किम कार्दाशिनले तोडिन् एप्पलको एप स्टोर

अमेरिकन मोडेल तथा सोसलाइट किम कार्दाशिनको नाउँमा आएको नयाँ एपले एप्पलको एप स्टोर नै क्र्यास भएको छ । कार्दाशिनका विभिन्न पोजलाई प्रकट गर्ने इमोजीहरुको संग्रहको रुपमा रहेको किमोजी नामको उक्त एप एपस्टोरमा सार्वजनिक हुने बित्तिकै त्यसलाई डाउनलोड गर्नेको संख्या अत्यधिक हुँदा एप स्टोर नै क्र्यास हुन पुगेको हो ।

किमोजी एप पैसा तिरेर डाउनलोड गर्नुपर्छ र त्यसका लागि अमेरिकामा १.९९ डलर तिर्नुपर्छ । प्रयोगकर्ताले उक्त एपबाट इमोजीहरु कपी पेष्ट गरेर च्याट गर्ने बेला प्रयोग गर्न सक्छन् । ती इमोजीहरुमा किमले नुहाउँदा तथा अन्य विभिन्न अवस्थाका पोजहरुको आकृति समावेश छ ।

आइफोन प्रयोगकर्ताले किमोजीको डाउनलोड यतिधेरै गरे की एपस्टोर नै क्र्यास भयो । कतिपयले एपस्टोर लोड नै नहुने र कतिपयले एप डाउनलोड नहुने गुनासो गरेका डेलीमेलले जनाएको छ ।

किमोजी एप डाउनलोडमा आएको समस्याका बारेमा प्रयोगकर्ताहरुले टि्वटर तथा फेसबुक लगायतका सोसल साइटमा टिप्पणी गरेका छन् ।
आफ्नो नामलाई प्रतिबिम्बित गर्ने एपले एप स्टोरमा तहल्का मच्चाएको विषयबाट किम कार्दाशिन स्वयं फुर्किएकी छिन् । उनले टि्वटरमा लेखेकी छिन्: हामीले पूरै एप स्टोरले तोडेको कुरा विश्वासै गर्न सकिरहेकी छैन ।

साथै उनले एप्पल स्टोर तोडेकोमा व्यंग्यात्मक रुपमा माफी मागेकी छिन् ।

You may also like