फगाममा आधुनिक स्वास्थ्य भवन बनेपछि स्थानीय खुशी

मानसिंह बिक
रोल्पा ९ पुस
२०७४ साल बैशाख १० भत्किएको स्वास्थ्य चौकी एका एक आधुनिक स्वास्थ्यचौकी भवन बन्न थालेपछि फगाम सुछहरी गाउँपालिका ६ फगामका संगीता विकलाई निकै खुशी लागेको छ । संगीतालाई मात्रै होइन फगामबाबसीलाई लाई समेत मनमा हर्षित छाएको छ ।
सानो स्वास्थ्य भवन पनि भत्किएर स्वास्थ्य सँस्था नै विरामी परेपछि स्वास्थ्य सँस्थाबाट प्रवाह गरिने सेवा त प्रभावित नै बनेको थियो । विगतमा सानो भवन त्यही माथि पनि स्वास्थ्य सँस्थाबाट सेवा पाउन नसकेका एवं प्रसुतिका लागि कोठाको अभावमा गुणस्तरीय सेवाको अभावमा रहेका फगामबासीलाई अब प्रसुति सेवाका लागि प्रसुतिमैत्री भौतिक संरचना मात्रै बनेको छैन कि स्वास्थ्य भवनको आधुनिकतासँगै सेवामा पनि गुणस्तरीयता थपिएमा अझै फगामबासीको जीवनमा नयाँ संसार देखेको झै हुने आशा व्यक्त गरेका छन् ।
सामुदायिक सशक्तिकरण अभजउ नेपालगञ्जको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल रेडक्रस जिल्ला शाखा रोल्पाको सामाजिक परिचालनमा पहिलो पटक आधुनिक भवन निर्माण हुन थालेपछि फगामबासीले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको महसुस गरेका छन् । पहिलो पटक ८ वटा कोटा २ वटा शौचालय १ वटा बाथरुम सहितको आधुनिक भवन निर्माण भएपछि अब फागामबासीले अब स्वास्थ्य क्षेत्रको सुधार हुने आशा गरेका छन् । स्वास्थ्य प्रवर्ढनका लागि सामुदायिक सशक्तिकरण अभजउ नेपालगञ्जको ६४ लाख ४९ हजार ५२९, स्थानीय समुदायको २१ लाख ९१ हजार ८९४ रुपैया र समितिको १० लाख ४९ हजार ३८७ रुपैया गरी जम्मा ९६ लाख ९० हजार ८१० को कुल लागतमा निर्माणकार्य सम्पन्न हुने क्रममा रहेको छ । करिव १ महिनामा भवनको निर्माण कार्य सम्पन्न गरि सक्ने प्राविधिक सयोजक धिरोज भण्डारीले जानकारी दिनुभयो ।
सो भवन लगायत स्वास्थ्य प्रवर्ढनका लागि नेपाल रेडक्रस सोसाइटी सीइएचपी नेपालगञ्जको सहकार्यमा सामुदायिक स्वास्थ्य खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमबाट सञ्चालित परियोजनाको पौष ३ गते जिल्ला स्तरीय अनुगमनको गरिएको थियो । सो भवन अब निर्माण कार्य सम्पन्न हुँदैछ । सो भवन निर्माण कार्यले पूर्णता पाएपछि जनताहरुले सुविधा पाउने कुरामा कुनै संका नरहेको नेपाल रेडक्रस सोसाइटी सीइएचपी नेपालगञ्जको सहकार्यमा सञ्चालित सामुदायिक स्वास्थ्य खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रका फगाम संयोजक हेमराज महराले बताउनुभयो ।
सो अनुगमन गर्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले फगामबासी जनताको स्वास्थ्य अवस्थामा सुधार लिनका लागि कार्यक्रमबाट भवन जनताको आवश्यकता अनुसार बनेको बताउँदै सहयोगको निरन्तताको लागि सम्बन्धित पक्षलाई अझै फराकिलो ढंगले सहयोग गर्नका लागि अनुरोध गर्नुभयो । यस्तै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य एवं जिल्ला सभापति नौलसिंह पुनमगरले यो कार्यक्रम जनताको आवश्यकालाई ख्यालमा राखेर गरिएकोले यसका विकास र संरक्षणमा समेत स्थानीय जनताले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सुनछहरी गाउँपालिका अध्यक्ष सुनछरही गाउँपालिका अध्यक्ष आसबहादुर पुनमगर ‘रक्तिम’ले समेत गाउँपालिको समृद्धीका लागि रेडक्रसले ठूलो श्रम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । वडा नं. ६ फगाम वडा अध्यक्ष अमरजित पुनमगर आगामी दिनमा यसले जनताको स्वास्थ्य सुधारमा फरक लिने कुरामा आफूहरु आशावादी रहेको बताउनुभो । नेपाल रेडक्रस सोसाइटी सीइएचपी नेपालगञ्जको सहकार्यमा सामुदायिक स्वास्थ्य खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक बसन्त गौतमले सो टोलीले सुवर्णावती ४ मिझिङ सुलिचौर बसपार्कमा रहेको शौचालय, जैमाकसला माबाङ खानेपानी आयोजना, जनचेतना प्राथमिक विद्यालयको शौचालय समेत अनुगमन गरिएको जानकारी दिनुभयो । सामुदायिक स्वास्थ्य खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम जैमाकसला संयोजक विनोद बुढामगरले आयोजनाबाट जैमाकसलाबासीको खानेपानी र स्वास्थ्यको अवस्था सुधार भएको बताउनुभयो । यस्तै सामुदायिक स्वास्थ्य खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम मिझिङका संयोजक खिमबहादुर वलीले पनि मिझिङमा पनि कार्यक्रमले आम जनताको स्वास्थ्यको क्षेत्रमा सुधार दिएको प्रतिक्रिया दिनुभयो ।
अनुगमन टोलीमा नेपाली कांग्रेसका दिउविर विष्ट, नेकपा एमालेका नन्दकुमार आचार्य, माओवादी केन्द्रका मनिराम बढाथोकी लगायत सरकारी तथा गैर सरकारी निकाय एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।
२०७२ साल बैशाख १० गते विरामी परेको स्वास्थ्य सँस्थाबाट अब फगामबासीले आधुनिक स्वास्थ्य भवन त पाएका छन् यसका साथै आधुनिक भवनबाट आधुनिक गुणस्तरीय सेवा प्रदान गर्न सकेमा मात्रै फगामबासीको चाहाना र अपेक्षा पुरा हुने थियो । भवन त निर्माण सम्पन्न हुँदैछ अब त्यहाबाट प्रदान गरिने सेवा पनि जनमुखि भएर अगाडि बढाएमा वास्तविक फगामबासीको चाहना पुरा हुने छ ।

You may also like