खाजा खाने पैसा बचाएर अग्नी पीडितलाई

 

मानसिंह बिक

रोल्पा ८ रोल्पा

रोल्पा रुन्टीगढी गाउँपालिका ७ नं. वडापालिका सरस्वस्ती मा.वि.मा अध्ययनरत विद्यार्थीहरुले दिवा खाजाबाट रकम बचाएर अग्नी पीडतिलाई सहयोग गरेका छन् । नवप्रतिभा बाल क्लवको सहजीकरणमा उक्त रकम विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुबाट संकलन गएिको हो । सरस्वती मा.वि. झेनाम रुन्टी गाउँ सत्तिमका विद्यार्थीहरुको बाल क्लवको नेतृत्वमा खाजाको ४ हजार २ दुई पच्चिस जम्मा गरी अग्नी पीडित हरीकृष्ण बोहरालाई प्रदान गरिएको थियो । यसैगरी विद्यार्थीहरुले जम्मा गरेर सहयोग दिनका लागि तयार भएरपछि शिक्षक २ हजार ७ सय ५ रुपैया प्रदान गरेका छन् । विद्यार्थी शिक्षकबाट जममा ६ हजार ९ सय ३० रुपैयाँ प्रदान गएिको थियो । गत जेठ २४ गते अग्नी पीडित भएपनि विभिन्न सरकारी तथा गैर सरकारी सँस्थाहरुले सहयोग नगरेपछि विद्यार्थीहरुले खाजाको रकम बचाएर सहयोग गर्ने निर्णय बमोजिम संकलन गरी प्रदान गरिएको नवप्रतिभा बाल क्लवका उपाध्यक्ष अनिसा थापाले बताउनुभयो । उहाँले सबै विद्यार्थीहरुले सहयोगी मन भएपछि सहयोग संकलन गर्न सम्भव रहेको कुरा समेत बताउनुभयो । यस्तै शिक्षकहरुले पनि अग्नी पीडितलाई मानवीय सहयोगका हिसावले सहयोग गरेको शिक्षक मिना थापाले बताउनुभयो । सहयोग पाएपछि हरीकृष्ण बोहराले भन्नुभयो–“मलाई दुःखमा साथ दिने विद्यार्थी शिक्षकहरुलाई धन्यवाद छ, मेरो भगवान तपाई भगवान नै हो । हाम्रो दुःखमा साथ दिनुभयो, आफ्नो खाजाको पैसा बचाएर ।” राहत रकम नवप्रतिभा बाल क्लवका उपाध्यक्ष र विद्यालय प्र.अ. कर्णबहादुर बस्नेतले बताउनुभयो । आपत्कालीन समयमा सबैलाई गर्नुपर्ने बताएका छन् । बिद्यार्थीहरुले यसरी खाजाबाट कटाएर अग्नी पीडितलाई सहयोग गर्दा अरुको भूमिका के हुन्छ

You may also like