रोल्पा लुङ्ग्री खोला पुल भ्रष्टचार कि ? उपभोक्ता समितिको घर खेत हुने माध्यम बन्दैछ ?

मानसिंह विश्वकर्मा
साउन ११ पाङ–लुंग्री २०७६
के लुङ्ग्री खोलाको पुल लुंग्री खोला पुल बारे कसले के भन्छन् ?


रोल्पा जिल्लाको १० वटा स्थानीयतह मध्ये लुङ्ग्री गाउँपालिका पनि एक हो । लुंग्री गाउँपालिका पूर्वी रोल्पाको साविकको सिर्प, पाङ, बडाचौर, गुम्चाल र हार्जङलाई समेटिएर बनाइएको गाउँपालिका हो । त्यही गाउँपालिकाको लुंग्री लुङ्ग्री खोलामा बनेको लुङ्ग्री पुलको निकै चर्चा चलिरहेको छ । सो विषयले आजकाल सामाजिक सञ्जालहरुमा पनि निकै चर्चाको विषय बनेको छ ।
वडाचौर र पाङलाई जोड्न र त्यसबाट प्यूठानको नौवहिन गाउँपालिकासम्म सडक विस्तार भएको छ । सो गाउँमा पहिले मानिसहरुले वर्षायाममा आवात जावत गर्न नै बन्द हुने गर्दथ्यो भने पानी नपरेको बेलामा कोही बलिया र नदिमा पार गर्नका लागि केही सीप भएमा मानिसहरु मात्रै नदी पार गरेको उमेरले ६ दशक नाघि सकेका धनबहादुर थापाले बताउनुभयो । त्यहीको नजिकै करिव ३ दशक अगाडि एउटा झोलङ्गे पुल निर्माण भएपछि मात्रै गाउँलेहरु आवत जावत गर्न निकै कठिन थियो । मानिसहरु पुलबाट हिड्दुल गरेपनि पशु चौपायहरु खोलाबाटै तराउँदा धेरै पशुहरु बगेर मरेका पनि थापाले सुनाउनुभयो । तर हाल पुल निर्माण भएपछि निकै सहज भएको छ थापाको निष्कर्ष रहेको छ ।
तलबाट पिलरहरु उठाएर निर्माण गरेपनि माथि फल्याक विछ्याएपछि आजकाल निकै चर्चाका विषय बनेको छ । असारे महिनाको असारे विकासमै निर्माण गरेर निर्माण गरिएको पुलको चर्चा आउनु पनि स्वभाविक नै हो । सर्वसाधरणले पुल निर्माण निर्माणगरेपछि तलको भाग केही अस्थायी हिसावले दीपोपनाका लागि केही अझै सोचेको भए राम्रो नै हुने थियो ।

यसबारेमा भ्रष्टचार भएको छैन ।

दुर्गाबहादुर खड्का
                                            अध्यक्ष– लुङ्ग्री गाउँपालिका
लुंग्री गाउँपालिका अन्तर्गत लुंङ्ग्री १ पाङ र लुङ्गी ५ बडाचौरको बीचमा जोड्ने लुङ्ग्री खोलामा पुल निर्माणको क्रममा संघीय संसदबाट सांसद पूर्वाधार साझेदार कार्यक्रमबाट २० लाख र गाउँपालिकाबाट ७ लाख बजेट विनियोति गरिको बताउनुभयो । गाउँपालिकाबाट योजना तथा बजेट माग गर्दा लुंग्री (पाङ) खोला काठेपुल निर्माण भनेर बजेट माग गरेपनि जिल्ला समन्वय समितिले कलभर्ट निर्माणका लागि संघीय सरकारमा पठाएको र सोही अनुसार बजेट आएको जानकारी गराउँदै प्राविधिक दृष्टिकोणले ६ मिटरसम्मकोलाई मात्रै कलभर्ट निर्माण गर्न सकिने भन्ने भएपछि सो पुल निर्माण गरिएको थियो । आफूलाई काम गर्दा १०० प्रतिशत प्रगतिको आशा नलागेपनि सकेजति साधान श्रोतले भ्याएसम्म निगरानी पूर्वक काम गराएको दावी गर्नुभएको छ । उहाँले २४ लाख रुपैया त्यो खोलामा त्यस प्रकारको काम गर्न पनि निकै कठीनतापूर्वक काम सम्पन्न गरेको र जनताकै हितका लागि गरिएको दावी गर्नुभएको छ । समयको चापले काम गर्दै जादा केही नयाँ कामहरु थपिएको र नीतिगत कुरामा बजेट विनियोजित गरि ससिकएकोले थप रकम दिन नसकेकोले उपभोक्ता समितिहरु निकै मारमा परेको जानकारी समेत दिनुभयो । अझै त्यस विषयमा बसेर छलफल गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले ठेक्दारहरुले झै क्वालीटिमा कुनै पनि अनियमिति नगरेको दावी गर्दै उपभोक्ता समितिले केही रकमको अभाव भएको भन्ने गुनासाको विषयमा छलफल समेत गर्न सकिने बताउनुभयो । यसलाई अनाआवश्यक सामाजिक सञ्जालहरुमा टिप्पनी गर्न र गाउँपालिकामा आएर सत्य तथ्य बुझ्नका लागि सबै सरोकारवाला निकायलाई अनुरोध समेत गर्नुभएको छ ।

सो पुल कसरी बनाएको छ ? सकेजति राम्रो गरिएको छ अझै बजेटको अभाव भयो

  लुंग्री गाउँपालिकाका इन्जिनियर बरुणप्रसाद राजबंशीका

बडाचौर–पाङ लालुबाङ उपभोक्ता समितिका खोलाको बहावलाई कम गति गर्नका लागि केही ढुंगा र तारजाली सहित ४३१ घन मितर गारो लगाएर निर्माण गरिएको छ । लुंग्री गाउँपालिकाका इन्जिनियर बरुणप्रसाद राजबंशीका अनुसार आफैले सो पुललाई धेरै समय दिएर प्राविधिक रुपमा अध्ययन गर्दै निर्माण गरेको बताउनुभयो । उहाँका अनुसार जमिनमुनि १६ मिटरको एउटै तालजाली हालेर कंङकृत गरी १.७० मिटर निर्माण गरिएको थियो । जमिनमाथि २.३० मिटरटरको उचाई जाली अनि जालीभित्र कङ्कृतसहितको गारो निर्माण ५ वटा पिलर निर्माण गरिएको बताउनुभयो । सो पुल ३ मिटर चौडाई र १५ मिटर लम्बाई रहेको छ । गोरो पिलर कङ्कृतसहित निर्माण गरिएको छ भने १२ इन्चको बिम र ४ इन्चको फल्याक विछ्याएको सव ओवर सिएर टेकेन्द्र जिएमले बताउनुभयो । साथै पिलरबाट जमिनसम्म जोड्नका लागि करिव ३ मिटरजति आरसिसी गरिएको छ । अझै बजेटको अभावमामा आफ्नो पुरै सोच पुरा नभएको प्राविधिक समूहको छ ।

कति बजेट र कति भुक्तानी ?  नियम अनुसार नै भुक्तानी दिएका छाँै ।

संघीय सरकार सांसद विकास साझेदारी कार्यक्रमबाट २० लाख रुपैया आएको थियो भने गाउँपालिका गाउँ कार्यपालिकाको बैठकबाट नै ७ लाख रुपैया विनियोजित गरिएकको थियो । कुल २७ लाख बजेट मध्ये २४ लाख ८४ हजार ८१७ को भुक्तानी लिएको लुङ्ग्री गाउँपालिका लेखापाल शालिकराम गैरेले बताउनुभयो । लेखापाल त्यस योजनामा आर्थिक रुपले अझै धेरैको आवश्यकता भएपनि बजेटको परिधी भित्र रहेर भुक्तानी गरिएको जानकारी दिनुभयो ।

करिव १५ लाख घाटा के साच्चिकै घर खेत हुनेभयो ?

    उपभोक्ता समितिका उपाध्यक्ष अध्यक्ष आइते खत्री

उपभोक्ता समितिका उपाध्यक्ष अध्यक्ष आइते खत्रीले आफूहरुले कहिलै पनि यस्तो विषयमा काम नगरेकोले काम गर्दै जादा काम र विभिन्न कामहरु थपिनु र समयको चापमा काम गर्दा बसेर छलफल र बजेटको खर्च कति भयो भन्ने विषयमा छलफल गर्न नपाउँदाले गर्दा अझै १५ लाख रुपैया घाटा भएको बताउनुभएको छ । उहाँले भन्नुभयो ः–“२७ लाखमा पनि २४ लाख मात्रै भुक्तानी दिएको र अनि १ क्वीटल सरियाको स्टीमेट भएकोमा पनि काम गर्दै जादाँ १५ क्वीटल लागेको पछि रकममा हेरफेर गर्नुहुन्छ कि भन्ने आशाले काम गरियो, पाङ वडाका ऐपे बाहेरकका जनताले १÷१ दिन जनश्रमदान पनि गरियो, हामीले केही न लिएर काम गरेर हजुर अब घर खेत हुने भएको छ, डोजर, छड, सिमेन्ट, र मजदुरको केही ज्याला तिर्न वाकी छ हैरान भएको छ । ” आफूहरु ठेकदारी परिएन गाउँको लागि गरौँ भन्दा चिन्ताले हैरान भएको छ । यी समितिका गुनासा कसले सुन्ने ? घर खेत भएमा परिवारबाट सामाजिक काम आगामी दिनमा कसले गर्नेे ?
यसबारे कसले के भने ?

वर्षातको याममा आवत वाजत बन्द हुने गरेको अवस्थामा आजकाल खोलामा पुल बनेपछि पशु चौचायहरु हिडाल्दै खुखियाली स्थानीयबासीहरु


लुङ्ग्री गाउँपालिका वडा नं. १ का ५८ वर्षिय धनबहादुर थापाले पुल राम्रो बनेको छ । पुलबाट हिड्नका लागि राम्रो भएको छ । पुल बनेपछि पशुहरु पनि हिडाल्नका लागि पनि निकै सहजभएको बताउनुभयो । यसबाट पक्कि पुल निर्माण भएमा अmै सहज हुने आशा व्यक्त गर्नुभयो ।

भक्तबहादुर जिसीले यो पुल नजिककै रहेको पक्की स्थानमा रहेको यो पुल निर्माणमा गरेको भए राम्रो हुने बताउँदै यो पुलको बजेट वर्षाको भेलले लगेमा बालुवामा पानी हाले झै हुने बताउनुभयो । जनताको पैसा त्यतिकैमा खेर जाने चिन्ता छ ।

खलजित प्रकाश रोकाले पुल निर्माण राम्रै उद्देश्यका साथ निर्माण गरेको बताउँदै यसबाट वर्षायाममा पनि हिडदुल गर्न सजिलो नै हुने गरेको बताउनुभयो । यसमा उपभोक्ता समितिहरुलाई घाटा रहेको बताएको गुनासो गर्नुभयो । पहिले कामहरु सम्पादन गरि सकेकको पछि मूल्याङ्कनमा बजेट कम दिएपछि उपभोक्ता समितिले आफूसँग गुनासो गरेको बताउनुभयो । यस्तै गरी वडाचौरका रिखबहादुर रोकाले पनि यो बर्षातको भेलले नगेमा केही वर्षलाई स्थायी झै हुने बताउँदै यसलाई अझै दिगो बनाउनको लागि केही रकम थप गरेको भए राम्रो हुने विचार व्यक्त गर्नुभयो ।


यसैगरी वडा लुङ्ग्री ५ का वडा अध्यक्ष भरतबहादुर थापामगरले सो निर्माण गर्दा आर्थिक अनियमितता नभएको र निर्माण कार्य गर्दा अझै ध्यान दिन सकेको भए राम्रो बनाउन सकिने बताउनुभयो । सो पुल निर्माणले जनतालाई राहत भएको बताउँदै यसलाई अझै दीगो बनाउनको लागि पक्कि पुल निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारबाट बजेटको व्यवस्थान गरि दिनु पर्ने माग राख्नुभएको छ ।

सो पुल नजिकैको झोलंगे पुल मानिसहरु यसबाट मात्रै हिड्ने गर्दथ्ये पशुहरु बर्षामा खोलामा बगेर पनि मर्ने गरेको स्मरण सुनाउँदै

रोल्पाबाट निर्वाचित भएर हाल ऊर्जा तथा जलश्रोत मन्त्रीले वर्षमान पुनमगरको सचिवालयले पूर्वी रोल्पाका बस्तीहरुमा विकास गर्नका लागि अझै जोड दिने र आगामी वर्षमा सोही खोलामा पक्कि पुल निर्माण गर्नका लागि बजेटको व्यवस्था गर्ने बताएको छ ।
लुंग्री खोलामा पुल बन्नु आफैमा राम्रो हो । मानिसहरु विरामी पर्दा, लगायत सामान ढुवानी गर्नका लागि वर्षातको समयमा पनि सहज भएको स्थानीयबासीहरुले बताएका छन् । स्थानीयहरुका अनुसार सो पुल निर्माणमा करिव २४ लाख रुपैया लगानी भएको छ । तर त्यसमा अझै केही रमक थपेर पक्कि पुल नै निर्माण गरिएको भए केही पुस्ता दीगो हुने चिन्तन गरिएको छ । गाउँपालिका र संघीय साँंसद पूर्वाधार विकास कार्यक्रमबाट निर्माण भएको पुलबाट पाङ र बडाचौरबासीलाई मात्रै होइन किन प्यूठानसम्मका नागरिलाई पनि सुलिचौरसम्म आवत जावत गर्नका लागि सहज भएको छ । २४ लाखमा पुल बनाउन त बनाएका छन् आजकाल दिनकै फोन र पैसा माग्न आउनेहरुलाई उपभोक्तासमितिले कसरी रिजाउने । यो काम गर्दै जादाको केही समस्यालाई कसरी हल गर्ने ।
यो आजकाल कतिले भ्रष्टचार भयो भन्ने कोणमा कुरा उठाई रहदाँ उपभोक्ता समितिको मन निकै दुखेको छ । समाजको निम्ती गर्दा पनि आफ्नो घर खेत हुने भएपछि चिन्ताले हैरान भएका छन् । यसको सहजीकरण कसले गर्ने ? प्रश्नै प्रश्नको बीचबाट रोल्पाको लुङ्ग्रीखोलाको पुल भ्रष्टचार की घरखेतको माध्यम बनेको छ । समन्धित निकायले ध्यान दिन आवश्यक छ । साचिच्चकै समाजको लागि काम गर्दा घर खेत नै हुने हो त ? आर्थिक वर्षको अन्त्यतिर बजेट आउनु र असारमै निर्माण हुने साउनबाट सवारी साधानहरु चल्न शुरु गर्दा एकै रातको पानीले बगाएर लगेमा फेरी जनताकै करबाट जम्मा भएको पैसा जनताले सेवा नलिन पाउँदै बगाएमा त्यसबाट हुने नोक्सानको क्षति कसले बोक्ने ? यो पुल कुनै अविरल वर्षातमा भेलबाढी नआएर क्षति नगरेमा त यो केही समय दीगो हुने कुरा पनि निश्चत छ । त्यसैले विषमया बुझन् सबैले प्रयास गर्ने की ?

 

You may also like