रोल्पा पोलिटेक्निक इन्स्च्यूट सञ्चालक समिति अध्यक्ष प्र.जि.अ. एमसीलाई बिदाई

मेबाङ रोल्पा
जेठ २४ गते,

रोल्पा नगपालिका १ मेबाङ रोल्पा स्थित सञ्चालित रोल्पा पोलिटेक्निक इन्स्च्यूट रोल्पाको सञ्चालक समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीलाई आज विदाई गरिएको छ । उहाँ रोल्पा जिल्लाबाट सरुवाभई आफ्नो गृह जिल्ला दाङ जाँदै हुनुहुन्छ ।
कार्यक्रममा इन्स्च्यूट सञ्चालक समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले इन्स्च्यूटको सर्वाङ्गीन विकासका कार्य धेरै कार्य पूरा भएका छन् तर बाँकी अब आउनु हुने अध्यक्षसँग सहकार्य, समन्वय गर्न सञ्चालक समितिका पदाधिकारीहरुलाई सुझाव दिनुभयो । उहाँले रोल्पा जिल्लाबाट सरुवा भई दाङ जिल्लामा गएपनि यस इन्स्च्यूटको विकास उन्नतीको निम्ति अप्रत्यक्ष सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । रोल्पा जिल्लामा स्थापना यस इन्स्च्यूटले स्वरोजगारी बन्ने अवसरको सिर्जना गरेको हुँदा शिक्षक र विद्यार्थीहरुलाई लगनशिल्ता, मेहनत गरी पठनपाठन र अध्यायन गर्ने समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख रविराज भण्डारी, समाज सेवी लालबहादुर कँवर लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले इन्स्च्यूटको सर्वाङ्गीन विकासको निम्ति सञ्चालक समिति अध्यइक्ष एवं प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीको योगदानको कदर गर्दै प्रसंशा समेत गरेका थिए । इन्स्च्यूटको विकासको निम्ति सञ्चालक समिति अध्यक्ष एवं प्र.जि.अ. एमसीको योगदान आगामी दिनमा समेत आवश्यक पर्ने वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा प्रमुख जिल अधिकारी एसमीको धर्म पन्ति देवा महरा, इन्स्च्यूटको शिक्षक, विद्यार्थी, सीपमूलक तालिममा सहभागि विद्यार्थी लगायत सरोकारवाला निकायहरुको सहभगिता थियो । विदाई कार्यक्रमको सञ्चालन इन्स्च्यूटका गञ्जबहादुर कँवरले गर्नुभएको थियो ।

 

You may also like