चन्द्र रोका मगर
पाङ रोल्पा
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका( १ नं. वडा पाङ रोल्पा कमिटी सदस्यहरुको सपथ ग्रहन कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा कमिटीले अब पूर्णता पाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पा सदस्य मिना पुन, अतिथि जिल्ला कमिटी सदस्य तुलाराम खड्का, तासबहादुर पुन, दिलबहादुर पुन, लुङ्ग्री गाउँपालिका ५ नं.वडा अध्यक्ष भरत कुमार थापा, ४ नं. वडा अध्यक्ष शिव प्रसाद के.सी लगायतको अतिथ्यता थियो । कार्यक्रम प्रमुख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले वडा अध्यक्षमा डोरबहादुर पुनमगर, सचिव गिरबहादुर पुन सहित २९ जनाको वडा कमिटी सदस्यलाई शनिबार सपथ ग्रहन गराउनुभएको थियो । सोही कार्यक्रममा रणे विष्ट, गोवे परियार, रामसरी बि.क, दिउसर पुनले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी मेहन्द्र बि.क, लालबहादुर पुन, राष्टिय जनमोर्चा पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीमा प्रवेश गरेका छन् भने मनिराम बि.क. ले राप्रपा पार्टी परित्याग करिव २५ जना विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले पार्टी प्रवेश गराउनुभएको थियो । कार्यक्रमको अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी लुङ्ग्री गाउँपालिका अध्यक्ष पर्शुराम घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन खिमबहादुर के.सी.ले गर्नुभएको थियो भने स्वागत हिराबहादुर पुनले गर्नुभएको थियो ।