“शिक्षाको विकासमा सबै लाग्नु पर्दछ” नगरप्रमुख सुरेन्द्र थापा घर्तीमगर


मानसिंह विश्वकर्मा
पुस १४ लिबाङ

This image has an empty alt attribute; its file name is dhurba-sir-ddd-1415.jpg


रोल्पा नगरपालिकका नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले शिक्षाको विकास बिना मानिसकोको सबै क्षेत्रहरु समृद्धि नहुने बताउँदै शिक्षाको विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“मानसिको जीवनका लागि शिक्षा अति, अनिवार्य र अपिहार्य हुन्छ, हरेक मानिसको शिक्षाको विकास विना जीवनका सबै क्षेत्र समृद्धि बन्दैन त्यसैले शिक्षा क्षेत्रको विकासका लागि सबै लाग्नु पर्दछ ।”

यस्तो विचार नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले रोल्पा जिल्लाको शिक्षा क्षेत्रमा समर्पित होली भिजन आबासीय माध्यमिक बिद्यालय लिबाङ रोल्पाको १८ आंै बार्षिकोत्सब समारोहलाई सम्वोधन गर्दै शनिबार सम्पन्न भएको छ । रोल्पा नगरपालिका नगरप्रमुख सुरेन्द्र थापाले प्रमुख अतिथको रुपमा बोल्दै शिक्षा मानिसको अभिन्न अंग भएकाले यसले नै जीवनको समृद्धिको बाटोमा अगाडि बढाउने भएकोले शिक्षा क्षेत्रको सुधार जरुरी भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधार गर्नका लागि सरकार, निजी क्षेत्र सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले रोल्पाको शैक्षिक विकासका लागि होलीभिजन आवासीय माध्यमिक विद्यालय पनि योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा समन्वय इकाई रोल्पाका प्रतिनिधि उत्तमकुमारि चौधरी, नेपाली काङ्ग्रेसका सचिव शेर वहादुर थापा, नेकपा (माओवादी केन्द्र) रोल्पाका संयोजक – पूरण के सी, जलजला बहुमुखी क्याम्पस रोल्पाका प्रचार्य खिम खड्का, नेपाल पत्रकार महासङघ रोल्पाका सस्थापक अध्यक्ष तथा अभिभावक काशिराम डाँगि, शिक्षिका सरला सेन लगायतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्तीमगर, रोल्पा उद्योग वाणिज्य सङ्घका प्रतिनिधि रमेश आचार्य, नेपाल पत्रकार महासङघ रोल्पाका स्थापक अध्यक्ष काशिराम डाँगि, नेपाल पत्रकार महासङघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढा मगर, बाल मन्दिर आधारभुत माध्यमिक बिद्यालयका प्र.अ.मिलन मल्ल, नेपाल नमूना माध्यमिक बिद्यालयका कोटगाउँका रोल्पाका अमर जियम, भू.पू सैनिक संघ, रोल्पाका कोषाध्यक्ष तिलचन्द आचार्य, सामुदायिक रेडियो जलजलामा समाचार प्रमुखका रमेश डाँगी, रोल्पा रेडियोका दारासिह डाँगी, जिल्ला फूटवल संघ रोल्पाका अध्यक्ष पृथ्वी डाँगी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिद्यालयको वार्षिक परिक्षामा सहभागी भएर नतिजामा प्रथम, द्वितिय, तृतिय स्थान लिनेहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । साथै होलि भिजन आवासिय माध्यमिक बिद्यालय बालअधिकार मञ्चले फुटवल, कबडि, नृत्य, हाजिरि जवाफ लगायतको प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा स्थान प्राप्त गर्ने सहभागीहरु लाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रिन्सिीपल ओम केसीले प्रस्तुत गर्नुभएको थियो सो प्रतिवेदनमा क्रमस विद्यालयको शैक्षिक गुणस्तर विकास भएको बताउनुभएको थियो । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवं नापी कार्यालयका रोल्पाका प्रमुख सन्तोष न्यौपानेले लगायत विशिष्ट योगदान गर्नेहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष झग्कु प्रसाद आचार्यको अध्यक्षतामा सञ्चालन भएको थियो भने दीपक पुनमगरले सञ्चालन गर्नुभएको थियो ।

You may also like