आई. एन. एफ नेपालको ६७ औँ वार्षिक उत्सव अवसरमा विभिन्न प्रतियोगिता सम्पन्न

जुनिश कुमार विष्ट
मंसिर २ गते, पोबाङ रोल्पा ।

आई. एन. एफ. नेपालको  ६७ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न प्रतियोगिताहरु आइतबार सुनछहरी गाउपालिका ५ पोबाङ रोल्पामा सम्पन्न भएको छ । जुनकार्यक्रमले नेपालको बारेमा आम सरोकारवाला निकायहरुलाई जानकारका लागि थप सहयोग पुगेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि सुनछुहरी गाउँपालिका पोबाङ रोल्पाका प्रमुख प्रसासकीय अधिकृत वीरबहादुर  पुनले भन्नुभयो–“आई. एन. एफ.  नेपाल सुनछहरी गाउँपालिका कार्यालय रोल्पासँग समन्वय र सहकार्यबाट अगाडि बढिरहेको अवस्थामा अझै सुनछहरी गाउँपालिकामा यो संस्था भूमिका आवश्यक छ ।” अझै सुनछहरी गाउँपालिकाको सामुदायिक विकास, स्वास्थ क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्नका लागि प्रमुख अतिथि पुनले अनुरोध गर्नुभयो । साथै आई. एन. एफ. नेपाल ६७ औं वर्ष पुगेको अवसरमा संस्थाको थप विकास हुँदै संस्थाले नयाँ नयाँ कार्यक्रम लिएर दुर्गम गाउँ बस्तीको समृद्धतर्फ लैजान अनुरोध गर्दै संस्थाको थप प्रगतिको शुभकामना व्यक्त गर्नु भयो । त्यसैगरी कार्यक्रममा सुनछहरी गाउँपालिका १ नंं. वडा अध्यक्ष महावीर राना, स्वास्थ्य शाखा संयोजक जगत बुढा, पशु शाखा संयोजक पशु चिकित्सक सुनबहादुर पुन लगायतका अतिथिहरुले शुभकामना मनतव्य राख्नुभएको थियो ।


त्यसैगरी कार्यक्रममा सुनछहरी गाउँपालिका कार्यालयको बिषयगत शाखा संयोजकहरु, ईलाका प्रहरी कार्यालय पोबाङ रोल्पाको इन्चार्ज मोहमद रदिप अलि अन्सारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सचिव खिम सागर बिष्ट, देवी मन्दिर मा.वि. सुनछहरी गाउँपालिका पोबाङ रोल्पाको प्रधानाध्यापक बिष्णु प्रसाद खनाल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायको आतिथ्यता थियो । वार्षिक उत्सवको अवसरमा विभिन्न अन्तर कर्मचारी खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । जसमा ५ सय मिटर पुरुष दौड प्रतियोगितामा प्रथम आई. एन. एफ.का सामुदायिक परिचालक बेलमन घर्ती, द्वितीय आई. एन. एफ.का टिम लिडर रुप बहादुर शाही, तृतीय आई. एन. एफ.का सब इन्जिनियर टेकबहादुर डाँगी, महिला दौड प्रतियोगितामा प्रथम आई. एन. एफ. सामाजिक परिचालक मनिसरा घर्ती, द्वितीय आई. एन. एफ.का सामाजिक परिचालक पिपला घर्ती, तृतीय आई. एन. एफ.का टिम लिडर सलिना बुढा, बेलुन फुताई प्रतियोगितामा प्रथम आई. एन. एफ.का सामाजिक परिचालक बेलमन घर्ती, द्वितीय आई. एन . एफ. का टिम लिडर रुपबहादुर शाही, तृतीय आई एन. एफ.का सामाजिक परिचालक दिपा बुढा विजय बन्नुभएको छ । साथै कार्यक्रममा रसाक्ससी प्रतियोगिता, बदि साईज प्रतियोगिता, पानी भर्ने प्रतियोगिता लगायतका प्रतियोगिताहरु सम्पन्न भएका छन् । प्रतियोगितामा सहभागि विजेताहरुलाई विभिन्न सामाग्री सहितको पुरस्कार संस्थाका कार्यक्रम अधिकृत अर्जुन काप्रीले वितरण गर्नु भएको थियो । आई. एन. एफ.को कार्यक्रम बारेमा कार्यक्रम अधिकृत अर्जुन काप्रीले प्रस्तुत समेत गर्नुभयो । उहाँका अनुसार आई. एन. एफ.ले सामुदायिक विकास र स्वास्थ क्षेत्रमा काम गर्दै आएको कुरा जानकारी गराउनु भयो । आई. एन. एफ (क्ष्ला) रोल्पाका कार्यक्रम अधिकृत अर्जुन काप्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुनछहरी गाउपालिका ३ नंं. गाम रोल्पाको टिम लिडर रुप बहादुर शाहीले गर्नु भएको थियो भने स्वागत आई. एन. एफ. सुनछहरी गाउपालिका ४ नंं. वडा टिम लिडर सलिना बुढाले गर्नुभएको थियो ।

You may also like