कोरोना विरुद्ध अभियान सफल बनाउनको थबाङ गाउँपालिकाद्वारा आपतकालिन राहत कोष स्थापना

रोल्पा समचारदाता
चैत्र ११ रोल्पा ।


रोल्पाको थबाङ गाउँपालिकाले आपतकालिन समस्या समाधानको लागी नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोष सन्चालन गरेको छ ।
थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उक्त आपतकालिन राहत कोष सन्चालन गर्ने निर्णय गरेको हो ।
उक्त आकस्मिक बैठकले नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोष सन्चालनको लागि थबाङ गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकामगरको संयोजकत्वमा पाँच सदस्यीय सञ्चालन समिति समेत गठन गरेको छ ।
उपाध्यक्ष रोकोमगरको संयोजकत्व रहेको सन्चालन समितिमा नररावत, माधव के.सी., राजकुमार बुढामगर सदस्य, र तुलबहादुर पुन सदस्य सचिव रहने गरि आपतकालिन कोष सन्चालन समिति गठन गरिएको हो ।
ग्लोवल आई.एमई बैंक थबाङमा कोषको खाता खोली कोष सन्चालन समितिले कोषमा रकम सहयोगको लागि जनप्रतिनिधी, कर्मचारी र आम जनसमुदायहरुमा सहयोगको अनुरोध गर्ने छ कोषमा जम्मा भएको रकम कोरोना संक्रमित व्यक्तिहरुको उपचारार्थ प्रयोग गरिने छ ।
नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोष स्थापनकाृ घोषण गर्दै गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले आफ्नो व्यक्तिगत रुपमा रु पाँच हजार रुपैयाँ कोषको खातामा जम्मा गर्ने प्रतिबद्धता जनाउनु भयो भने गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकाले पाँच हजार पाँच सय रुपैया कोषमा जम्मा गर्ने बताउनु भयो साथै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले पाच हजार एक सय रुपैया र वडा नं ३ का वडा अध्यक्ष भिम बहादुर रोकाले एक हजार एक सय रुपैया समितिका सदस्य सचिव तुल बहादुर पुनलाई हस्तान्तरण गर्नु भयो ।
नोभल कोरोना भाईरस कोविड १९ आपतकालिन राहत कोषमा थबाङ गाउँपालिकाको चालु खर्चबाट रु पाँच हजार रुपैया कोषमा जम्मा गर्ने निर्णय भएको छ भने थबाङ गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नो एक महिनाको पारिश्रमको दस प्रतिशतको दरले उक्त कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन ।
मेला महोत्सवमा सहयोग तथा खर्च गर्ने रकमहरु भन्दा यस पटकको कोरोना भाईरबीरुद्धको सामाग्री खरिद गरेर जनतालाई राहत पु¥याएमा कस्तो हुन्थ्यो होला ?

 

You may also like