बा.नू.मा.वि. लिबाङ रोल्पाको वि.व्य.स.को अध्यक्षमा पुनः न्यौपाने

२६ गते माघ,
लिबाङ–रोल्पा ।


बाल कल्याण नमूना माध्यमिक विद्यालय रोल्पा नगरपालिका–२ लिबाङ रोल्पाको अभिभावक भेला शनिबार सम्पन्न भएको छ । भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
उक्त कार्य समितिको अध्यक्षमा पुनः महेश न्यौपाने, सदस्यहरु जितबहादुर डाँगी, खटकबहादुर खत्री, पवित्रा आचार्य, सरस्वती आचार्य, निम कुमारी सिंह, पदने सदस्य वडा अध्यक्ष खिम बहादुर घर्तीमगर रहुनभएको छ । भने सदस्य समितिमा विद्यालयको प्रधानाध्याक मधुसुदन पोख्रेल रहनुभएको छ । कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका शिक्षा शाखा प्रमुख उप सचिव महेन्द्र पराजुली, शिक्षा शाखा अधिकृत कर्णबहादुर पुन सहितको आतिथ्यता थियो । निर्वाचिन कार्य समितिको ३ वर्षसम्म कार्य अवधि छ । यस विद्यालय नूमना विद्यालय घोषण भई हाल प्लस टुमा मानविकी संकाय, शिक्षा संकाय, व्यवस्थापन संकाय, सिविल इञ्जिनियरतहको पढाई सञ्चालन भइरहेको छ । नमूना विद्यालयलाई नमूना बनाउने, शैक्षिक उपलब्धि वृद्ध गर्ने, शिक्षकहरुको क्षमता अभिवृद्धिसँग विद्यालय आवशयक भौतिक संरचना निर्माण जस्ता महत्वपूर्ण कार्य योजनाहरु निर्वाचित अध्यक्ष न्यौपानेले तय गर्नुभएको छ । यस विद्यालय विद्यार्थी, अभिभावकको आकर्षण केन्द्र बनेको छ । प्रत्येक शैक्षिक सत्रमा विद्यार्थीको संख्या बढ्दो क्रममा छ । विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन चुनौति देखिएको छ । तर, विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको चापलाई मध्येनजर गर्दै भौतिक र मनवीय जनशक्तिको व्यवस्थापन गर्दै आएको अवस्था छ । समितिको पहिलो बठैकले महेश न्यौपानेलाई समितिको जिम्मेवारी प्रदान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक ओम सेनले गर्नुभएको थियो । भने स्वागत शिक्षक लेखमणी खड्काले गर्नुभएको थियो ।

You may also like