उर्जा मन्त्री पुनको २ वर्षभित्रमा नेपाललाई उज्यालो र जलविद्युतबाट समृद्ध बनाउने प्रतिवद्धता

मानसिंह विश्वकर्मा
कात्तिक २१ रोल्पा होलेरी


ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले आगामी २ वर्ष भित्रमा नेपाललाई उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालको पानीबाट जलविद्युत उत्पादन गरी देशलाई समृद्ध बनाउने बताउनुभएको छ ।
यस्तो कुरा रोल्पाको होलेरी र कोइलाका दुइवटा सव स्टेशन उद्घाटन गर्ने क्रममा बताउनुभएको हो । उहाँले नेपाललाई जलविद्युतबाट आत्मनिर्भर र समृद्ध बनाउन धेरै सम्भावना भएकाले त्यसतर्फ सरकार लागि परेको बताउनुभयो ।
साथै उहाँले नेपालको पानीबाट विजुली उत्पादन गरेर आम नागरिकलाई उद्योग सञ्चालन गर्नका लागि वातावण निर्माण गरी समृद्ध देश र सक्षम नेपाली बनाउन सकिने बताउनुभयो ।
उहाँले देशका विभिन्न कुनाकन्दराका गाउँहरुमा विजुली पु¥याउने प्रधानमन्त्री र सरकारको लक्ष्य भएकाले त्यस सपनालाई साकार पार्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।
उर्जा मन्त्री वर्षमान पुनमगरले रोल्पा जिल्लालाई अबको एक वर्ष भित्रमा उज्यालो बनाउने गरी काम अगाडि बढिरहेको बताउँदै तिव्रतामा काम गर्नका लागि सबै सरोकारवाला निकायलाई निर्देशन गर्नुभएको छ ।
रोल्पाको बुढागाउँ कोइलामा रोल्पा सिमेन्ट प्रा.ली.ले अत्याधिक विजुली खपत गरिरहेको बताउँँदै त्यसलाई अझै मन्त्रालय र प्राधिकरणको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयोः–“हाम्रो तर्फबाट पनि सहयोग गर्दछौँ, रोल्पा सिमेन्ट उद्योगले पनि रोल्पालीलाई नागरिकलाई रोजगार प्रदान गर्नुपर्दछ ।”
रोल्पाको बुढागाउँको कोइलामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको ३३÷११ के.भि.६÷८ भि.ए. क्षमता भएको सव स्टेशनर र रोल्पाको होलेरीमा ३३÷११ के.भि ३३.५ के.भि.एको सव स्टेशनर उद्घाटन गर्नुभएको छ । यी दुइवटा सव स्टेशनले रोल्पा जिल्लाको पश्चिम भागमा पनि अब विद्युत सेवा निकै सहज हुने भएकोपछि रोल्पाली नागरिकहरु खुशी भएका छन् ।
यसैगरी उर्जा मन्त्री वर्षमान पुनमगरले रोल्पाको थबाङ, घर्तीगाउँ, खुंग्रीमा समेत सव स्टेशनको काम भइरहेको बताउँदै छिटो निर्माण गर्नका लागि नेपाल विद्युत प्राधिकरण रोल्पालाई अनुरोध गर्नुभयो ।


कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाममगर, जिल्ला समन्वय समिति रोल्पाका उप्रमुख विमला थापा बुढा, त्रिवेणी गाउँपालिका शान्त कुमार वली, रुन्टी गढी गाउँपाकिला अध्यक्ष बालारा बुढामगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, त्रिवेणी गा.पा. उपाध्यक्ष सावित्रा बुढा, रुन्टीगढी गा.पा. उपाध्यक्ष छमाया पुनमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा, सचिव हरीप्रसाद घर्तीमगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका प्रमुख कर्णबहादुर बुढामगर, घोराही वितरण केन्द्र प्रमुख कमित कर्ण, रोल्पा विद्युत प्राधिकरण रोल्पाका प्रमुख श्यामकुमार शर्मा रोल्पा सिमेन्ट प्रा.ली.का प्रमुख रविलाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल विद्युत प्राधिकरण प्रदेश प्रमुख मुकुन्द ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थिो । रोल्पा जिल्लामा यस आर्थिक वर्षमा पनि रोल्पा उज्यालो कार्यक्रम अन्तरर्गत ४० करोड बजेटबाट कार्य सम्पादन भइहेको छ । अब रोल्पा जिल्ला जिल्ला उज्लालो हुने नै छ ।

You may also like