समयलाई बुझ्न नसक्दाको पछुतो !

 

पूर्ण बहादुर भण्डारी

हाल लिबाङ राेल्पा
निकै लामो समयपछि प्राचीन मूल्य, मान्यता, धार्मिक आस्था र विश्वास बोकेको ठाउँ प्युठान जिल्लाको स्वर्गद्वारीमा अति व्यस्तताको समयलाई थोरै फुर्सदिलो बनाएर दर्शन अवलोकनसँगै केही कुराहरुलाई स्मरण योग्य बनाउनकै लागि वर्षातको त्यो कठीन समयमा पनि जोखिमता बीच सकुशल स्वर्गद्वारी महाप्रभुको तपोभूमी स्वर्गद्वारी दर्शनको शिलशिलामा पुगेर फर्केपछि केही शब्दहरुमा थोरै लेख्ने कोशिस गरेँ ।  प्राकृतिक सुन्दरतासँगै गडि लेकको काखमा रमाईरहेको स्वच्छ रमणीय ठाँउ, चारैतिरबाट हरियाली वन जंगलले घेरिएको न त धेरै अग्लो पहाड भन्न मिल्ने न त समथर भू–भाग भन्न मिल्ने न त उपत्यका भनेर चिन्न सकिने आफ्नै परिवेशको सेरोफेरोमा आफ्नै शैलिमा सजिएको ठाउँ हो । रोल्पाको होलेरी यही स्थानदेखि लगभग एक घण्टाको समय जति लाग्ने ऐतिहासिक महत्व बोकेको पबित्र स्थल गडि लेकलाई आफ्नो रोजाइमा राखेर कठोर तपस्या गरिरहेका महाप्रभुसँग के थियो र यही समाजका मानिसहरुले लिनुपर्ने ठूलो ऋण अनि दुष्मनी !!! छोटो सोचाइ राख्ने र कुभलो चिताउनेहरुले बुझ्न सकेनन् वास्तविकतालाई !!! बरु यदि उनले गरेको तपस्या नै गलत थियो । भने यही समाजले निग्रानी राख्न सक्थ्यो गलत हो वा सत्य भनेर । वास्तविकता छुट्टाउन सक्थ्यो !! पक्कै पनि एकहोरो रुपमा लखेट्नैपर्ने अवस्था थिएन् होला । त्यही ठाउँमा तपस्या गर्ने वातावरणमा बनेको अनि बनाई दिएको भए । प्युठानको यहि भूमीको जस्तो महत्व गडि लेकले अवस्य पाउथ्यो । अहिले यो ठाउँ कस्तो हुन्थ्यो होला ? विकास र परिवर्तन सँगसँगै होलेरीको यो पबित्र स्थल सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले आज रोल्पाको अनुहार अलि फरक हुने थियो होला ! जसरी गौतम वुद्धको जन्म स्थल लुम्बिनीको महत्व जति छ त्यत्तिकै महत्व यो ठाउँको हुने थियो होला भन्दा फरक नपर्ला । बरु दुःख र पश्चाप मात्रै होला अहिले रोल्पाको यहि ठाउँलाई । इतिहासमा रोल्पाको शिर उच्च हुने थियो होला भन्दा फरक नपर्ला । तर, त्यो वातावरणको सृजना भएन बरु महाप्रभुलाई उक्त ठाउँबाट बसाई सर्नुपर्ने असहज वातावरण बनाईयो भन्ने जस्ता कुरा बाहिर सुन्नमा आउनु त्यो सत्य थियो वा असत्य त्यो कुरा विगतले छर्लङ्ग पारिदिन्छ या वर्तमानले । जे होस् बताईदियोस् बुझ्न चाहनेहरुको जिज्ञासा मेटाई दियोस् । अलमलमा नपारी दियोस् ।

कसैले धेरै बुझ्न खोज्लान कसैले थोरै तर, समग्रमा भन्नु पर्दा परिवर्तनले विगतका कुराहरुलाई झस्काउने गर्ने गर्छ । पछुतो त जानेर भयो कि नजानेर यहाँ प्रश्न कस्लाई गर्ने अनि सही जवाफ कसरी लिने तत्कालीन समयका कोही जीवित छन् अनि इतिहास सुरक्षित राख्ने कोही महान ज्युहरु छन् भने बुझाई दिन कञ्जुस्याई नगर्दा नै ठीक होला धेरैले बुझ्न जान्न खोजिरहेका छन् । गल्ती हामी जस्तै कोही मुर्खले गरेकै हो । प्युठानको स्वर्गद्वारी जस्तै रोल्पाको स्वर्गद्वारी गडि लेक पनि बन्न सक्थ्यो होला । यो भन्दा धेरै भन्न चाहँदैन म किनकि यथार्थ र वास्तविकतालाई बुझ्न नसक्दा हामीलाई पश्चचातापसंगै अबिस्मरणीय दिन जस्तै बन्दै गएको महशुस हुन्छ जब महाप्रभुको पहिलो तपोभूमीको यो सुन्दर ठाउँमा पुग्छौं । रोल्पाको स्वर्गद्वारी (गडि लेक) पुगेर लेख्न नसके पनि प्युठानको स्वर्गद्वारी पुगेर जे देखे त्यही कुराहरुको केही झलक तपाईहरु सबै सामु पु¥याउने कोशिस गर्दैछु ।

दक्षिण तर्फको प्रवेशद्वारबाट अगाडि बढदै गर्दा महाप्रभुको समाधी स्थल (गाँडिएको ठाउँ), कहिल्यै ननिभ्ने अग्नि कुण्ड, लामो समयसम्म बाँझको रुखमुनि बसेर तपस्या गरेको ठाउँलाई सुरक्षित राखिएको त्यो ठाउँ, जतिसुकै सुख्खा खडेरीको अवस्था आएपनि कहिल्यै नसुक्ने पानीको त्यो स्वच्छ मुहान, त्यसै गरी तिर्थालु भक्तजनहरुलाई बस्नका लागि बनिसकेका र बन्दै गरेका भौतिक संरचनाहरु सहितका रोचक प्रसँगहरुले यो ठाउँको झनै महत्व विशेषता झल्काएको देखिन्छ । प्राचीन मूल्य, मान्यता र सभ्यताको विकासक्रमसँंगै आधुनिक विकास क्रमसम्म आईपुग्दा अन्तर्राष्ट्रिय स्तरमा चिनिएको यो ठाउँमा सुरक्षाको दृष्टिकोणले उत्तर तर्फबाट सेनाको युनिट रहेको छ । भने दक्षिणतर्फ प्रहरीको युनिट स्थापना भएको देख्न सकिन्छ ।

देश संघीयताको अभ्यासको चरणमा रहेको हालको अवस्थामा आफ्नो क्षेत्रमा संरक्षणको अभावमा रहेका ऐतिहासिक महत्व बोकेका धार्मिक स्थल एवं प्राकृतिक सम्पदाहरुलाई बचाई राख्न र विश्व सामु चिनाउन र अझै व्यवस्थित, सुरक्षित, सुन्दर रमणीय सँगसँगै आकर्षित बनाउनका लागि सम्बन्धित सरोकारवाला सबैको ध्यान जानुपर्छ ।
मलाई विगतमा महाप्रभुका संघर्ष त्याग र तपस्याको थोरै भएपनि यस्तै दर्शनको बेलामा जान्ने जिज्ञासा राख्न मन लाग्यो । इतिहासको भित्री पानामा के लेखिएको छ, मलाई केही थाहा छैन ! मलाई यत्ती मात्र थाहा छ कि कठोर त्याग, तपस्या र संघर्षबाट आफ्नो परिचय छाडिदिएको यो परिवेशलाई विस्थापित गरेर धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पबित्र स्थललाई गुमाउन रुचाउने, ती खराब प्रवृत्तिमा रमाएर सभ्यताको अस्तित्वलाई सँधैका लागि पश्चाताप जस्तै बनाउने हिजोका महामुर्खहरु प्रति सकारात्मक सन्देश दिँदै स्वर्गीय आनान्द लिने यी महान विचार बोकेर आफ्नो देहलिला सँधैका लागि अन्त्य गरेर चिन्तन, मनन विश्लेषण गर्ने अनि तपाई हामी सबैलाई स्मरण गर्ने एउटा पलसँगै अविस्मरणीय क्षण बनाई दिएका छन् स्वर्गद्वारी महाप्रभुले ।।।
साच्चिकै हो हामीले समयलाई राम्रोसँग बुझ्न सकेनौं भने त्यसले दिने परिणाम अनन्तकालसम्म पश्चाताप भए जस्तो अनुभुती बन्न जाँदो रहेछ । मैले यही सन्देश बुझँे मलाई पछुतो जस्तो लागि रहेको छ विगतको त्यो इतिहासलाई सुरक्षित राख्न नसक्दा अनि थोरै भएपनि सम्झदा ! कतै म अनि म जस्ताहरुले ठूलै गल्ती त गरेनौं जे होस् दःुखित छु म ! समयलाई बुझ्न नसक्दाको पछुतो बनिरहेको छ अहिले गडि लेकको यही ठाउँ । हो हामीले बुझ्न नसकेकै कारणले यस्तै किसिमको पश्चातापको दिन बन्न नपुगोस् । कला, साहित्य, संस्कृतिको संरक्षण गर्ने कुरामा कहिल्यै विवाद नहोस्, जस्ले गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रशस्त फाइदा लिन सकियोस् ।

You may also like