तीन तहका सरकारको समन्वय सहकार्यमा मात्र सुखी नेपाली, समृद्ध नेपाल नारा पूरा हुन्छः लुङ्ग्री गाउँपालिका अध्यक्ष खड्का

कार्तिक ३० गते,
लिबाङ रोल्पा ।


रोल्पामा जिल्ला स्थित ५ नंं. प्रदेश सरकार नेपालको माठतका कृषि ज्ञान केद्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम शनिबार लिबाङमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अतिथि एवं लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले साविक जिल्ला कृषि विकास कार्यालय र स्थानीयतहमार्फत सञ्चालित भएको पकेट र ब्लक कार्यक्रमहरु प्रदेश सरकारले समावेश नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सुरुमा स्थानीयहरुले नै पकेट र ब्लक क्षेत्रहरु सञ्चालन गर्ने नीति अनुरुप जिल्लाका सबै स्थानीयतहरुले जनताको आवश्यकको आधारमा कार्यक्रम सञ्चालन भएका थिए । तर पछिल्लो समयमा पकेट र ब्लक कार्यक्रम प्रदेश सकारले सञ्चालन गरेको कार्यक्रमबाट कृषिकहरुलाई चिन्तित बनाएको छ, उहाँले भन्नुभयो । संघीय सरकारले तय गरेको खुसी नेपाली, समृद्ध नेपाल नारा संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहको समन्वय सहकार्यबाट सम्भव भएको उहाँले धारणा व्यक्त गर्नुभयो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले आ–आm्नो डम्पु बजाउन खोजौं भने खुसी नेपाली, समृद्ध नेपाल नारा मात्र होइन संघीय व्यवस्था नै धरापमा पर्ने गाउँपालिका अध्यक्ष खड्काले उद्घाृष गर्नुभयो । त्यसैले संघीय व्यवस्थालाई बलियो बनायन तीन तहका सरकार बीच नङ र मासुको जस्तो सम्बन्ध कायम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

जनताको माग सम्बोधनका लागि पनि प्रदेश सरकारबाट सञ्चालन हुने पकेट र ब्लक कार्यक्रमहरु एक स्थानीयतह एक ब्लक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । संघीय सरकार र प्रदेश सरकारले पनि स्थानीयतहको क्षेत्रमा नै आ–आफ्ना कार्यक्रम सञ्चालन गर्ने हुने भने विगतमा स्थानीयतहहरुले सञ्चालन गरेको ब्लक र पकेट कार्यक्रम सञ्चालनमा किन विभेद ? अब यस विभेद अन्त्यको निम्ति जिल्लाका स्थानीयहरुले सक्रिय पहल गर्नुपर्ने जोड समेत गाउँपालिका अध्यक्ष खड्काले दिनुभयो । जनताको आवश्यकता संघीय सरकार र प्रदेश सरकारलाई भन्दा बढि स्थानीयतहहरुले नजिकबाट बुझेर कार्यक्रम तय भएका कार्यक्रम प्रदेश सरकारले पुनः सञ्चालन नगरे कसरी विकास हुन्छ ? यसरी विभेदकारी नीतिबाट नेपाली जनताको चाहना अनुसारको विकास नहुने समेत दाबी समेत उहाँले गर्नुभयो । खुसी नेपाली सम्वद्धि नेपाल निर्माणको निम्ति संघीय सरकार र प्रदेश सरकारले स्थानीयतहहरुसँग सहकार्य समन्वय गर्नुपर्ने आवश्यकता समेत गाउँपालिका अध्यक्ष खड्काले औल्याउनुभयो । टेवुलमा तय भएका कार्यक्रमहरु जनताको आवश्यकताभन्दा फरक कार्यक्रम भएको हुँदा कार्यक्रमहरु कार्यन्वयनमा समेत समस्या उत्पन्नभएको उहाँको अनुभव व्यक्त गर्नुभयो ।

साथै संघीय सरकार र प्रदेशका धेरै कार्यक्रमहरु अस्पष्टा हँुदै आएको छन्, त्यसैले आगामी दिनमा स्पष्ट र जनताको आवश्यकताको आधारमा वार्षिक कार्यक्रम तय गर्नुपर्ने खड्का अध्यक्षको धारणा थियो । त्यसैगरी कार्यक्रममा जिल्लामा विगतदेखि सञ्चालित पकेट र ब्लक कार्यक्रमहरुको पुनः सञ्चालनका लागि १० ओटा गाउँपालिका, राजनीतिकदल लगायतका सरोकारवाला निकायहरुले प्रदेश सरकारसँग पहलका लागि एक जुट भएका छन् । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय रोल्पाको पशु विकास अधिकृत सुदाम भट्टले कार्यालयको वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिमा मत्स्य विकास कार्यक्रम, कृषि पशुजन्य उद्योग यन्त्र तथा पूर्वाधार कार्यक्रम, अभिमुखिकरण मिसन कार्यक्रम, कृषि उत्पादन खाद्य तथा पोषण, कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा विस्तार, पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन, कृषि क्षमता अभिवृद्धि तथा सीप विकास तालिम लगायतका शीर्षकमा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । कार्यालयबाट कार्यक्रम कार्यन्वायनको लागि आवश्यक सूचना सार्वजनिक हुन्छ, सोही अनुसार कार्यक्रमको मापदण्ड पूरा भएका ठाउँहरुमा मात्र कार्यक्रम लागू हुने स्पष्ट पार्नु भएको थियो ।

साथै कार्यक्रममा कृषि ज्ञान केन्द्र कार्यालय रोल्पाको कार्यालय प्रमुख नरेश धितालले सार्वजनिक गर्नुभएको थियो । प्रस्तुत कार्यक्रमहरु साधारण कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कृषि उत्पादन तथा पोषण सुरक्षा कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा विस्तार, कृषि क्षमता अभिवृद्धि तथा सीप विकास तालिम कार्यक्रम, अभिमुखि कृषि तथा पशुपन्छी विकास कार्यक्रम, कृषि तथा पशुपन्छी जन्य उद्योग, मन्त्री तथा पूर्वाधार विकास कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम प्रस्ुतत गर्नुभयो । कार्यालयबाट रोल्पा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत १८ ओटा पकेट सञ्चालक समितिलाई अनुदान, १० पकेट सञ्चालनका लागि सञ्चालक समितिलाई अनुदान, पुरानो ४ ओटा ब्लक र ३ ओटा नयाँ ब्लक कार्यक्रम सञ्चालनका लागि सञ्चालक समितिलाई अनुदान, पूर्वी रुकुम जिल्लामा ब्लक सञ्चालनका लागि ७ ओटा सञ्चालक समितिलाई अनुदान, नयाँ ३ ओटा ब्लक सञ्चालनका लागि सञ्चालक समितिलाई अनुदान, अनुगमन तथा प्रतिवेदन ३ पटक, पकेट तथा ब्लक कार्यक्रम सञ्चालनका लागि व्यवस्थापन ४ पटक जस्ता कार्यक्रमहरु कृषि केन्द्रले तय गरेको छ । साथै कार्यालयले अनुमगन तथा मूल्याङ्कन कार्यक्रम ३ पटक, पकेट र ब्लक कार्यक्रम सञ्चालनका लागि व्यवास्थापन ४ पटक, कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रम अन्तर्गत रैथाने बालीहरुको बजार प्रर्वद्धन कार्यक्रम, मौरी विकास कार्यक्रम, मौरी चरण तथा विस्तार कार्यक्रम, केरा क्षेत्र विस्तार प्रोत्साहन अनुदान कार्यक्रम, स्थानीयत तथा उन्नत जातको आलू प्रर्वद्धन कार्यक्रम, मागमा आधारित व्यवसायीक कृषि विकास कार्यक्रम, आकस्मिक बाली संरक्षण कार्यक्रम, बीउ उत्पादन कृषि सहकारी, समूहलाई मूल बीउ ५० प्रतिशत अनुदान सहयोग, फलफुल सुदृढीकरण कार्यक्रम, कार्यक्रम अनुगमन तथा मूल्याङ्कन कार्यक्रम कार्यालयले तय गरेको छ भने कृषि तथा पशुपन्छी श्रोत तथा सेवा विस्तार कार्यक्रम अन्तर्गत बाली बस्तु विशेष तथा प्रविधि सम्बन्धि स्थलगत अभिमुखिकरण गोष्ठी, स्थानीयतहका कृषि प्राविधिकहरुसँग अन्तरक्रिया कार्यक्रम १ पटक, दिवस, समाहमा सहभागिता तथा सञ्चालन सहयोग, कृषि मेला महोत्सव सञ्चालन, नमूना कृषि प्रविधि प्रदर्शन, कृषि सूचना तथा ज्ञान कक्षा स्थापन १ ठाउँमा, कार्यक्रम अनुगमन तथा मूल्याङ्कन, कार्यालय व्यवस्थापन, कृषि क्षमता अभिवृद्धि तथा सीप विकास तालिम कार्यक्रम, मेसिन सञ्चालनका लागि सहयोग कार्यक्रम, अनुगमन तथा मूल्याङ्कन, कागती र सुन्तला मिसन कार्यक्रम १ पटक, फलफुल विरुवा रोपण अभियान, कृषि तथा पशुपन्छी जन्य उद्योग यन्त्र तथा पूर्वाधार कार्यक्रम, सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम तथा गोष्ठी ३ पटक, योजना तर्जुमा गोष्ठी कार्यक्रम ३ पटक, स्थानीयतहरुसँग समन्वय गोष्ठी ३ पटक, समस्यामा आधारित अध्यायन, अनुसन्धान, परीक्षण, प्रदर्शन ३ पटक, स्मार्ट कृषि गाउँ कर्यक्रम नयाँ २ ओटा, स्मार्ट कृषि गाउँ कार्यक्रम रोल्पामा २ र पूर्वी रुकममा १ र संयुक्त अनुगमन ३ पटक जस्ता महत्वपूर्ण कार्यक्रमहरु कृषि ज्ञान केन्द्र रोल्पाले तय गरेको छ ।


कार्यक्रममा गंगादेव गाउँपालिका अध्यक्ष विरबहादुर खत्री, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली काँग्रेस रोल्पा जिल्ला कार्यबाहक सभापति किशोर कुमार आचार्य, माडी गाउँपालिका उपाध्यक्ष घनिकला घर्तीमगर, सुनिल स्मृति गाउँपालिका उपाध्यक्ष वागमति क्षेत्री, रोल्पा नगरपालिका २ नं. वडा अध्यक्ष खिमबहादुर घर्तीमगर, कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाको कार्यालय प्रमुख कोष नियन्त्रक मातृका भट्टराई, डिभिजन वन कार्यालय रोल्पाको वन अधिकृत बाबुराम पोख्रेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिबेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिङ विश्वकर्मा, गैर सरकारी महासंघ रोल्पा जिल्ला सदस्य विनोद रिजाल, पत्रकार लगायतका सरोकारला निकायहरुको सहभागिता थियो । प्रस्तुत कार्यक्रम प्रभावकारी सञ्चालनका लागि जिल्लाका विभिन्न सरोकारवाला सरोकारवाला निकायहरुसँगको सहकार्य समन्वयमा जोड दिनुपर्ने समेत सहभागिहरुले सुझाव थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय रोल्पाका सुब्बा सागर लामिछानेले सञ्चालन गर्नुभएको थियो ।

You may also like