शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले राेल्पा अस्पताल अवस्थाकाे बारेमा अन्तरक्रिया

फागुन २७ रोल्पा
रोल्पा समाचारदाता


संघीय शिक्षा तथा स्वाथ्य सभापति जयपुरी घर्तीमगरले रोल्पा अस्पतालको सेवा र भइरहेको अवस्थाका बारेमा छलफल गर्नुभएको छ । उहाँले रोल्पा अस्पतालको सेवा प्रदानका विषयमा आफूलाई पनि निरन्तर रुपमा जानकारी भइरहेको बताउँदै विगतदेखि रोल्पा जिल्लाको स्वास्थ्यको विकासका लागि शुरुवातदेखि नै लागि रहेको बताउँदै त्यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनको लागि निरन्त लाग्नका लागि निर्देशन गर्नुभयो ।
उहाँले रोल्पा अस्पतालको विकासका लागि एम्बुलेन्स र एक्सरे मेसिनदेखि नै लागेको बताउँदै वर्तमान अवस्थामा आफू स्वास्थ्य समितिको सभापति हुँदा रोल्पालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँले रोल्पा अस्पतालको भौतिक संरचना निर्माण, जनशक्तिका लागि संघीय मन्त्रालय र प्रदेशको स्वास्थ्य मन्त्रालयमा पहल गर्ने बताउनुभयो । उहाँले विरामीहरुलाई खुशी भएर उपचार गर्नका लागि अनुरोध गर्दै दत्तचित्त भएर विरामीको सेवा गर्नका लागि निर्देशन समेत गर्नुभयो । भवन निर्माणका लागि जिल्ला आफूले पनि पहल गर्ने बताउनुभयो ।

रोल्पा अस्पतालका प्रमुख डाक्टर प्रकाश भट्टराइले रोल्पा अस्पतालको सेवा, सुविधा जनतालाई छिटो छरिटो ढंगबाट सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले अझै रोल्पाली जनताको सेवामा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको टिम खटिरहेको बताउँदै आगामी दिनमा अझै सेवालाई प्रभावकारी बनाउनको लागि पर्ने बताउनुभो । रोल्पा अस्पताल भवन निर्माणको विषयमा सबैले ध्यान दिनु पर्ने बताउनुभयो । रोल्पा जिल्लाको स्वास्थ्यको अवस्थालाई सुधारर्नका लागि सबैको सहकार्यमा लाग्ने प्रविद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यको अध्यक्षतामा भएको थियो ।

You may also like