सदरमुकाम लिबाङ बजारको प्रमुख सडक खण्ड नै दुर्घटनाको उच्च जोखिममा

सदरमुकाम लिबाङ बजारको प्रमुख सडक खण्ड नै दुर्घटनाको उच्च जोखिममा
कार्तिक २२ गते
लिबाङ रोल्पा ।


This image has an empty alt attribute; its file name is s2-1-1024x769.jpg

रोल्पाको सदरमुकाम लिबाङ बजारको प्रमुख खण्डहरु दुर्घटनाको उच्च जोखिममा रहेका छन् । सम्बन्धित निकायहरुको हालसम्म पुग्न सकेको छैन ।
यस जिल्लाको सदरमुकाम लिबाङ टुडिखेलदेखि पश्चिम, उत्तर, दक्षिण क्षेत्र जोड्ने प्रमुख सडक खण्ड हो । यस सडक खण्डको लोकतान्त्रिक चोकदेखि नजिककै विद्युतको खम्बा बीच भागमा विगतदेखि राखिएको छ ।

This image has an empty alt attribute; its file name is s3-2-769x1024.jpg

यस ठाउँमा यातायातका साधनहरुको चाप भएको समयमा साना सवारी साधनरु साघुरो क्षेत्रबाट नै आवतजावत गर्दछन् । उच्च गतिमा सवारी साधनका चालकहरुले ड्राईभ गर्दा कुनै समयमा विद्युत खम्बामा थोकिदा मानवीय र ठूलो धनजनको क्षतिप्रति सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । यस सडक खण्डमा विभिन्न ठाउँमा खाल्डाहरुको मर्मत नहुँदा यात्रुहरुलाई यात्रामा कठीन भएको यात्रुहरुको गुनाँसो छ । प्रमुख खण्डमा विद्युत प्राविधिकरण कार्यालयबाट बजार क्षेत्रमा विजुली खम्बा जथाभावी राखिएको छ । ति खम्बाहरुमा कतै सिसि क्याम्रा, टेलिकमको तार, टि.भि, नेटवर्कको तार अव्यवस्थित राखिएका छन् । ठूला यातायातका साधनहरुलाई आवतजावतमा समस्या भएको छ । यसतर्फ सम्बन्धित निकायहरुको ध्यान नपुग्दा सडक खण्डहरु नै क्रुप बनेको छ । धेरै ठाउँहरुमा सडकको खाल्डा हुँदा पनि यात्रुहरुलाई समस्या भएको छ । भत्किएका ति सडकको विभिन्न ठाउँहरुमा पुनः मर्मत नहुँदा सावारी साधनहरुमा छिटो छिटो पुनः मर्मत गर्दा आर्थिक भार बढेको यातायात व्यवसायीहरुले गुनाँसो व्यक्त गर्दै आएका छन् । सम्भावित दुर्घटना निमत्याउने भौतिक संरचनाहरुको पुनः मर्मतमा सम्बन्धित निकायको ध्यान पु¥याउन आवश्यक छ ।

You may also like