कोरोना भाइरसको संकटमा माडी गाउँपालिकाको आकस्मिक बैठक सम्पन्न

१६ गते चैत्र
घर्तीगाउँ–रोल्पा


माडी गाउँपालिका कार्यालय रोल्पाको कार्यपालिकाको बैठक आज घर्तीगाउँमा सम्पन्न भएको छ ।
यस बैठकले कोरोना भाइरसले नेपाल लक डाउन संघीय सरकार नेपाल लागू गरेको छ । यस भाइरसको विश्वको विकसित राष्ट्रहरुमा नै महामारीको समस्यलाई गाउँपालिकाले मध्येनजर गर्दै आकस्मिक बैठक बसेको हो । बैठकबाट कोरोना भाइरस सम्बन्धि सचेतना र नियन्त्रण, विदेशबाट संख्याको तथ्याङ संकलन गर्ने र संक्रमितलाई क्वारेन्टाइनमा राख्ने, गाउँपालिकाबाट इट्टा भट्टामा राजेजगारीको शिलसिलमा अलपत्र परेका गाउँपालिकाबासीहरुलाई उद्वारका र क्वारेन्टाइन समयवधिमा खानाको व्यवस्था गर्ने निर्णय पारित भएको छ ।

गाउँपालिकाले लक डाउन समयवधिमा यस भाइरसबाट बच्न र बचाउनका लागि जनहित कार्यक्रमलाई विशेष प्राथकिता सहित अगाडि बढ्ने तय गाउँपालिकाले गरेको छ । गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँ कर्यापालिका सदस्यहरुको उपस्थिति थियो ।

You may also like