रोल्पामा पनि ग्लोबल र जनता बैंकको सेवा एकै ठाउँबाट सुरुवात

मंसिर २० गते
लिबाङ रोल्पा ।


ग्लोबल आइएमई बैकं लिमिटेड र जनता बैंक लिमिटेड बीच संमायोजक प्रक्रिया पूरापछि आजदेखि लिबाङमा बैंकिङ सेवा एकै ठाउँबाट सुरुवात भएको छ । अब लिमिटेडलाई दुई बैंकको सेवाग्राहीलाई सहज सेवा प्रवाहमा ध्यान आवश्यक छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडको रोल्पा जिल्लामा ६ ओटा भएको छन् । यस बाहेक बैंकको १ एक्सटेन्सन काउन्टर, २ मालपोत काउन्टर र ६ ओटा शाखा रहित बैंकिङ सेवा समेत सुरुवात भएका छन् । ग्लोबल आइएमई बैंक नेपाल लिमिटेड र जनता बैकं नेपाल लिमिटेडले संमायोजनपछि शुक्रबारबाट संयुक्त कारोबार शुरुवातसँगै रोल्पामा बैंकको शाखा सञ्जाल भएको लिमिटेड भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैकं लिमिटेड बीचको संमायोजन प्रक्रिया पूरा भएपछि अब देशभरि नै ग्लोबल आइएमई बैंक लिमिटेडबाट बैंकिङ सेवा समेत शुरुवात भएको छ ।  हाल देशभर रहेका जनता बैंक अब ग्लोबल आइएमई बनेका छन । हाल ग्लोबल आइएमई बंैकको रोल्पामा लिबाङ, सुलिचौर, होलेरी, परिवर्तन गाउपालिकाको पुतलाचौर, सुकिदह र थबाङमा शाखा रहेका छन भने घर्तिगाउमा एक्सटेन्सन काउन्टर समेत रहेको छ । संयुक्त कारोबार सुरु भएपछि आम ग्राहकहरु ख्ुासी भएका छन् ।

गाउँ गाउँमा बैकं पुगेसँगै वित्तीय साक्षरतामा समेत बृद्धि भएको छ । बैंकिङ कार्यको निम्ति सेवा ग्राही सदरमुकाम नै आउनु पर्ने बाध्यता अन्त्य भएको छ । आम मानिसमा बैंकप्रति पनि विश्वास बढेर गएको थबाङ गाउँपालिका २ नं. वडा अध्यक्ष बसन्त रोकाले बताउनुभयो । ग्लोबल बैकंमा रहेका ग्राहकहरुको खाता नंम्बर पुरानो नै रहनेछ भने साविकको जनता बैकंमा रहेको खाता नम्बर बलिएर नयाँ बन्नेछ । उक्त खाता नं पाउन आफ्नो पायक पर्ने नजिकैको ग्लोबल आइएमई बैकंमा गएर लिन बैकंले अनुरोध समेत गरेको छ ।
राष्ट्र बैंकको नीति अनुसार ठूलो संमायोजनमा गएपछि दुई बैंक बीचको संमायोजनबाट ग्लोबल आइएमई बैकं लिमिटेडको नामबाट संयुक्त कारोबार सुरु गरिएको छ । ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा धेरै पुजी भएको बैकं पनि बेनको छ । संमायाजनपछि बैंकको कुल चुक्ता पुजी १९ अर्ब, प्राथमिक पुजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्व भएको छ । हालसम्म बैंकको ७७ ओटै जिल्लामा ३० को हाराहारीमा शाखा, २५९ ओटा एटीएम बुथ, २४३ ओटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा ३ ओटा प्रतिनिधि कार्यालय गरी कुल ८३८ सञ्जाल रहने छ । बैंकमा हाल ३ हजार २५० भन्दा बढि कर्मचारी र २० लाख ग्राहक रहेका छन् ।

You may also like