सन्तोषजनक काम नगरेपछि प्राविधिक शाखा प्रमुख डाँगीलाई हटाइयोः गाउँपालिका अध्यक्ष खत्री

सन्तोषजनक काम नगरेपछि प्राविधिक शाखा प्रमुख डाँगीलाई हटाइयोः गाउँपालिका अध्यक्ष खत्री
भाद्र २२ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is g1.jpg


रोल्पाको गंगादेव गाउपालिकाका बारेमा सामाजिक सञ्जाल फेस बुकमा इन्जिनियरले अध्यक्षले जे भन्यो त्यो नमाने पछि शाखा प्रमुखबाट हटाएर शव इन्जिनियरलाई शाखा प्रमुख बनाएको भनी गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गरेको हो ।
यस गाउँ कार्यपालिकामा सन्तोषजनक काम नगरेपछि इन्जिनियर नवीन डाँगीलाई कार्बाही स्वरूप प्राविधिक शाखाबाट हटाउने निर्णय गरी कार्यान्वयन गरेको कुरा यथार्थ हो । तर, गाउँ कार्यपालिकाले गरेको निर्णयलाइ गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई जवरजस्त बदनाम गर्ने नियतले गरिएको प्रचारप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । सामाजिक सञ्जालमा न्यायाधीश बनेर गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको सामाजिक र व्यक्तिगत जीवनमा गम्भीर असर पुग्ने स्टाटस र कमेन्ट निन्दनीय रहेको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले स्थायी, अस्थायी, सिनियर जुनियरभन्दा पनि सन्तोषजक काम नगरेको खण्डमा गाउँ कार्यपालिकाको बैठक मार्फत कार्बाही गरेको गाउँपालिकाले बताएको छ । यस गाउँपालिकाको कार्य पालिकालमा प्राविधिकहरु र प्रशासन शाखा प्रमुखको काम काम कार्बाही सन्तोष जनक नदेखिएपछि २०७७ साल असार महिनाको ६ गते सम्पन्न बैठकले प्रविधिक शाखा प्रमुख इन्जिनियर नवीन खड्कालाई लिखित स्पष्टिकरण मागेको थियोे । प्रशासन शाखा प्रमुख शालिकराम बस्नेत, इन्जिनियर नवीन डाँगी लगाएत सबै प्राविधिकले लिखित स्पष्टीकरण बुझाउनुभएको थियो । पेश भएका स्पष्टीकरण अध्ययन गर्दा इन्जिनियर नवीन डाँगीको स्पस्ष्टिकरण संतोषजनक नदेखिएकाले ०७७ साल असार महिनाको ८ गते कार्य पालिकाको सम्पन्न बैठकले कार्बाही स्वरुप इन्जिनियर नवीन डागीलाई प्राविधिक शाखा प्रमुखबाट हटाइ सव–इन्जिनियर रमेश डाँगी शाखा प्रमुख बनाउने निर्णय पारित भएको थियो । प्रशासन शाखा प्रमुख शालीकराम बस्नेत लगाएत अन्य प्राविधिकको स्पष्टिकरण सन्तोषजनक रहेकाले कार्बाही गरिएको छैन । सहि चुस्त दुरुस्त काम नगरेको पाइएमा कार्यपालिकाले नीति र विधि मार्फत नियमन गर्ने बारे सम्बन्धित सबैमा जानकारी गराएको गाउँपालिका प्रेस संयोजक अशोक ‘परिवर्तन’वलीले बताउनुभयो ।

You may also like