पहिरोको उच्च जोखिम बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण तयारी

भरत नेपाली
२२ पुस, रोल्पा ।

राेल्पाको सुनछहरी, थबाङ, लुङग्री, माडी र परिवर्तन गाउँपालिकामा पहिरोको उच्च जोखिममा रहेका बस्तीलाई स्थानान्तरणको तयारी हुँदै छ । सुरक्षित स्थानामा ति बस्तिहरुलाई स्थानान्तरणले सम्बभावित मानवीय र धनजनको सुरक्षा हुने भएको छ ।
ति गाउँपापिलका उच्च पहिरोको जोखिममा रहेका बस्तीहरु वर्षेनी पहिरोका कारण धनजनको क्षति हुन थालेपछि बस्तीका कतिपयले वर्षायाममागाउँ नै छाड्नुपर्ने बाध्यता छ । ५ नं. प्रदेश सरकार नेपाल अन्र्तगतका १२ जिल्लामध्ये यस जिल्ला विपद् जोखिमको उच्च जिल्लामा पर्दछ । जिल्लाको सबैभन्दा बढि विपद् जोखिम सुनछहरी गाउँपालिका ७ वटै वडाको बस्तीहरु पहिरोको कारण उच्च जोखिममा रहेका छन् । ०७२ सालको भूकम्पपछि यस गाउँपालिका–१ को झन्कि बस्तीको ४० घर परिवार र फुलिवन बस्तिको २० घर परिवार पहिरोको कारण विस्थापित भएका छन् । पहाडमा जमिनको अवस्था अनुसार बस्ती बिस्तारले गाउँलाई नै पहिरोले बगाउनथालेको छ । गत भदौ महिनामा विद्यालयबाट घर फकिरहेका १४ वर्षीय बालक झन्कि पहिरोमा पुरिएर मृत्यु भएको थियो । भने १५ घर परिवारले सबै धनजन गुमाएका थिए ।त्यस्तै केहि वर्ष अघि ४५ घर परिवारको बसोबास रहेको गाउँपालिका–३ चालाबाङमा अहिले जम्मा २२ घर परिवारको मात्र बसोबास गर्दै आएका छन् । वर्षेनी पहिरोका कारण धनजनको क्षति हुन थालेपछि स्थानीय बसाई सर्ने गरेको हुन् ।

यस गाउँपालिकाको माथिल्लो झन्कि तल्लो झन्कि र फुलिवन बस्तीमा पहिरोको कारण यहाँको बस्तीलाई नै सुरक्षित स्थानान्तरण गर्ने ५ नंं. प्रदेश सरकार नेपालको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एकीकृत योजना तय गरेको छ । यस आर्थिक वर्षमा काम शुरु गर्ने गरी प्रदेश सरकारले १८ करोडको बजेट बनाई संघ सरकारलाई पठाएको छ । यहाँको बस्ती र प्रभावित विद्यालयहरुलाई समेत स्थानान्तरको लागि गुरु योजना र सर्वेक्षणपछि बस्ती स्थानान्तरण गर्ने काम शुरु हुने सोही मन्त्रालयका सचिव शंकरप्रसाद खरेल बताउनुभयो ।
उहाँका अनुसार यस जिल्ला सहितका गुल्मी जिल्लाको सत्यावति गाउँपलिकाको लुम्पेमा पनि बस्ती स्थानान्तरण गर्न लागेको बताउनुभयो । प्रकोपको दृष्टीकोणले यस प्रदेश संवेदनशिल भएकोले विपद् व्यवस्थापनको लागि मन्त्रालयले पहिचान गरी अन्य मन्त्रालयसगँ समन्वय गरी कामगर्ने जानकारी सविच खरेलले दिनुभयो ।सोही गाउँपलिकाको झन्कि बस्ती स्थानान्तरणको अनुगमानमा आएको भूगर्व विद डा.प्रदिप चौलागाइले यस झन्कि बस्तीमा टुक्रियको चट्टान रहेकोले आकाशबाट आएको पानी जमिन भित्र छिरेपछि कम्प्लेस खालको पहिरो गएको जाने बताउनुभयो । यस क्षेत्रमा प्रकृति चट्टानको संरचना र पानीको मात्राले पहिरो जाने गरेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘यस क्षेत्रमा अनेत्र क्षेत्रभन्दा फरक प्रकारको पहिरो रहेको छ, यहाँको अधिकांश जमिन भिरालो र पहाडको चट्टानहरु बढी टुक्रिने चट्टान कुहिएर कमेरो खालको माटोको कारण र पानीको प्रेसरले गर्दा जमिन भाँसिएर यो झन्कि बस्ती, फुलिवन बस्तीको वरपरको सबै ब्लक नै सर्न सक्ने भएकोले तत्काल यि बस्तीहरु सुरक्षित स्थानमा स्थान्तरणको विकल्प छैन ।’ ०७२ सालको भूकम्पको कारण जीमनको कम्पनपछि झन्कि बस्तीमा पहिरो जना शुरु गरेको हो । पहिले यहाँ ठूलो बस्ती थियो । तर, अहिले नामनिसन नै छैन । बस्तीको अरु घर पनि जोखिममा रहेका छन् । यो बस्तीलाई पुर्नबासको लागि प्रदेश सरकारबाट योजना बनाई अनुगमन गरिएको छ । यस गाँउपालिकाको फुलिवन, गाम, फगाम, जैमा, राडुङ बस्तीहरु पनि पहिरोको उच्च जोखिम छन् । अहिले ४० घर परिवारको लागि पुर्नबासको व्यवस्थागर्ने अन्य १६४ घर परिवारको लागि पनि योजना बनाएको छ । यस आर्थिक वर्षमा पुर्नबासको लागि प्रदेश सरकारले १५ करोड बजेट विनियोजन भएकाले सबै बस्तीलाई केन्द्रीकृत बस्ती बनाउन लागेको गाउँपलिका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो । ‘पहिरोको उच्च जोखिमका बस्तिलाई झन्कि डाडाँमा स्थानान्तरणको योजना गाउँपालिकाले तय गरेको गरेको छ,’उहाँले भन्नुभयो ।
गतवर्ष तल्लो भन्किको माथिबाटको पहिरोले १५ वटा घर रहेको भत्किए । ति घरका मानिसहरुले भने ज्यान बचाए । तर, घरमा भएका सामानहरु पनि पहिरोले पुरिए । ‘बसाई सराईका लागि आवश्यक रकम भएका परिवारहरु बस्ती नै छोडेर अन्य स्थानमा स्थानन्तरण भई सकेका छन् । आर्थिक कमी भएका परिवाहरु बाध्यताले जोखिम मोलेर बस्दै आएका छौं,’ स्थानीयबासी रमेश पुनले भन्नुभयो । पुनले भन्नुभयो,‘मेरो ८ जनाको परिवार पहिरोको डरले आफन्तको घरमा बस्दै आइरहेको र सरकारले पहिरो नआउने ठाउँमा घर बनाइदिने भनेपछि आफु धेरै खुसि भएको लागेको छ ।’ त्यस्तै अर्का स्थानीयबासी पुर्ण गोतामेले भन्नुभयो,‘गत भाद्र महिनाको पहिरोको डरले घरभन्दा बाहिर त्रिपाल टागेर दुःख कष्ट सहित बसेयौं । पानी पर्न थालेपछि फेरी पहिरो जान्छ कि भन्ने डर लागि रहन्छ ।’ ‘फुलिवन बजार बाहेकका १८ घर परिवार पहिरोको उच्च जोखिममा छन् । हामीलाई आउँदो वषार्त अगाडि नै सुरक्षित स्थनामा स्थानान्तरण गरे ढुक्कसगँ बस्ने थियौ,’ गोतामेले भुन्नुभयो ।

गोतामेले भन्नुभयो,‘पहिरोले आज लग्छकी भोलि लग्छ भन्ने त्रासमा हामी बसेका थियौं । गोतामे सहित अन्य पहिरो पीडितहरुले ऋण गरेर अस्थायी रुपमा बस्ने व्यवस्था गर्दै आएका छन् । पहरोपछि पानीको मुहानले समेत परिर्वतन भएको छ । ‘यस जिल्लाको १० वटै स्थानीयतहको विभिन्न बस्तीहरुको अध्ययन तथा अनुगमन गरी प्रकोपहरुको अवस्थाको तथ्याङ्क संकलन गरी सम्बन्धित निकायमा पठाएका छौं,’ निमित्त प्रमुख जिल्ला अधिकारी नवराज शर्माले भन्नुभयो । उहाँले यस गाउँपलिकाको झन्कि बस्ती, फुलिवन सहित अन्य गाउँपालिकाको पहिरो उच्च जोखिममा परेका बस्तीहरुको पनि अनुगमन गरी ति सबै बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । त्यसैले यस जिल्ला भौगोलिक बनावट कारणले पनि पहिरोको उच्च जोखिममा रहेको हुँदा विपद् आइसकेपछि टातिनुभन्दा पहिले नै जोखिम न्यूनिकरणतर्फ संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र प्रशासनको ध्यान पु¥याउन जरुरी छ । भने स्थानीयहरु पनि पनि चनाँखो बन्नु पर्दछ ।

You may also like