काठमाण्डौँदेखि जलजलासम्मका पर्यटकलाई रोल्पा नगरपालिद्वारा महिला मयुर नाँचले स्वागत

रेशम कुमार विश्वकर्मा
बैशाख ३ गते लिबाङ
रोल्पा नगरपालिकाद्वारा जलजलाका पर्यटकलाई स्वागत रोल्पा समाचारदाता लिबाङ–रोल्पा रोल्पा जिल्लाको धार्मिक, प्राकृति, पर्यटकीय क्षेत्र ‘जलजला’मा आएका स्वदेशी पर्यटकहरुलाई मंगलबार रोल्पा नगरपालिकाले उद्योग वाणिज्य संघ रोल्पाको सभा हलमा स्वागत तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

 

जलजला क्षेत्रलाई १०० गणव्यको सूचीमा पारेर विभिन्न नीति तथा कार्यक्रम अगाडि बढाई रहेको सन्दर्भमा “संरक्षण र प्रया पर्यटनको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल पारौँ” भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति रोल्पाको आयोजना तथा थबाङ गाउँपालिकाका रोल्पाको सह आयोजनामा रोल्पाको बहु आयायमिक जलजलाको भ्रमणको क्रममा रहेका पर्यटकहरुलाई मैलिक संस्कृति महिला मयुर नाँचसहित स्वागत गरिएको थियो । जुन कार्यले स्वदेश तथा विदेश पर्यटकहरुको ध्यानकर्षण हुने भएको छ । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले भन्नुभयो– “नेपाल सरकारले एक सय गनतव्य स्थालमा जलजलालाई छनौट गरी पर्यटन विकास प्रर्वद्वनमा अगाडि बढेको छ, जिल्लाबासीको निम्ति खुसीको कुरा हो ।” नेपाल सरकारले छिल्लो समयमा धार्मिक, सांस्कृतिक, प्राकृतिक प्रयावरणीय, युद्व पर्यटनको प्रचुर सम्भावना बोकेको जलजलाको पर्यटन विकासको निम्ति प्रयत्न आफैमा सकरात्मक भएको प्रमुख अतिथि बुढामगरले बताउनुभयो । उहाँले नेपाल सरकारबाट नै जलजलालाई संरक्षित क्षेत्र घोषणा गर्ने तयारीले समेत थप विकास र प्रर्वद्वनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै जिल्लाबासी समेत जलजला पटकीय क्षेत्रको विकास प्रर्वद्वनामा सक्रिय भूमिका आवश्यकता प्रमुख अतिथि बुढामगरले औल्याउनुभयो ।


त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश अध्यक्ष एवं भ्रमण टोली सदस्य मौसम रोकाले दश वर्षदेखि जलजलाको पर्यटन प्रर्वद्वनको निम्ति नेपाल सरकारबाट नियमिति रुपमा वजेट विनियोजन भएपनि सन्तोजनक हुने सकेको थिएन तर सरकारले पछिल्लो समयमा एक सय गनतव्य स्थलमा जलजलालाई समावेश गरी अगाडि बढ्दा उपलब्धिमूलक भएको धारणा राख्नुभयो । निकट भविष्यमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र युद्व सम्बन्धि चाँसो राख्ने विभिन्न पर्यटकहरू जलजलामा आगमनले पर्यटन विकास हुने विश्वा व्यक्त गर्नुभयो । जसले जिल्लाका विभिन्न ठाउँमा पर्यटन व्यवसायीहरू सञ्चालनबाट व्यवसायीकरणसँग आर्थिक विकास हुने रोकाले बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा रोल्पा नगरपापिलका रोल्पाको उप प्रमुख मनकुमारी घर्तीमगर, जिल्ला समन्वय समिति रोल्पाको सदस्य कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली काँग्रेस रोल्पा जिल्लाको कार्यवाहक सभापति किशोर कुमार आचार्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्र.ना.उ दीपक खड्क, सशस्त्र प्रहरी बल गुल्मपति सुशील सुवेदी, जलजलासम्मको पद यात्राको टिम नेतृत्व जीवन रोका, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा, संस्थाक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, रोल्पा उद्योग वाणिज्य संघ अध्यक्ष विश्व कुमार चन्द, स्वास्थ्य आमा समूह रोल्पा नगरपालिका–८ जंकोट रोल्पाको अध्यक्ष अमिता डाँगी लगायतको आतिथ्यता थियो । कार्यक्रममा स्वास्थ्य आमा समूह रोल्पा नगरपालिका–८ जंकोट रोल्पाको मयुर नाच समेत प्रस्तुत गरिएको थियो । रोल्पा नगरपालिका रोल्पाको नगर प्रमुख पूर्ण के.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगर प्रेस संयोजक देवी कुमारी गुरुङले गर्नुभएको थियो । रोल्पा नगरपालिकाले बाहिरबाट आउने विभिन्न टिमलाई समेत स्वागत गरी सकरात्मक प्रभाव पार्दै आएको छ ।

You may also like