थबाङमा स्वतन्त्र (नेकपा विप्लब) का उमेद्वार भद्रले यी ५ कारणले लिए उमेद्वारी फिर्ता

रोल्पा समाचारदाता
कात्तिक ३०
भद्र झाँकी मगरले उमेद्वारी किन फिर्ता लिए
१) नेकपाको चुनाव बहिस्कारको नीति ।
२) थबाङका स्थानीय नेताहरु पक्राउ ।
३)का.वा.लाई नै अध्यक्ष बनाउन नसकेपछि ।
४) चुनाव पराजयको डर ।
५) जनता र विचारको रक्षा ।

 

रोल्पाको थबाङ गाउँपालिका–१ का एक वडा सदस्य भद्र झाँकीले पदबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए तर शनिबार उनले उमेद्वारी फिर्ता लिएर अब निस्क्रीय बस्ने भएका छन् ।
विगतको निर्वाचनबाट स्वतन्त्र समूह (नेकपा बिप्लव समूह) वडा सदस्य भद्रकुमार झाँक्रीले सदस्यबाट राजीनामा दिएर बुधबार वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका थिए । उनले गाउँपालिका अध्यक्ष समक्ष मंगलबार राजीनामा दिएर अध्यक्ष पदमा उमेद्वारी दिएका थिए । तर उनले आज यी ५ कारणले उमेद्वार फिर्ता लिएका छन् ।
२०७४ को स्थानीय तहको चुनावमा स्वतन्त्रबाट सदस्य झाँक्रीले पुनः स्वतन्त्रबाटै उम्मेदवारी दर्ता गराएका छन् । सबै भन्दा पहिला उनले स्वतन्त्रबाट मनोनयन दर्ता गराए । २०७४ सालमा स्वतन्त्र समूहबाट फर्कबहादुर बुढामगरको नेतृत्वमा वडा सदस्यमा निर्वाचिन हुनुभएको थियो ।
भद्र झाँकी मगरले उमेद्वारी किन फिर्ता लिए
१) नेकपाको चुनाव बहिस्कारको नीति –
२०७४ सालको निर्वाचनमा नेकपा (बिप्लब) पार्टीबाट केन्द्रीय नीति चुनाव बहिस्कार गर्ने रणनीति भएपनि थबाङका स्थानीय नेताहरुले आफ्नो साख गुम्ने भन्दै नेपाली कांग्रेससँगको सहकार्यमा स्वतन्त्रबाट उमेद्वार दिएका थिए । थबाङ गाउँपालिकामा वडा नं. १ मा मात्रै वडा अध्यक्षसहित विजयी भएका थिए । हाल नेकपाको केन्द्रीय नीति पनि चुनाव बहिस्कार नै छ । स्थानीयरुपमा पनि कोही नेताहरुले काँध थापेर निर्वाचनमा जाने वातावरण छैन ।
२) थबाङका स्थानीय प्राय नेताहरु सबै पक्राउ –
नेत्र विक्रम चन्द्र (विप्लव) को नेतृत्वमा रहेको नेकपा अराजनीतिक गतिवविधिमा सक्रिय भएको भन्द्र प्रतिवन्ध लगाएको छ । त्यसैक्रममा थबाङ निवासी रोल्पा जिल्ला इन्चार्ज जयप्रकाश रोका (प्रताव) लाई सरकार, थबाङका नेता हितप्रसाद रोका, अमित घर्ती लगायतको टोली पनि पक्राउ परेका छन् । त्यसले पनि नेताहरुमा राय परामर्श गरी निर्णय लिन सकेनन् ।
३) कार्यवहाकलाई नै आधिकारीकता दिन चहान्थ्येः– वडा अध्यक्ष फर्कबहादुर बुढामगरको मृत्यु भएपछि उनी नै निरन्तर रुपमा कार्यवहाक चलाउँदै आएका थिए । सकेसम्म कार्यवहाक लाई अध्यक्षमा रुपान्तरण गर्न चहान्थ्ये । त्यसैले सहमतिको खोजीमा पनि उनले वडा अध्यक्षबाट राजनीनामा दिए । तर पछिल्लो चरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र गाउँपालिकाका केही जिम्मेवारी व्यक्ति तथा सँस्थासँग सहमतिका लागि बारम्बार प्रयास भयो तर अन्य पार्टीले सम्पन्न चाहेन त्यसैले फिर्ता लिए ।
४) पराजयको डरः
उनलाई अगाडि बढाउने पार्टी नेकपा प्रतिवन्ध अवस्थामा रहेको बेलामा उनी व्यक्तिगत रुपमा निर्वाचनमा भिडेर चुनाब जित्ने कम सम्भावना रहेको अनुमान लगाए । विस्तारै थबाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सकरात्मक जनमत बन्दै गएपछि त्यही जितेको वडा पनि निर्वाचनबाट गुम्न सक्छ । त्यस भन्दा बरु भाग नै नलिएपछि आफ्नो स्वाभिमान बच्न सक्ने दृष्टिगत गर्दै निर्वाचनबाट बाहिर नै वुद्धिमता पूर्ण थानेकोले बाहिरएको एक नेताले बताए ।
५) जनता र विचारको रक्षाः निर्वाचनमा पराजय भएमा आफ्नो साख नै नबच्ने भएर बरु त्यस भन्दा भाग नलिएपछि जनताको सहानुभूति विचारको रक्षा नै प्रमुख र सकारातमक हुने भएपछि राजनीनामा दिएर पनि फिर्ता लिनु नै उपयुक्त थाने ।

उनले फिर्ता लिएपछि मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीका अनुसार त्यस लगत्तै सत्ताधारी नेकपाका तर्फबाट जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कलम रोकामात्रै निर्वाचनमा भिड्ने भएका छन् । अब स्वतन्त्र समूहले सत्ताधारी नेकपालाई भन्दा नेपाली कांग्रेसलाई नै भित्री रुपमा सघाउन सक्ने सम्भाना रहेको एक नेताले बताए ।
विगतको मत परिणामलाई आधार मान्ने हो भने १ नम्बर वडामा स्वतन्त्र मत बलियो देखिन्छ । १ नम्बर वडामा महिला ६ सय ९१ र पुरुष ५ सय ८३ गरी १ हजार २ सय ७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
बाहिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ताधारी पार्टीको जनमत बलियो भएपनि स्थानीय अबस्था र परिस्थतिले गर्दा नेकपा सत्ताधारी जनक बुढामगर र नेपाली कांग्रेसका उमेद्वार कलम रोकाबीचमा तीव्र प्रतिषप्रर्धा हुने भएको छ । जीत कसले गर्दछ भन्ने कुरा स्वतन्त्र मत कता जाने हो ? त्यसमा निर्भर हुने थबाङका एक राजनीतिज्ञले बताए ।

You may also like