पहिलो चरणको छनौट कार्यक्रम विभिन्न स्थामा सम्पन्न

रोल्पा समाचारदाता
घर्तीगाउँ– रोल्पा,
सुनछहरी कलाकेन्द्र रोल्पाद्वारा ‘‘अग्रजको सम्मान, नयाँलाई प्रोत्साहन, मोलिक कला संस्कृतिको संरक्षण, हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ सञ्चालन सुनछहरी नृत्य तथा गायन तारा– २०७४ को पहिलो चरणको छनौट कार्यक्रम जिल्लाको विभिन्न स्थानमा स्भक तथ म्पन्नको क्रममा बुधबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममो प्रमुख अतिथि माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनमगर, नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका सचिव बिजय घर्तीमगर, माडी गाउँपालिका– २ का वडाअध्यक्ष ललित घर्तीमगर, इ.प्र.का. माडी गाउँपालिका घर्तीगाउँ रोल्पाका प्रहरी सहायक निरीक्षक उदयराम एरी, मगर युवा क्लव माडी गाउँपालिका रोल्पाका अध्यक्ष पशुपति घर्तीमगर, सामुदायिक रेडियो माडी आवाजका स्टेशन म्यानेजर वुद्विमान वली लगायतको आतिथ्यता थियो । २०७४ ताराको पहिलो चरण अन्तर्गत दश स्थानीयतहका विभिन्न स्थानमा पहिलो चरणको छनौट चरणपछि उक्त ताराको अन्तिम रोल्पा नगरपालिकाको लिवाङमा सम्पन्न गर्ने सुनछहरी कला केन्द्र रोल्पाका अध्यक्ष तथा निर्देशक दीपिन थापाले बताउनुभयो । गायनतर्फ अग्रज लोकगायक लोक के.सी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष मिलन रोकामगर निर्णायक मण्डलमा हुनुहुन्थ्यो भने नृत्यतर्फ सुनछहरी कला केन्द्रका राजन बुढामगर, भविन्द्र कुमार गुरूङ, रमीता गुरूङ समेत निर्णायक मण्डमा हुनुहुन्थ्यो । सुनछहरी कला केन्द्रको आयोजना तथा माडी गाउँपालिकाको सहआयोजनामा सुनछहरी नृत्य तथा गायन तारा २०७४ को पहिलो चरणको कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम सुनछहरी कला केन्द्र रोल्पका अध्यक्ष तथा निर्देशक दीपिन थापाको अध्यक्षतमा सञ्चालन भएको कर्यक्रमको सञ्चालन सम्पन्न कार्यक्रममा कलाकेन्द्रका अध्यक्ष तथा नृत्य निर्देशक दिपेन्द्र थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम कार्यक्रमको सञ्चालन आधुनिक गायक हरी पुनमगरले गर्नुभएको थियो । त्यसैगरी शनिबार सुकिदह गाउँपालिकाको केन्द्र सुकिवडार जिनबाङमा समेत पहिलो चरणको कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ । नृत्य तथा गायन तारा २०७४ को पहिलो चरणको कार्यक्रम एक नगरपालिका र नौ ओटा गाउँपालिका सम्पन्न गरी अन्तिम चरणको कार्यक्रम रोल्पा नगरपालिकाको लिबाङमा सम्पन्न गर्ने आयोजकले बताएको अन्तिम चरणको सुनछहरी नृत्य तथा गायन तारा २०७४ को अन्तिम चरणबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान ल्याउने कलाकारले क्रमशः रु ५०, रु २५ हजार, १५ हजार र १ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने छन् । जिल्लामा कलाकारिताको सरक्षण तथा प्रर्वद्वनको निम्ति विभिन्न नामा ताराहरु सञ्चालन भइरहेका छन् । जसले कला क्षमता भएका कलाकारहरुको क्षमताको विकासमा टेवामा सहयोग पु¥याउँदै छ ।

You may also like