बाल बिकासका बालबालिकालाई तिफिन बक्स वितरण

रोल्पा समचारदता
जेठ २९, लिबाङ

 

रोल्पा नगरपालिका–४ नं. वडा लिबाङ रोल्पा स्थित बाल मन्दिर आधारभूत विद्यालय रोल्पाका बाल विकासका बालबालिकाहरुलाई तिफिन बक्स आज वितरण गरिएको छ । ति बाल बालिकाहरुलाई नियमित विद्यालयमा थप उप्रेरणा भएको छ ।
उक्त विद्यालयको बाल विकासमा अध्यायनरहत पाँच जना छात्रा र चार जना छात्र गरी नौं जना बाल बालिकाहरुलाई तिफिन बक्स विरतरण गरिएको हो । सेभ द् चिल्डनमा कार्यरहत महिलाहरुले तिजमा बचेत गरेको रकमबाट नै तिफिन वितरण गरिएको हो मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाकी सामना आचार्यले बताउनुभयो । बाल बालिकाहरुको अभिभावकहरुले तिफिन बक्स बुझ्दै आफ्ना बालबालिकाहरुलाई घरासीय नास्ता बनाई विद्यालयमा पठाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको सामना आचार्य, विद्यालयको प्रधानाध्यापक विना मल्लले संस्थाबाट वितरण तिफिनको सदुपयोग गर्नुपर्ने भनाई राख्नुभएको थियो । तिवरणमा विद्यालयको शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like