लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको निर्देशनमा स्वास्थ्य टोली भुकम्प पीडिततिर


समाचारदाता
कात्तिक १८ गते रोल्पा


लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको हो ।
शनिबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र हिँडेको हो । मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटाएका हुन् । स्वास्थ्यकर्मी टोलीलाई औषधिसँग लगेर त्यस तर्फ लागेको छ । टोलीमा विशेषज्ञ चिकित्सक छन् । मुख्यमन्त्री चौधरीका प्रेस संयोजक गोपाल भट्टराईका अनुसार उनीहरूलाई औषधीसहित पठाइएको छ । केही दिन विरामीहरुलाई उपचार गरेर मात्रै प्रदेशमा फर्किन निर्देशन दिनुभएको छ ।

You may also like