रोल्पा नगरपालिकाको ७ र ८ नंं. वडाका विभिन्न ठाउँका घरहरु पहिरोको उच्च जोखिम

रोल्पा नगरपालिकाको ७ र ८ नंं. वडाका विभिन्न ठाउँका घरहरु पहिरोको उच्च जोखिम
खुम बहादुर सुनार
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is 97c90c12-8eaf-4b73-94b2-ca79bb74d281


रोल्पा नगरपालिका ७ र ८ नंं वडाको विभिन्न ठाउँका घर पहिरोको उच्च जोखिममा रहेका छन् । पीडितहरु त्रासपुर्ण दैनिकी बिताउन बाध्य भएका छन् ।
सोही नगरपालिकाकाको ७ नंं. वडा दाङडुङ निबासी वुद्विराम बि.क.को घर बिहीबार भत्किदा सात वटा बाख्रा मरेको जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारले बताउनुभयो । ति बाख्राहरुको जनप्रतिनिधि, प्रहरी, स्थानीबासीहरुको पहलमा उद्वार गरिएको जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is k2-1024x485.jpg

उहाँको अनुसार सोही ठाउँ निबासी समन बि.क, रहमन बि.क, खुती बि.क, तिल्कराम पुन, रुपै बि.क, जित बहादुर बि.क.को घर पहिरोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो । साथै ८ नं. वडाको खोलाबाङ, जंकोट, नम्लि, ढुङ्बाङ, तल्लो नम्लि, घरबासा, दमाकुर लगायतका ठाउँका धेरै घरहरु पनि पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । पहिरोको उच्च जोखिम बढेपछि केही पीडितहरु आफन्तको घर वा खाली भएका सुरक्षित घरमा बस्न बाध्य भएका छन् भने धेरै पीडित परिवारहरु पहिरोको उच्च जोखिम घरमै बसि रहेको उहाँको भनाई छ । उहाँका अनुसार पहिरोको उच्च जोखिममा परेका घरहरुको माथि र तल्लो भागबाट जमिन चिरा–चिरा परेकोले जटिबेला पनि पहिरो जान सक्ने उहाँले बताउनुभयो । रोल्पा नगरपालिका, वडा कार्यालय लगायतका सरोकारवाला निकायहरुसँग समन्वय गरी पहिरोको उच्च जोखिममा रहेका पीडित परिवारहरुलाई सुरक्षित स्थानमा स्थानन्तरणका लागि पहल गर्दै आएको उहाँले जानकारी दिनुभयो । ति वस्तिहरुलाई समयमा नै सुरक्षित स्थानमा स्तारन्तरण नगरिएमा मानवीय तथा धनजनको क्षति हुन सक्ने भएकोले समयमा नै ति वस्तिहरुको सुरक्षित स्थानमा स्तारन्तरणमा सम्बन्धित निकायहरुको ध्यान पु¥याउनु पर्ने आवश्यक छ ।

You may also like