जिल्ला प्रहरी कार्यालय रोल्पाको पहलमा बाल बिबाह रोकियो

जिल्ला प्रहरी कार्यालय रोल्पाको पहलमा बाल बिबाह रोकियो
माघ १४ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is b-2.jpg

जिल्ला प्रहरी कार्यालय रोल्पाको पहलमा स्थानीयहरुको सहयोगमा आज बाल बिबाह हुनबाट रोकिएको छ । बाल बिबाह रोक्नका लागि जिल्ला प्रहरी कार्यालय र कार्यालयको माठहतका प्रहरी कार्यालयहरुले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
रोल्पा नगरपापिलका–४ नं. वडा निबासी २४ वर्षको केटा र दाङ जिल्ला निबासी वर्ष १४ वर्षकी बालिका बीच बिबाह हुन लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाको पहलमा स्थानीयहरुको सहयोगमा बिबाह रोकिएको सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले बताउनुभयो । यि केटा र केटी बीच भागेर विवाह भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरि बाल बिबाह रोकिएको हो । प्रहरी कार्यालयले उनीहरुको अभिभावकलाई बोलाई आ–आफ्नो छोरा छोरीको बिबाह उमेर पुगेपछि बिबाह गरिदिने सर्तमा अभिभावक र छोराछोरीलाई सम्झाई बाल बिबाह गैरकानुनी हो भन्ने सम्झाई अभिभावकको जिम्मा लगाएको उहाँले बताउनुभयो ।

You may also like