गाउँपालिका कमिटीद्वारा वडा कमिटी सचिव घर्तीमाथि आक्रमणको विरोधमा प्रेस विज्ञप्ती

लिङ्डुङ–रोल्पा

भाद्र १८ गते


नेपाल कयुनिष्ट पार्टी (नेकपा) त्रिवेणी गाउँपालिका कमिटी रोल्पाले ३ नं. वडा कमिटी सचिव शंकर घर्तीमाथि आइतबार अज्ञात समूहको आक्रमणको विरोधमा मंगलबार प्रेस विज्ञप्ती जारी गरेको छ । अज्ञात समूहको आक्रमबाट वडा सचिव घर्ती घाइते हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी त्रिवेणी गाउँपालिका ३ नंं. वडा सचिव शंकर घर्ती आइतबार साझ ८ः०० आफ्नै पसलमा बसिरहेको समयमा पसल बाहिर बोलाई ६–७ जनाको एक अज्ञात समूहले अन्धाधुन्दा आक्रमणबाट घाइते भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्रिवेणी गाउँपालिका कमिटी रोल्पाको अध्यक्ष निम प्रसाद रोका र सचिव शेरसिंह बन्दिपुरेको संयुक्त हस्ताक्षरमा जारी प्रेस विज्ञप्ती उल्लेख गरिएको छ ।

साथै अज्ञात समूहले घर्तीलाई सुराकी गर्ने तलाई सिध्याउँछौं भनी अज्ञात समूहले पेस्टोल पड्काउँदै भागेको यस्तो अबान्छित क्रियाकलाप गर्ने समूहलाई अनुसन्धानको दायरामा राखी कानुनी कारवाहीको माग प्रहरी प्रशासनमा समेत जारी विज्ञप्तीमा अनुरोध गरिएको छ । पीडित वडा कमिटी सचिव घर्तीको जीवन जोखिमपूर्ण अवस्था भएको भन्दै घर्तीको जीवन रक्षाका लागि मानव अधिकारकर्मी, सुरक्षा निकाय लगायत सरोकारवाला नियका प्रति पार्टीको जारी प्रेस विज्ञप्ती मार्फत अनुरोध गर्दै यस्ता अमर्यादित, अराजनीतिक ‘कायर’, अपराधिक, हिंसात्मक कार्य प्रति गाउँपालिका कमिटीले आपत्ति तथा निन्दा समेत व्यक्त गरेको छ ।

You may also like