नव प्र.जि.अ.ढकाल र पत्रकार बीच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

लिबाङ–रोल्पा
असार १ गते,


नव आगन्तुक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आज आफ्नो कार्यकक्षमा जिल्लाका पत्रकारहरुसँग परिचयात्मक तथा भेटघाट गर्नुभएको थियो । उहाँ बुधबार रोल्पा जिल्ला जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएको थियो ।
उक्त कार्यक्रममा जिल्लाको शान्ति सुरक्षाको निम्ति जिल्लाका सरोकारवाला निकायहरुसँग सहकार्य, समन्वयबाट अगाडि बढ्ने बताउनुभयो । जिल्ला स्थित सरकारी कार्यालयहरुलाई सञ्चारमैत्रीको सम्बन्धि कार्यायका सूचना अधिकारीलाई थप जिम्मेवारीको निम्ति निम्ति प्रमुख जिल्ला अधिकारीकोतर्फबाट पहल गर्ने प्रतिवद्धता प्र.जि.अ. ढकालले व्यक्त गर्नुभयो । जिल्लामा बजार अनुगमनलाई प्रभावकारी रुपमा सञ्चालनको निम्ति सरकारी, गैर सरकारी, पत्रकार लगायत सरोकारवाला निकायहरुको समन्वयमा अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । जिल्लामा स्थानीयतह र सरकारी कार्यालयका यातायात साधानहरुको दरुपयोग भएको पत्रकारहरुको प्रश्नको जवाफमा जिल्ला समन्वय समिति रोल्पासँग समन्वय सहकार्यबाट सरकारी कार्यालयहरुको सरकारी यातायातका साधनहरुको दुरुपयोगलाई नियन्त्रण कार्यक्रममा उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँच अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, सोही अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिह विश्वकर्मा, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, राष्ट्रिय स्तरका सञ्चारमाध्यहरुको सम्वाददाता र स्थानीय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्माहरुको सहभागिता थियो ।

You may also like