कोरोना संक्रमण रोक्नका सुनछहरी गाउँपालिकाले प्रत्येक वडामा ५ वेडको वार्ड निर्माण गर्ने

रोल्पा साचारदाता
पोबाङ रोल्पा
२०७६ चैत्र १२ गते


विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्नका प्रत्येक वडामा ५ जना राख्न सकिने क्वारीनटाइन वार्डको व्यवस्था गर्ने निर्णय गरेको छ । सो अनुसार प्रत्येक वडामा आपकालीन सेवाका लागि वाड निर्माण गरेको छ ।
सबै सुनछहरी गाउँपालिका बासीलाई अध्यक्ष आसबहादुर पुनमगरले सचेतता र सजकता अपनाएमा यो भाइरसको संक्रमणबाट बच्न सकिने बताउँदै सबैलाई अनावश्यक भिडभाड, मेलापात, बजार आवागमन लगायतका कार्य नगर्नका लागि अनुरोध गर्नुभएको छ । उहाँका अनुसार माडी गाउँपालिकाले स्वास्थ्य सचेतनाका लागि घर्तीगाउँमा चेकजाँच कक्ष राखेर कार्य अगाडि बढाइएको बताउनुभएको । उहाँले पोबाङ, गाम, लगायतको स्थानमा सुरक्षा जाँच कक्ष समेत राखेको बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता अमरजीत पुनमगरद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा सचेतना अपनाउनको लागि अनुरोध गर्नुभएको छ । औषधी खरिद, लगायत अन्य रोकथामका लागि तयारीका कामहरु गर्ने निर्णय गाउँ कार्यपालिकाको बैठकल गरेको प्रबक्ता अमरजति पुनमगरले बताउनुभएको छ ।
यसैगरी माडी गाउँपालिकाका स्वास्थ्य संयोजक इश्वरी गौतमले सम्पूर्ण वडा कार्यालयमा सावुन पानीले हात धुने व्यवस्था र गाउँपालिकाबाट सेनिटाइजर लगायत अन्य सामाग्री समेत पठाइएको समेत बताउनुभयो । उहाँले भन्नुभयोः–‘आफ्ना गाउँपालिकाभित्र आउने सबै नागरिकहरुलाई प्रेवश गर्दा अनिवार्य स्वास्थ्य जाँच गराउनको लागि अनुरोध गरेका छौँ, हामीले भन्दा पनि सचेततनाा अपनाउनको लागि अनुरोध छ ।”
गाउँपालिका स्वास्थ्य शाखाले गाउँमा सचेतनाका लागि प्रचार प्रचार, महिला स्वयम सेविकाहरुलाइ परिचालन गरेको कोरोना सर्ने तरिकामा–नाकवाट निस्किने सिगानवाट, फोहर हातवाट, राम्रोसंग, नपाकेको मासु, माछा र तरकारीमा–भाईरस प्रभावित विरामी व्यक्तिको सम्पर्कवाट स्वास्थ्यमा सिगान बगी रहनु, घाँटी सुक्नु तथा दुख्नु ,पखाला लाग्नु, वान्ता हुनु, लगातार टाउँको दुख्नु र ज्वरो आउनु, सास फेर्न गाह्रो हुने र असाधारण थकाई लागेमा यसको लक्षण हुन सक्ने बताएको छ ।
तसर्थ यसबाट बच्न साबुन पानीले राम्रो संग हात धुने, खाने कुरो धोई पखाली राम्रोसंग पकाउने, माक्सको प्रयोग गर्ने, भिडभाडमा नजानका र आफू र आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई केही शंका लागेमा नजिकको हेल्प डेस्क र स्वास्थ्य संस्थामा गएर तुरुन्त स्वास्थ्य जाँच गराउनको हार्दिक अनुरोध गरेको छ ।

 

You may also like