नगर प्रमुख पुर्ण के.सी.द्वारा हजार दिनका आमालाई पोषणयुक्त काेसेली प्नदान

२९ चैत्र, लिबाङ–रोल्पा ।     
रोल्पा नगरपालिका कार्यालय रोल्पाके नगर प्रमुख पुर्ण के.सी.द्वारा ६ नं. वडाका हजार दिनमा आमाहरुलाई पोषणयुक्त काेसेली  हिजो स्वास्थ्य चैकी कोटगाउँमा प्रदान गर्नुभएको हो । यसले हजार दिनका आमा र बच्चाहरुको पोषणमा थप सहयोग पुग्ने भएको छ ।
यस वडाका हजार दिनका आमा र बच्चाहरुको स्वास्थ्य स्थिति प्रबर्दनको उदेश्यले स्वास्थ्य चौकि कोटगाउँ रोल्पाद्वारा सञ्चालित वडा अध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई शुभकामना कोसेली अण्डा, संस्थागत सुत्केरी भएका महिलाहरुलाई बधाई कोसेली घ्यू र २ वर्षका बच्चाका आमाहरुलाई बच्चाको मानसिक र शारिरीक विकासको निम्ति अण्डा दिने कुखुरा वितरण भैरहेको छ । वडा स्तरीय कोरोना समन्वयन समितिले क्वारेन्टाइनमा राखेका व्यक्तिहरुसँग भेटघाट गर्न रोल्पा नगरपालिकाका कार्यालय रोल्पाको नगर प्रमुख पुर्ण के.सी, उपप्रमुख मनकुमारी घर्ती मगर, नगर प्रमुख प्रशासकीय अधिकृत आउनु सहभागि हुनुहुन्थ्यो ।

सोहि क्रममा उहाँहरुद्वारा यस कोटगाउँ स्वास्थ्य चौकीको निरीक्षण पनि गर्नुभयो । सोहि समयमा एकजना गर्भवती महिला गर्भवती जाँच गराउन आउनुभएको थियो भने, निरीक्षणकै क्रममा एकजना महिला सुत्केरी हुनुभयो, तसर्थ उहाँहरु दुबैजनालाई नगर प्रमुख पूर्ण के.सी.ले शुभकामना कोसेली र बधाई कोसेली प्रदान गर्दै गर्भवती महिलालाई सुस्वास्थ्यको शुभकामना र सुत्केरी महिलालाई सुत्केरी भई नयाँ सन्तान जन्माएकोमा बधाई दिनु भयो ।

You may also like