मदिरामुक्त जंकोट बनाउनको लागि वडा सरकारकै पहलमा अभियान

मानसिंह विश्वकर्मा
रोल्पा, लिबाङ

फागुन १९, रोल्पा ।

रोल्पा जिल्लालाई पनि मदिरा निषेध जिल्ला बनाउनको लागि जिल्लाबासीहरु लागि रहेका छन् । यसैक्रममा रोल्पा जिल्लाका स्थानीयतहहरु निरन्तर अभियानमा लाग्ने क्रममा रोल्पा नगरपालिकाको चौथो नगर सभाबाट मदिरा तथा लागू औषध नियन्त्रण सम्बन्धी आचार संंहिता कार्यान्वय गर्नका लागि रोल्पा नगरपालिका वडा नं. ८ का सरोकारवालाहरु एकमत भएका छन् । शनिबार  एक कार्यक्रमका विच पारित गरेको छ । रोल्पा नगरपालिकाले पारित गरेको आचारसंहिता रोल्पा नगरपालिकाको वडा नंंं. ८ जंकोटमा लागू गरेको छ । नगरसभावाट विभन्न सात वटा वुदाँमा आचारसंहिता पारित गरीएको छ । नगरसभाले पारित गरेको ७ वटा आचारसंहिता मध्य छैटौ वुदाँमा खुद्रा विक्रेताले असोज महिनादेखि फागुन सम्म साझँ ५ वजे देखि ९ वजे सम्म, चैत्र महिनादेखि भाद्रसम्म साँझ ६ वजेदेखि १० वजे सम्म मात्र मदिरा विक्रि वितरण नगर्ने वुदाँमा ८ नं.वडा पालिका ले वडा पालिका भित्र मदिरा नराख्ने निर्णय गरेको छ । विहीबारदेखि लागि गरिएको वडा अध्यक्ष सनसिंह बुढामगरले जानकारी दिनुभयो । उहाँले समृद्ध जंकोट निर्माण गर्नका लागि यो अभियान पनि एउटा महत्वपूर्ण कडी भएको भन्दै सबै वडावासीले सो अभियानलाई आत्मसाथ गर्नका लागि अनुरोध गर्नुभयो ।

यसैगरी ८ नं. वडाले २० वर्ष नपुगी विवाह गरेमा प्रहरीको जिम्मा लगाउने,  मृत्यु सस्कारमा एक माना  चामल र एक बोटल रक्सी लग्ने चलन भए पनि अहिलेको आचारसंहिताले  चामल लग्ने र रक्सीको सक्ता फलफूल वा पैसा लग्ने गरी कार्यन्वयन गरिने भएको छ । साथै आज नै विद्यालयलाई जङंफुड विद्यालय निषेधित विद्यालय वनाउने निर्णय समेत गरेको छ । पुर्ण सरसफाईका ५ प्लस १ सूचंकलाई चाडै पुरा गरी वडालाई पुर्ण सरसफाई युक्त वडा घोषण गर्ने समेत ८ न वडाका अध्यक्ष सनसिङ वुढाले वताउनु भएको छ । । यी नियमलाइए उल्लघंन गर्नेलाई पहिलो पटक सम्झाइ वुझाई गर्ने र दोस्रो पटक पनि नियम उल्लघंन गरी सो कार्य गरेमा ५ सय जरीवान गर्ने नगर पालिकाले जनाएको छ । साथै नियम उल्लघंन गरी तेस्रो पटक पनि सो कार्य दोहो¥याएमा १ हजार रुपैया जरिवाना गर्ने व्यवस्था रहेको र अन्य पटक पनि यस्तै कार्य दोहोरीएमा कानुन वमोजिम कारबाही गर्ने समेत वडा कार्यालयले वताईएको छ ।
नगरपालिकाले पारीत गरेको पहिलो आचारसंहितामा २० वर्ष उमेर नपुगेको व्यक्ति, गर्भवती तथा सुत्केरी महिलालाई मदिरा विक्रि वितरण नगर्ने, अत्याधिक मदिरा वेवन गरी व अरुलाई असर पर्ने गरी मदिरा सेवन गरी सार्विजक यातायातमा यात्रा गर्न नपाईने भएको छ । दोस्रो आचारसंहितामा मदिरा सेवन गरी वा अरुलाई असर पर्ने गरी मदिरा सेवन गरी सावएजकिनक यातायातमा यात्रा गर्न नपाईने व्यवस्था गरीएको छ । तेस्रो आचारसंहितामा भने मदिरा सेवन गरेको व्यक्ति सरकारी कार्यालय, सार्वजनिक स्थल तथा सार्वजनिक सभा समारोह, वैटकहरुमा प्रवेश गर्न नपाउने, चौथौ आचारसंहितामा मदिरा सेवन गरी अन्य व्यक्तिलाई बाधा, अवरोध पुग्ने गरी होहल्ला गर्न नहुने कुरा उल्लेख गरीएको छ । आचारसंहिताको पाँच आचारसंहितामा २० वर्ष पूरा नगरेको व्यक्तिले मदिरा सेवन गर्न, विक्रि वितरण तथा ओासर पोसार गर्न नपाईने व्यवस्था उल्लेख गरीएको छ ।

रोल्पा नगरपालिका वडा नं. ८ लाई नमूना वडा पालिका बनाउनको लागि वडा कार्यालय पुरै लागेको छ । शनिबार सम्पन्न कार्यक्रममालई सम्वोनध गर्दै रोल्पा नगरपालिका नगर उपप्रमुख मनकुमारी घर्तीमगरले नगरपालिकाले लिएको नीतिलाई कार्यक्रमलाई सहयोग गर्न अपिल गर्नुभयो । उहाँले समृद्ध नगरपालिका बनाउनको लागि सबै सबैले साथ दिनुपर्ने बताउनुभयो । यस्तै जंकोट स्वास्थ्य चौकिका इन्चार्ज दिपेन्द्र विश्वकर्माले  आमा समूह, महिला स्वयमसेविका लगायतलाई सबैलाई परिचालन गरिने बताउनुभयो ।
उक्त अभियानलाई  अगाडि बढाउनको लागि रोल्पा अस्पताल रेउघाका सि. अ.हे.व. कुलबहादुर डाँगीले सहजीकरण गर्नुभएको थियो । सो अभियानलाई पूर्ण दिनका लागि मानिसको चेतनामा परिवर्तन गर्नका लागि आवश्यक रहेको बताउनुभयो । यस अभियानलाई निरन्तर अगाडी बढाउनउको लागि युवा क्लवहरु पनि लागि रहेका छन् ।
हामीले प्रयास गरेमा असम्भव हुने भन्ने कुरा केही छैन । सबै वडा सरकार, स्वाथ्य क्षेत्र, युवा क्लब लगायत आम वडाबासी लागेमा सभ्य समाज निर्माण गर्न सकिन्छ । यो अभियानमा सबै जंकोटबासीलाई साथमा लगेर जान सकेमा सफल हुने कुरामा दुइमत छैन ।

You may also like