्तीमगर नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति सदस्य एवं प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कुलप्रसाद के.सी. (सोनाम) का सासु आमा समेत हुनुहुन्छ ।


तारा घर्तीमगर, जयबहादुर घर्तीमगरका आमाको मृत्युले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुखित तुल्याएको भन्दै नेकपा रोल्पाले एक शोक वक्तव्य जारी गरेको छ । रोल्पा जिल्ला संगठन कमिटिका अध्यक्ष सुरेन्द्र घर्ती थापाद्वारा शुक्रबार अर्थात १४ गते जारी विज्ञप्तीमा भनिभएको छः–‘ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति सदस्य एवं पूर्व संविधान सभा सदस्य माननीय तारा घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सल्लाहकार सदस्य क. जयबहादुर घर्तीमगरको पुजनीय आमा र पार्टीका केन्द्रीय समिति सदस्य एवं प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कुलप्रसाद के.सी. (सोनाम) का सासु आमा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नं. २ भनभने निवासी स्व. शर्मा घर्तीमगर को ८५ वर्षको उमेरमा यही मिति २०७६÷१२÷१३ गतेका दुःखद् निधन भएको हुँदा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी रोल्पा अत्यन्त मर्माहित भएको छ । साथै हाम्रो पार्टीको एक कुशल अभिभावक गुमाएको महसुस गर्दै दुःखदको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछ । ’
धु्रव्रद्वारा जारी विज्ञप्तीमा क. तारा घर्तीमगर, क. जयबहादुर घर्तीमगर, क. कुलप्रसाद केसी (सोनाम) लगायत सम्पूर्ण आफन्तजनहरुमा शोकलाई शक्तिमा बढल्ने साहस पैदा होस् भनि हाम्रो पार्टीको तर्फबाट कामना समेत उक्त वक्तव्य मार्फत गरेको छ ।

You may also like