कारागारका कैदी तथा थुनुवाहरुलाई १ महिने मुडा बनाउने तालिम सञ्चालन

मानसिंह विश्वकर्मा
जेष्ठ ५ गते
रोल्पा लिबाङ

 


प्रदेश नं. ५ सरकारको बजेटबाट रोल्पा जिल्ला कारागारमा रहेका कैदी तथा थुनुवाहरुलाई ३० दिने बासको मुडा बनाउने तालिम सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख गञ्जबहादुर एम.सी.ले उद्घाटन गर्नुभएको थियो ।

तालिम सञ्चालनको क्रममा आफूहरुले क्रियाशील भएर प्रशिक्षकले सिकाएको कुरामा प्रतिवद्ध भएर लाग्नका लागि अनुरोध गर्नुभयो । प्रदेश सरकारले कारागार भित्र रहेका कैदीहरुलाई पनि सीप प्रदान गरी व्यवसायी मुखी बनाउनको लागि आयोजना गरिएकोले राम्रो संग सिक्न समेत अनुरोध गर्नुभयो । तालिम आर्थिक आत्मर्भिर बनाउनको लागि सबैलाई फाइदा पुग्ने कुरा औल्याउँदै पछि यहाँबाट बाहिर गए पनि काम लाग्ने समेत बताउनुभयो । कार्यक्रममा प्रशिक्षक तुलाकुमारी विष्टले आफूले सिकेजति तालिम प्रदान गर्ने बताउँदै विगतदेखि राम्ररी नै सिकेकोले यस वर्ष पनि राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।
कारगारमा रहेपनि सरकारले तािलम प्रदान गर्दा निकै राम्रो भएको तालिममा सहभागी अनिता विष्टले बताउनुभयो । सो तालिममा ३० जना कैदीहरुलाई प्रदान गरिने भएको छ ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षक दिपक खड्का, सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्मा, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा लगायतको आतिथ्यता रहको थियो ।
कार्यक्रमको सञ्चालन कारागार कार्यालय रोल्पाका प्रमुख नबराज शर्माले गर्नुभएको थियो भने स्वागत कारागार कार्यालय रोल्पाका नरेन्द्र चन्दले गर्नुभएको थियो ।

You may also like