नेपाल कम्युनिष्ट पाटी (नेकपा) र राष्ट्रिय जनमोर्चा नेपालद्वारा प्रतिनिधिसभा पुनः स्थापनाको अवसरमा विजय ¥याली

नेपाल कम्युनिष्ट पाटी (नेकपा) र राष्ट्रिय जनमोर्चा नेपालद्वारा प्रतिनिधिसभा पुनः स्थापनाको अवसरमा विजय ¥याली
चन्द्र रोकामगर
फागुन १३ गते

This image has an empty alt attribute; its file name is c2.jpg


नेपाल कम्नियुष्ट पाटी (नेकपा) र राष्ट्रिय जनमोर्चा नेपालले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेकोमा अवसरमा संयुक्त मोटरसाइकल ¥याली कार्यक्रम आज सुलिनस्मृति गाउँपालिकाको सुलिचौरमा सम्पन्न भएको छ । प्रतिनिधिसभा पुनः स्थापनाको अवसरमा देशभरि विजय ¥याली कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघराज विष्टले प्रधामन्त्री खद्क प्रसाद शर्मा ओलील प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको र अदालतले न्याय दिएको बताउनुभयो । उहाँले ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल कम्नियुष्ट पाटी (नेकपा) का लुम्बिनी प्रदेश सदस्य तथा रोल्पा क्षेत्र नम्बर १ का ईञ्चाज गुणेन्द्र घर्तीमगरले प्रधानमन्त्री ओलीले नराम्रो कदम चालुभएको थियो र यो अदालतले नेपाली जनतालाई न्याय दिलाएको बताउनुभयो । प्रतिनिधिसभा पुनः स्थापनाको अवसरमा बधाई तथा न्याय सम्पूर्ण देश विदेशमा रहनुभएको नेपाली जनताको पक्षमा अदालतले फैला गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । प्रतिनिधिसभा विघटनले संवैधानिक संकट उत्पन्न भएको थियो तर अदालतको फैसलाले संवैधानिक संकट अन्त्य भई नयाँ राजनीतिक वातावरण तय भएको उहाँको भनाइ छ । साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् सुनछहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विषय लामो समयसम्म विचराधिन अवस्थामा रहँदा अदालतले कस्तो निर्णय गर्दछ ? भन्ने आम नागरिकको चासोको विषय थियो तर अदालतले संविधान र नागरिकको भावना अनुसार प्रतिनिधिसभा पुनः स्थापना फैसला भएको भन्दै खुसी व्यक्त गर्नुभयो । अब देशमा राम्रो कार्यहरु हुनेछन् अब नयाँ सरकार आउने छ जस्ले देश र जनताको हितमा लागने काम गर्ने उहाँले उद्घोष गर्नुभयो । अब यस्तो प्रतिगमनकारि शक्तिहरु उठ्न नसक्ने ढलेको छन् र प्रधानमन्त्री र मन्त्रीहरुले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने उहाँको भनाइ छ । सुलिचौर बजारदेखि खुंग्रीसम्मको मोटरसाइकल ¥याली पुनः सुलिचौर बजारमा कोण सभा सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला कमिटी सदस्य रत्न महराले सहजिकरण कार्यक्रममा पार्टीको कार्यकर्ताहरु सहित शुभचिन्तकहरुको सहभागी रहेको थियो ।

You may also like