माडी गाउपालिका ४ रिजावाङ रोल्पाको सूचना 

दरभाउ— पत्र (कोटेशन) पेश गर्ने सम्वन्धी सूचना
दोस्रो पटक प्रकाशित मितिः २०७४।११।०६
माडी गाउ“पालिका÷पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना अन्तर्गत सञ्चालित जलङखोला (सोलार लिफ्ट) खानेपानी तथा सरसफाइ योजना माडी गाउपालिका ४ रिजावाङ रोल्पाको लागि यसै सूचना स“ग संलग्न सूची वमोजिमका खानेपानी योजनामा प्रयोग हुने निर्माण सामाग्री, पाइपहरु तथा फिटीङ्गस् लगायतका सामाग्री खरिद गर्नुपर्ने भएकोले संलग्न परिमाण, तौल र गुणस्तरका सामानहरु निम्न शर्तहरुको अधिनमा रही सप्लाई गर्न मञ्जूर भएमा मिति २०७४ फागुन १३ गते भित्रमा शिलवन्दी कोटेशन पेश गर्नको लागि सूचित गरिन्छ ।
शर्तहरु ः
१. संलग्न परिमाण वमोजिमको निर्माण सामाग्री, पाइपहरु र औजारहरु जलङखोला खानेपानी तथा सरसफाइ योजनाको माडी ४ रिजावाङमा रहेको उपभोक्ता समितिको गोदाममा यस समितिसंग सम्झौता भएको मितिले १५ (पन्ध्र) दिन भित्र सप्लाई गरीसक्नुपर्नेछ । निर्धारित समयभित्र सप्लाई नभएमा उपभोक्ता समितिले सम्झौता रद्द गर्न सक्नेछ ।
२. उक्त सामानहरुको ढुवानी लागत सामाग्रीको दररेटमा नै उल्लेख गर्नुपर्नेछ । उपभोक्ता समितिले थप कुनै ढुवानी खर्च व्यहोर्ने छैन ।
३. सप्लाई गरिएको सामाग्रीहरु संलग्न परिमाण, गुणस्तर र तौलको हुनुपर्नेछ । यदि सामान सप्लाई भैसकेपछि प्राविधिकले जा“च गर्दा सो वमोजिम नरहेको पाइएमा उक्त सामानको मूल्य उपभोक्ता समितिले भुक्तानी दिनेछैन र उक्त सामान विना कुनै अतिरिक्त शुल्क सप्लायरले फिर्ता लगी गुणस्तर वमोजिमको अर्को सामान सोही स्थानमा ढुवानी गरीदिनु पर्नेछ ।
४. सामान सप्लाई भैसकेपछि सम्बन्धित रोडहेडमा प्राविधिकवाट सामाग्री जा“च भै प्रमाणित गरेपछि मात्र उपभोक्ता समितिले सप्लायरलाई प्रमाणित सामानको भुक्तानी चेक मार्फत गर्नेछ ।
५. सप्लाई गरिएका सवै सामानहरु नेपालमा उत्पादितको हकमा नेपाल गुणस्तर ल्क् र भारतमा उत्पादितको हकमा क्ष्क् चिन्ह अंकित हुनुपर्नेछ ।
६. सामाग्रीको मूल्य अंकित गर्दा नेपाली रुपैयामा अंक र अक्षर दुवैमा विना केरमेट लेख्नुपर्नेछ । अंकमा लेखिएको दर अस्पष्ट भएमा वा अंक र अक्षरमा फरक भएमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।
७. पर्न आएका कोटेशनहरु मूल्यांकन गरी कुनै कोटेशन हरु विना कुनै कारण स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने अधिकार यस उपभोक्ता समितिमा रहनेछ ।
८. कोटेशन पेश गर्ने संस्थाले उपभोक्ता समितिले प्रमाणित गरेको परिमाण सूची ९द्यष्िि या त्तगबलतष्तष्भक० मा मात्र दरभाउ पेश गर्नुपर्नेछ । अन्य कागजमा भरिएको कोटेशनलाई मान्यता दिइनेछैन ।
९. उपभोक्ता समितिले कुल खरिद मूल्यको १.५% वरावर रकम अग्रीम आयकर वापत कट्टी गरी सप्लायरलाई भुक्तानी गर्नेछ । उक्त रकम राजश्वमा दाखिला भएको रकमको भौचरको प्रतिलिपी पछि सप्लायरलाई उपलव्ध गराइनेछ ।
१०. सामान सप्लाई गर्दा नियमानुसार लाग्ने सवै करहरु सप्लायरले नै तिर्नुपर्नेछ ।
११. उपभोक्ता समितिवाट पेश गरिएका वाहेक सप्लायरले कुनै पनि शर्तहरु राख्न पाउने छैन ।
१२. कोटेशनको साथमा फर्मको दर्ता प्रमाणपत्र, भ्याट दर्ता र मान्य अवधिसम्मको आयकर चुक्ता गरेको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
१३. उपभोक्ता समितिले प्रमाणित गरेको परिमाण सूचि ९द्यष्िि या त्तगबलतष्तष्भक० र कोटेशन फर्म उपभोक्ता समितिको कार्यालय वा माडी गाउपालिका वास इकाइ कार्यालयमा रु १,०००।— अक्षेरपी रु एक हजार मात्र तिरी खरिद गर्न सकिने छ । फर्म सम्वन्धित उपभोक्ता समितिको कार्यालयमा वा माडी गाउपालिका वास इकाइमा वुझाउन सकिने छ । अन्तिम दिन विदाको दिन परेमा अर्को दिन वुझाउन सकिने छ ।
१४. प्रकृया नपुगी पेश हुन आएको कोटेशन उपर कुनै कार्यवाही हुनेछैन ।
१५. अन्य व्यवस्थाको हकमा प्रचलित कानून वमोजिम हुनेछ ।
(अध्यक्ष जलङखोला खानेपानी तथा सरसफाइ समिति, माडी गापा ४ रिजावाङ रोल्पा )
पुनश्चः स्थानीय सप्लायर्सहरुलाइ प्राथमिकता दिइनेछ ।
थप जानकारीको लागि सम्पर्क मोवाइल नंः ९८६०४६२३७१, ९८४७८५०९२९, ९८४७८६८७८९

You may also like