स्वास्थ्य चौकीको जग्गादाताहरुद्वारा १५ सैया अस्पतालका लागि आवश्यक जग्गा दिन्छौं भन्दै पत्रकार सम्मेलन

स्वास्थ्य चौकीको जग्गादाताहरुद्वारा १५ सैया अस्पतालका लागि आवश्यक जग्गा दिन्छौं भन्दै पत्रकार सम्मेलन
मंसिर १४ गते
घर्तिगाउँ–रोल्पा


This image has an empty alt attribute; its file name is g1-1-1024x768.jpg

रोल्पा, माडी गाउँपालिका–२ घर्तिगाउँ स्थित स्वास्थ्य चौकीको जग्गादाताहरुले १५ सैयाको अस्पताल निर्माणको पुनः आवश्यक जग्गा उपलब्ध बनाउँछौं भन्दै आज पत्रकार सम्मेलन गरेका छन् ।
यस अस्पताल निर्माणका लागि आवश्यक जग्गादाताहरुबाट पुनः उपलब्ध बनाउँछै भन्दै निवेदन दिएपनि गाउँपालिकाले अन्य जग्गा धनिबाट आवश्यक जग्गाको व्यवस्था गरी सकेको छ । यस स्वास्थ्य चौकी निर्माणका लागि घर्तिगाउँका स्थानीयबासीहरु गोपाल घर्तीमगर, कृष्ण बहादुर डाँगी, चित्र बहादुर डाँगी, निम बहादुर डाँगी, कमला बुढा, ससिराम बुढा, नारायण चन बि.क.ले जग्गा उपलब्ध बनाएको गोपाल घर्तीमगरले बताउनुभयो । यस स्वास्थ्य चौकीमा अस्पताल सञ्चालनका लागि थप जग्गादानका लागि गाउँपालिकामा निवेदन दिएको जग्गादाताहरुको अगुवा गोपाल घर्तीमगरले जानकारी दिनुभयो । अस्पताल निर्माणमा आवश्यक जग्गा उपलब्ध बनाउँछौ भन्दै गाउँपालिकामा बुझाएको निवेदनको गाउँपालिकाले वेवास्ता गरेको उहाँले गुनाँसो व्यक्त गर्नुभयो । निर्देशिका अनुसार २०६६÷२०६७ भन्दा पछाडि स्थापना भएका स्वास्थ्य चौकीलाई नै स्तरउन्नती गरी १५ सैयाको अस्पताल सञ्चालन गर्न सकिने व्यवस्था छ । तर, गाउँपालिकाले निर्देशिका पालना नगरी मनोमानित अगाडि बढेको घर्तीमगरको आरोप छ । यस स्वास्थ्य चौकीमा अस्पताल सञ्चालनका लागि पुनः जग्गादाताहरुले जग्गा उपलब्ध बनाउँछौं भन्दा भन्दै गाउँपालिकामा निवेदनलाई वेवास्ता गरी गाउँपालिकाले रातारात जग्गा खरिद गरेको उहाँले आरोप लगाउनुभयो । गाउँपालिकाले विज्ञापन गर्दा ९ रोपनी जग्गाको सूचना गरेको । तर, वास्ताविक जग्गा ७.२ रोपनीक व्यवस्था, स्वास्थ्य भवन पूर्वाधारको डिजाईन तथा निर्माण सम्बन्धि निर्देशिका २०७७ आधारभूत अस्पताल भवन निर्माण सम्बन्धि निर्देशिका २०७७ को वेवास्ता गरिएको, घर्तिगाउँ स्वास्थ्य चौकीको स्थापना तथा ठाउँ छनोट र अस्पताल निर्माण गर्ने आधार स्थानीय तहलाई नदिएको । तर, माडी गाउँपालिकाले मनोमानित तरिकाले निर्माण र योजना गरेको जस्ता गुनासाहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । यस स्वास्थ्य भवनमा अस्पताल सञ्चालन नभएको अवस्थामा आफ्नो जग्गा फिर्ताको माग सहित कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको जग्गाजाता इन्द्र बहादुर घर्तीमगरले बताउनुभयो ।
यता, गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले सुरुवामा अस्पताल निर्माणका लागि आवश्यक जग्गा ९ रोपनीको निर्देशिका अनुसार मिति २०७७ साल चैत्र महिनाको २ गते सूचना जारी गरेको बताउनुभयो । यस सूचनाको समयवधिमा एक जनाको मात्र निदेन गाउँपालिका आएको उहाँले जानकारी दिनुभयो । निर्देशिका अनुसार स्वास्थ्य चौकीमा जग्गा अपुग भएकाले नयाँ सूचना जारी गरेको उहाँको भनाइ छ । निर्देशिका अनुसार प्रयाप्त जग्गाको व्यवस्था भएपछि मात्र संघीय सरकारबाट अस्पताल भवन निर्माणका लागि रु १८ करोड प्राप्त हुने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । स्वास्थ्य चौकीको लागि जग्गादाताहरुको गुनासो समितिको अगुवाई गोपोल घर्तीमगरको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन दिपेन्द्र जि.सी.ले गर्नुभएको थियो ।

You may also like