अनन्तले शहीद गाविस जेलबाङका मंगलेको घरबाट नयाँ कार्यक्रमको आरम्भ गर्ने शहीद परिवार मंगले दम्पत्तिका लागि राहत सँगै नयाँ घर

मानसिंह बिक
रोल्पा, १४ पुस
जनता र देशको मुक्तिका लागि आफ्नो एकमात्रै भवन बुढामगरलाई जनयुद्धमा गुमाएका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिको लागि नयाँ घर बन्ने भएको छ । बुद्धाबृद्धले शहीद छोरा भुवनको नामबाट परिवारले राज्यबाट पाउने राहत रकम दशैलाख प्राप्तसमेत गर्नुभएको छ ।
शहीद भुवन मंगलेका एक मात्रै छोरा हुनु हुन्थ्यो । २०५३ साल माघ ३ गते रेरकमो भंmकीमा निशस्त्र रुपमा हत्या राज्य पक्षबाट गरिएको थियो । भुवनको आमा फर्की बुढामगरले छोरा नभएपछि एउटा छोरीले मात्रै हेर चाहमा सहयोग गरेको बताउनुभयो । बुढाले केही गर्न नसकने आफू पनि साहाराको खोजीमा रहेको बताउनुभयो । े ७४ वर्षिय बुबा मंगले बुढामगरको परिवार र वर्षमान पुनहरु बीचमा भेट हुने मतदाता धन्यवाद कार्यक्रमले जुराइ दिए पछि भलाकुसारी गर्नुभयो । बीबीसी साझा सवालको आईतबारको ईपिसोडमा मंगले बुढाले झुपडीमा बसेर सहिद परिवारले पाउने रकम आफूहरुले नपाएको बताएका थिए । मंगले दम्पत्तिको कुरा सुनेर निवर्तमान सभामुख ओनसरी घर्तीले आँशु थाम्न नसकेको र रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भावुक हुँदै घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएको साझा सवालको उक्त ईपिसोड लाखौँले हेरेका छन् । सो हेरेपछि रोल्पा जिल्लाका विभिन्न सरोकारवाला निकायले समेत चासो र पहल समेत गरेका छन् ।
जेलबाङमा जनयुद्धको समयमा ७३ जना जेलबाङबासीका सन्नतीले बलिदान गरेका छन् । जेलबाङ जनयुद्धको समयमा सबै भन्दा बढी शहीद संख्या भएको साविकको गा.वि.स. हो । जेलबाङलाई शान्ति गाविस भनेर सरकारले घोषणा गरेको थियो । रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा विजयी लगत्तै जनयुद्धको समयमा सबैभन्दा बढि बलिादन भएको जेलबाङमा पुग्नै पर्ने अठोट लिनुभएका वर्षमान पुनमगर ‘अनन्त’, प्रदेश सभा सदस्य कुलप्रसाद के.सी ‘सोनाम’, निवर्तमान सभामुख ओनसरी घर्तीमगर मंसिर २६ गते जेलबाङ पुग्नुभएको थियो । त्यसक्रममा वर्षमान पुनमगर ‘अनन्त’ को समूह शहीद परिवार, घाइते, कार्यकर्ता र मतदाताहरुसम्म पुगेर धन्यवाद दिनुभएको थियो । शहीद भुवनको घरमा पुगेर भेटघाटको क्रमममा भन्नुः–“कस्तो समस्या छ, जनयुद्धमा बलिदान गरेका शहीद परिवार बुवा आमा बृद्ध अबस्थामा यो यो अवस्था देखेर मलाई निकै छोएको छ हामी पहल गर्नुपर्दछ ।”
जेलबाङको धन्यवाद कार्यक्रममा बोल्दै वर्षमान पुनमगर ‘अनन्त’ शहीदको सपना साकार गर्नका लागि जनयुद्धको उपलब्धीहरुलाई सँस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले जेलबाङलाई तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार घोषणा गरेको शान्ति गाविस र वाबुराम भट्टराईको पालामा आफू अर्थमन्त्री हुँदा जेलबाङको विकास र शहीद एवं शान्ति नमूना गाउँ निर्माणमा पहल गरेको बताउनुभएको थियो । उहाँले शहीद भुवनको मुत्यबरणलाई उच्च् मूल्याङ्कन गर्दै भन्नुभयोः–“हामी सबै शहीद परिवारको समस्यामा सकेसम्म पहल गर्दछाँै, जेलबाङका शहीद भुबन बुढामगरको घरबाट रोल्पा जिल्लालाई ५ वर्ष भित्र जस्ताको छानोयुक्त घर बनाउने नमूना कार्यकार्य जेलबाङबाटै शुरु गर्दछौँ ।” सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मंगलेको घर निर्माण गर्न लाग्नुभएको हो । अनन्त माघ २ मा जेलबाङ पुगेर मंगले बुढा दम्पत्तिको लागि घर निर्माण गर्न शिलान्यास गर्न कार्यक्रम रहेको छ ।
अनन्तकै पहलमा राज्यबाट सहिद परिवारले पाउनुपर्ने सबै रकम मंगले परिवारले पाएको छ । मंगलले सहिद परिवारले पाउने राहत रकमको पाँच लाख रुपियाँ २ पुसमा बुझेका छन् । पाँच लाख भने उनले विभिन्न किस्तामा पहिल्यै बुझिसकेका छन् । “उहाँले पाँच लाख बुझ्न बाँकी रहेछ, त्यो २ पुसमा बुझ्नुभएको छ,’ नेता अनन्तले भन्नुभयो, ‘पाँच लाख विभिन्न चरणमा पहिल्यै बुझिसक्नुभएको रहेछ ।”
आर्थिक वर्षको अन्त्तय तिर आएर लिबाङ जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश गर्नुभएको मंगले बुढामगर जेलबाङका अन्य शहीद परिवार रकम निकासा गर्न आउने बेलामा आफू विरामी परेकोले आउन नसकेको मंगले बुढाले बताउनुभयो । प्रतिवेदन २११ का शहीद भुवन बुढामगरको निवेदनको आधारमा असार २६ गते जिल्ला प्रशासनले नेपाल बैक रोल्पा शाखालाई रकम जम्म गरिदिनका लागि पत्रकार गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले मंगले बुढाले पुष २ गते ५ लाख बुझेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो ः–“असार २२ गते आफै आएर निवेदन दिनुभएको थियो । असार २६ गते नै उहाँहरुले पाउनुपर्ने पाँच लाख रकम उहाँहरुको पुरानो खातामा पठाईसकिएको थियो । तर बीचमा उहाँहरु आउनुभएन,’ प्रजिअ भट्टराईले भने, ‘पुस २ गते आएर पाँच लाख बुझ्नुभएको छ ।”
साझा सवालमा वरिष्ठ नेता अनन्तले ‘सहिद परिवारले पाउने १० लाख पाउनुभयो की भएन ?’ भनी सोध्दा मंगले बुढाले ‘पाको छैन’ भन्ने जवाफ दिएका थिए । उनको जवाफले अनन्त र ओनसरी भावुक बनेका थिए । तर उनले पाँच लाख यसअघि बुझिसकेका रहेछन् ।
सुनछहरी गाउँपालिका अध्यक्ष एवं जेलबाङका समाज सेवी नेता आसबहादुर पुनमगरले पहिले सबै जेलबाङका शहीद परिवारलाई साथै लिएर रकम निकासा र बुझेर जानका लागि सबै साथै आउने गरेको बताउँदै यस पटक पनि निवेदन दिनका लागि सबै साथै आएको तर रकम निकासा गर्दा विरामीको कारणले लिन नसकेकोले ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयोः–“बुढापाका खामभाषीलाई नेपाली भाषाको केहीं समस्या हुन्छ, प्रश्न गर्दा सरकारबाट पाउने राहत रकम भन्ने नभई अरु कुनै रकम पाउने पो हो की भन्ने मानेर रकम नपाएको भन्ने जवाफ दिएको र राहत आफ्नो खातामा आएको विषयमा आफूलाई जानकारी दिए पनि हातमा नपरेकालेले नपाएको बताए हुन् त्यो पैसा २ गते फेरी हाम्रै पहलमा लिएर जानुभएको छ । ”
मंगलेका एकमात्र छोरा भुवन बुढा २०५३ पुसमा राज्यपक्षबाट मारिएका थिए । पूर्णकालीन कार्यकर्ता भई तत्कालीन नेकपा (माओवादी)को गाउँ कोर्डिनेशन कमिटिको सदस्य रहँदा उनी साविक सेरम गाविसको झंकी गाउँमा प्रहरीबाट मारिएका थिए । मंगलेका तीन छोरीमध्ये एकको निधन भईभईसकेको छ । उनलाई गाउँमै विवाह भएकी छोरीले हेरचाह गरिरहेका छन् । उनको साहारा र पालन पोषण राज्यकै राहत र बृद्धा भत्ता हो । जेलबाङको कार्यक्रमबाट शहीद भुवनको घर बनाउने उद्घोष नेता वर्षमान पुनमगर ‘अनन्त’ ले गरेपछि अब मंगले बुढाको घर पौष २ गते निर्माण कार्यको शिलेन्यास हुने भएपछि आफूलाई निकै खुशी लागेको बताउनुभयो । मंगले बुढामगर खुशी हुँदै भन्नुभयोः–“ मर्ने बेलामा पो नयाँ घरमा बस्न पाइने भो नेतालाई धन्यवाद, मेरो छोरा जनयुद्धमा मरे पनि तपाईहरु नै छोरा हो, देशको विकास गर्नु, हाम्रो छोराको सपना पुरा गर्नु हाम्रो छोरा मरे पनि तपाईहरु हामीलाई साथ दिनु”

You may also like