सुनिल स्मृति गाउँपालिका रोल्पाको विभिन्न क्वारेन्टाइनमा रहेका १४ मानिसहरुको कोरोना संक्रमिट पुष्टि

सुनिल स्मृति गाउँपालिका रोल्पाको विभिन्न क्वारेन्टाइनमा रहेका १४ मानिसहरुको कोरोना संक्रमिट पुष्टि
जेठ, २९ गते
लिबाङ–रोल्पा


सुलिन स्मृति गाउँपालिका रोल्पाको विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएका १४ जनाको नोबेल कोरोना भइरस (कोभिड–१९) संक्रमित भएको रिपोर्ट आज भेरी अस्पताल नेपालगञ्जले सार्वजनिक गरेको हो । यो संख्यासँग यस गाउँपालिकामा १७ जना भाइरस संक्रमित भेटिएक हुन् ।
यस अस्पतालले सार्वजनिक गरेको रिपोर्टमा एक जना महिला सहित बाँकी १३ जना पुरुष गरी एक दिनमा नै १४ जनाको भाइरस संक्रमित रिपोर्ट सार्वजनिक गरेको हो । यस जिल्लाको पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ का आठ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ का १७ वर्षका एक पुरुष र वडा नं. ८ का ५ पुरुषको पिसिआर परीक्षणबाट कोरोना पोजिटिभ आएको हो । वडा नं. ४ मा ७ वर्षे बालक र ४४ वर्षीया एक महिलामा समेत संक्रमण भएको रिपोर्ट अस्पताले सार्वजनिक गरेको हो । अन्य कोरोना संक्रमितमा वर्ष १६, १८, २४, २७, ३० र ४४ का पुरुष छन् । वडा नं. ८ का वर्ष १८, १९, २१, २३ र ३२ का पुरुषमा कोरोना संक्रमित रहेका छन् । सुनिलस्मृति गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सावित्रा थापाका अनुसार स्वाब पठाइएका २ सय ७६ जनामध्ये १४ जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएका सबै भारतबाट गाउँ फर्किएका हुन् । उनीहरु गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसिरहेका छन् । यस गाउँपालिकाको पहलबाट भिटिएम खरिद गरि स्वाब संकलन गरेर पिसिआर जाँचका लागि अस्पताल पठाएको हो । केही दिन परीक्षणमा धेरै जनाको स्वाब भएको हुँदा ति व्यक्तिहरुको स्वाब परीक्षणको रिपोर्ट आज मात्रै आस्पतालले सार्वजनिक गरेको हो । यसअघि जेठ २५ गते गाउँपालिकाको वडा नं. ५ र ६ का तीन पुरुषमा कोरोना संक्रमण देखिएको थियो । बुधबार सुनिलस्मृति गाउँपालिका–८ कि एक महिलामा कोरोना संक्रमण भएको सूचना दिइएको थियो । भेरी अस्पतालले भूलवश अछामको संक्रमित रोल्पाको सूचिमा उल्लेख हुन गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सावित्रा थापाले बताउनुभयो ।

You may also like