“प्रदेश राजधानी राजनीतिक सहमतिको आधार टुङ्गो लगाउँछौँ ” –प्रदेश मुख्यमन्त्री शंकर पोख्रेल

मानसिंह विश्वकर्मा
पौष १६ बदियाँ ठाकुरबाबा


प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेश नं. ५ को राजधानी प्रदेश सरकारले नामाकरण तथा स्थायी सदरमुकाम निधारण समिति निर्माण गरी विज्ञहरुको टोली बनाएर अगाडि बढेको बताउँदै राजनीतिक सहमतिका आधारमा सबैको सहमतिमा टुङ्याउने बताउनुभएको छ ।
उहाँले राजधानीको विषय प्रदेश सरकारको मात्रै भन्दा पनि राजनीतिक सहमतिको विषय भएकोले बताउँदै भन्नभयो ः–“ प्रदेशको राजधानी राजनीतिक सहमति हो, राजनीतिक नेतृत्वले पनि पछि विवाद हुनु भन्दा हालै सुझाव दिनु राम्रो हुन्छ, त्यसका आधारमा नै गरेमा सबैलाई पायक पर्ने स्थान र सामरिक महत्वलाई ध्यान दिएर बनाउँछौँ ।”

यस्तो विचार मुख्य मन्त्री पोख्रेल नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को प्रथम साधारणसभालाई संम्वोधन गर्दै बर्दियाको ठाकुरवावा बुधबार ब्यत्त गर्नुभएको हो ।
साधारण सभाका प्रमुख अतिथि पोख्रेलले नागरिकहरुको नागरिक स्वतन्त्रताको लागि निरन्तर नेपालका कम्युनिष्ट सुनिश्चत गरिरहेको बताउँदै अझै नेपालको लोकतन्त्रक र प्रेस स्वतन्त्रताको लागि सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो । साथै उहाँले सामाजिक सञ्जालका कतिपय तथ्यहिन कुरालाई नै पत्रकारिता मान्दा पत्रकारिता मुल प्रवाहलाई नै कठिन हुनेतर्फ पनि पत्रकारहरु सचेत रहन आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पोख्रेलले नेपालको राजनीतिकले सञ्चार क्षेत्रलाई पनि प्रभावित बनाएको बताउँदै त्यसमा समृद्धि नेपाल निर्माण गर्नका लागि साझा एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
मुख्यमन्त्रीले जनताले कम्युनिष्टहरुको सरकारलाई ५ वर्षको जिम्मेवारी दिएको बताउँदै समृद्धिका सम्पूर्ण आधार तयार गर्ने बताउँदै आफूहरुले जनताको हितमा काम गरिरहेको दावी गर्नुभयो ।
संघीयतालाई बलियो बनाउन पत्रकार महासंघको पनि प्रदेश संरचनालाई सार्थक र अर्थपूर्ण बनाउने महासंघको एजेण्डालाई स्वागत गर्दै प्रदेशलाई सशक्त र वलियो बनाउनुपर्ने बताउनुभयो । संघीयताको कार्यन्वयनको लागि जुनतहको सरकार छ त्यही तहको संरचना निर्माण गरेर अगाडि बढ्नका लागि अगाडि बढ्न समेत अनुरोध गर्नुभयो ।
प्रदेश सरकारले प्रदेश सरकारबाट नेपाल पत्रकार महासंघलाई अनुदान दिएको बताउँदै स्थायी राजधानी टोकियो भने पत्रकार भवन निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिने बताउनुभयो ।

पर्यटन वर्ष २०२० को सन्दर्भमा नेपालको समृद्धीको आधार पर्यटन नै भएको बताउँदै पर्यटन वर्षलाई सफल बनाउनको लागि सबै मिडियाक्षेत्रलाई अनुरोध गर्नुभयो । उहाँले प्रदेश ५ मा पर्यटन क्षेत्रको प्रचुर सम्भाबना भएकोले प्रदेशलाई पर्यटकीय गणतव्यको रुपमा विकास गर्नका लागि सबै मिडिया क्षेत्र नयाँ ढंगले लाग्न अनुरोधसमेत गर्नुभयो ।

साधरणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारीरता क्षेत्रबाट कमजोरी तथा अपराध भएमा पनि अपराधको प्रकृति अनुसार सजाय दिनुपर्ने बताउँदै त्यसका लागि न्यायलय र प्रेस काउन्सिल भन्दा सरकार, सदनलाई कारवाहीको लागि अधिकार दिन नहुने धारणा राख्नुभयो ।
आचार्यले प्रेस स्वतन्त्रताको लागि नेपाल पत्रकार महासंघ विगतदेखि निर्भिक रुपमा उभिदै आएको बताउँदै आगामी दिनमा पनि प्रेस स्वतन्त्रताको पक्षमा लडिरहने बताउनुभयो ।
साथै नेपालको मिडिया काउन्सिल विधेयकमा भएका केही त्रुटिलाई सम्वोधन गरेर अगाडि बढ्नु पर्नेसमेत बताउनुभयो । उहाँले सरकारले लिएका केही राम्रा कामको चर्चा गर्दै आगामी दिनमा अझै मिडिया मैत्री काम गर्नका लागि सरकारसँग अनुरोध गर्नुभयो ।
आचार्य पत्रकार महासंघले भ्रमण वर्ष २०२० लाई सफल बनाउनको महासंघ केन्द्रले नै परिपत्र तथा कार्यन्वय गरिरहेको बताउँदै पर्यकीय क्षेत्रका विषयमा कलम चलाउनेलाई प्रत्येक प्रदेशबाट एक जनालाई ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको समेत बताउनुभयो ।
प्रदेश नं. ५ का भौतिक योजना तथा निर्माण मन्त्री बैद्यनाथ चौधरीले प्रदेशको राजधानी भन्दा पनि समृद्धितर्फ प्रदेश सरकार लागेको बताउँदै त्यसतर्फ ध्यान लिएर सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले प्रदेश ५ लाई समुचित विकास गर्न प्रदेशका बुटवल, दाङ र नेपालगञ्जलाई ३ ठूला शहरको अवधारणा बनाएर प्रदेशलाई नै समृद्धि बनाउने बताउनुभयो ।
संघीय सांसद सुजिता शाक्यले संघीय संसदले नेपाली पत्रकार र सञ्चार माध्यमको विकासका लागि विभिन्न विधेयहरु संसोधनका लागि रहेको बताउँदै मिडिया मैत्री हुने कुरामा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले परिवर्तनका लागि विगतदेखि नै मिडिया क्षेत्रले साथ दिएको कुराको स्मरण गर्दै आगामी दिनमा पनि परिवर्तनका लागि सहकार्य आवश्यकता रहेकोको बताउनुभयो । शाक्यले सञ्चार क्षेत्रमा महिलाहरुको सहभागिताका लागि सबैले ध्यान दिनका लागि समेत अुनरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपालका उपाध्यक्ष विपुल पोख्रेल, नेपाल प्रेस यूनियनमा अध्यक्ष बद्री सिग्देल, नेपाल प्रेस संगठन नेपालका सह सयोजक गणेश बस्नेत, न्यूनतम पारश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, फोनिजका केन्द्रीय समितिका महासचिव मनोज घर्तीमगर, जनप्रतिधिलगायतले शुभकामना मनतव्य दिनुभएको थियो ।

कार्यक्रममा बोल्ने स्थानीयबक्ताहरुले भने मुख्यमन्त्रीलाई प्रदेशको नामको विषयमा जे राखे पनि तर प्रदेशको राजधानी पायक पर्ने स्थानमा बनाउन आग्रह गर्दै यदी त्यसो नगरेमा आफूहरु आन्दोलन गर्ने, प्रदेशबाट अलग हुने लगायतका चेतावनी समेत दिएका छन् ।


नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष मौसम रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव भेषराज बस्नेतले सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष भरत केसीले गर्नुभएको थियो । साधरण सभाको बन्दसत्र विहीबारसम्म सञ्चालन हुनेछ । बन्दसत्रमा महासचिव भेषराज शर्माको सांगठनिक प्रतिवेदन र कोषा अध्यक्ष दिपा घर्तीमगरको आर्थिक प्रतिवेदन पारित गर्ने रहेको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सचिवका सचिव उदय जिएमले बताउनुभयो ।

You may also like