नेपाल शिक्षक महासंघको प्रथम नगर परिषद् बैठक सम्पन्न

लिबाङ–रोल्पा
नेपाल शिक्षक महासंघ रोल्पा नगरपालिका रोल्पाको प्रथम नगर परिषद् बैठक ‘अधिकार र कर्तव्यका शिक्षक एकता’ भन्ने मूलनारा सहित शनिबार जिल्ला समन्वय समिति रोल्पाको नयाँ हलमा सम्पन्न भएको छ । परिषद् बैठकले नगरपालिकाका विद्यालयहरुमा कार्यरत शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धि जस्ता महत्वपूर्ण एजेण्ड पारित गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका रोल्पाको नगर प्रमुख पूर्ण के.सी.ले शिक्षकहरुको विषयमा नेपाल शिक्षक महासंघसँग सहकार्य समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । नगरपालिकाका विद्यालयहरुमा शिक्षक दरवन्दी अभाव भएका विद्यालयहरुमा स्वयसेवक शिक्षहरुको नगरपालिकाबाट व्यवस्थापन गरी गुणस्तरीय शिक्षा सहजता ल्याउने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको विशिष्ट अतिथि नेपाल शिक्षक महासंघ ५ नं. प्रदेश नेपालको उपाध्यक्ष विना मल्ला, एकीकृत अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला अध्यक्ष कृष्णबहादुर पुन, नेपाल शिक्षक महासंघ रोल्पा जिलला सदस्य सर्मिला आचार्य, नेपाल शिक्षक संघ रोल्पा जिल्ला अध्यक्ष भगवती मल्ल, अखिल नेपाल शिक्ष संगठन रोल्पा जिल्ला सचिव भुपबहादुर के.सी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ अधिवेशन रोल्पाबाट निर्वाचित अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, एकीकृत अखिल नेपाल शिक्षक संघ रोल्पा नगरपालिका अध्यक्ष दुर्गाबहादुर शाही, नेपाल राष्ट्रिय शिक्षक संघ रोल्पा नगरपालिका अध्यक्ष प्रकाशचन्द्र आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पा नगरपालिका अध्ययक्ष अमरबहादुर बुढा लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो ।

कार्यक्रममा नगरपालिक विद्यालयभित्र कार्यरहत शिक्षकहरू लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । नेपाल शिक्षक महासंघ रोल्पा नगरपालिका अध्यक्ष खलसिंह बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव योगेन्द्र घर्तीमगरले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष महेश घर्तीमगरले गर्नुभएको थियो ।

You may also like