सँस्कृति र धार्मिक सद्भाव सहिष्णुता सम्बन्धी सडक नाटक सम्पन्न

रेशम बि.क.
लिबाङ– रोल्पा
सँस्कृति र धर्म सद्भावका लागि साँस्कृतिक सहिष्णुता अभिवृद्धि गर्ने उद्वेश्यले “संक्रमकालीन न्याय र शान्ति प्रर्वद्धनका लागि स्थानीय क्षमता विकास कार्यक्रम” भन्ने मूल नाराका साथ आज रोल्पाको लिबाङमा साँस्कृतिक कार्यक्रम तथा सडक नाटक सम्पन्न भएको छ ।

विविध जाति, धार्मिक र साँस्कृतिक समुदायमा सद्भाव अभिबृद्वि आवश्यकको सन्देश सहित साँस्कृतिक प्रस्तुति कलाकारले नाटक प्रस्तुत गरेका थिए । सो नाटकमा एक जातिले अर्को जातिको सँस्कारको सम्मानबाट समाजिक सद्भाव बढ्नेमा नाटकमा कलाकारको प्रस्तुति थियो । समाजिक सद्भावमा जोड दिनकै लागि साँस्कृतिक कार्यक्रम गरिएको मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपाल रोल्पाकी फिल्ड कार्यक्रम सहायक सबिता बुढामगरले बताउनुभयो । नाटकमा कलाकारले फरक–फरक समुदाय र जातिको सँस्कार झल्काउने नृत्य र सडक नाटक प्रस्तुत थियो । साथै साँस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए । जुनकुनै जातिको सँस्कार र धर्ममा ठेस पु¥याउँदा समाजको सम्बन्ध बिग्रने भएकाले सबैले सबैको सँस्कारप्रति सहिष्णु बन्नपर्ने नाटकको सन्देश थियो । सुनछहरी कला केन्द्रका सचिव टेकेन्द्र सेनको नेतृत्वको कलाकार समुहले मगर, गुरुङ, ठकुरी, खस आर्य जातिको साँस्कृतिक गीत र नृत्य प्रस्तुति थियो । मुलुकमा जातजाति र धर्ममा फाटो ल्याउन नहुनेमा कलाकारको प्रस्तुत नाटकमा जोड थियो । नेपाल भौगोलिक रुपमा विभिता हिमाल, पहाड र तराई बीचको विवेध र फाटो आईरहेको यर्थाथता नाटकमा प्रस्तुत थियो । सद्भाव अभिवृद्धि गर्न सबै जाति र धर्मावलम्बी बीचको सम्बन्ध प्रगाढ बनाउन पनि कलाकारको बेजोड प्रस्तुति थियो । मानव अधिकार, सामाजिक न्याय र सुशासनका क्षेत्रमा क्रियाशिल हरप्लेसले सबै समुदायले आफ्नो सँस्कृति र धर्म अंगाल्न पाउनु मानव अधिकारको सवाल भएकाले बिबिधतामा एकता आवश्यकप्रति जोड दिन साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । नाटकमा अन्तर जातिय बिबाह, धार्मिक संस्कार, भेष भुषाको विभदेले समाजमा अशान्ति नित्याएको नाटकमा प्रस्तुत गरिएको थियो । भने नेपाली समाज बहुजाति, बहु भाषा, बहु संस्कार भएको समाजमा जात, धार्मिक संस्कार, भेष भुषाको आधारमा भेदभाव नगरी समाजमा मिलेर बस्नु पर्ने नाटकमा प्रस्तुत गरिएको थियो । समाजमा जाति, धार्मिक संस्कारको आधारमा एकले अर्काेलाई विभेद गरिएको अस्थामा कानुनमा सजयको व्यवस्था गरेको नाटकमा बताएको थियो । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपाल रोल्पाको आयोजना गरेको थियो । समय सान्र्दभिक नाटकमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, आमा समूह, स्थानीयबासी लगायत सरोकारवाला निकायहरुको सभागिता थियो ।

You may also like