रोल्पामा पार्टी परीत्यागको संख्या बढ्दै

रोल्पा समातारदाता
लिबाङ–रोल्पा


नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्द लगाए पश्चात् रोल्पा जिल्लामा कार्यकर्ताहरुले पार्टी परीत्याग गरी सार्वधारण नागरिकको हैसियमा जीवन यापनाको प्रतिवद्वता व्यक्त गर्नेहरुको संख्या बढ्को क्रममा छ । जुन कार्यले नेपाल सरकारको अभियानमा सुरक्षा निकायलाई सहयोग पुगेको छ ।


प्रहरीको लिष्टमा परेका पार्टीका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा आएर सर्वसाधारणको हैसियतमा बस्ने प्रतिवद्वता व्यक्त गरी रहेका छन् । सोही क्रममा लुङ्ग्री गाउँपालिका–३ रोल्पा निबासी लिलाबहादुर जि.सी.ले सोमबार जिल्ला प्रशासन कार्यालय रोल्पामा आएर आफ्नो व्यवसायको कारण नेपाल कम्युनिष्ट पार्टी परीत्याग गर्दै सर्वसाधारण नागरिक हैसियत जीवन यापन गर्ने प्रतिवद्वता व्यक्त गरेका हुन् । जि.सी.ले आफ्नो सर्वसाधारण नागरिक हैयिसतको जीवन यापनमा कुनै व्यक्ति, समूह, पक्षबाट दवाव, धाकधम्की आएमा राजनीतिक दल, मानव अधिकारकर्मी, पत्रकार, सुरक्षा निकायबाट स्वतन्त्र नागरिक भई बाच्न पाउने अधिकारको संरक्षण एवं प्रर्वद्वन हुने विश्वास व्यक्त समेत जि.सी.ले व्यक्त गरेका छन् । जिल्लामा पार्टीका कार्याकताहरुले आफू जिल्ला प्रशानस कार्यालयमा आएर पार्टी परीत्याग गरी सर्वधारण जीवन बिताउने प्रतिवद्वता व्यक्त आएका छन् भने प्रहरीद्वारा समेत पार्टीको जिम्मेवारी नेता कार्यकर्ताहरू पक्राउ पर्ने क्रम समेत जारी छ । साथै जिल्लामा विभिन्न संकास पद ठाउँहरुको सुरक्षा निकायबाट समेत छापामारी कार्याकर्ताहरुको खोजी कार्यलाई तीव्र बनाएको छ । सुरक्षा निकाय र सोही पार्टीको गतिविधिले जनता त्रसित बनेको छन् ।

You may also like