फाल्गुन –१ र महान जनयुद्ध दिवस वारे !

आशबहादुर पुन (रक्तिम)


नेपाल सयौं वर्ष देखि सामन्ती राज्य व्यवस्थाले थलिएको देश थियो । १०४ वर्षिय राणा शासन ३० वर्षिय पञ्चायती व्यवस्था र ३८ वर्षिय राजतन्त्रले नेपाली जनतालाई समृद्धिको बाटोमा अगाडी बढ्नै दिएन । २०४६ सालमा निरङ्कुश पञ्चायती शासनको विरुद्ध नेपाली जनताहरुले वलिदानपूर्ण जनआन्दोलन गरेर सिमित मौलिक हक अधिकार सहित वहुदलिय व्यवस्थाको स्थापना भयो । नेपाली जनताले मुक्तिको आशा जगाए तर वहुदल व्यवस्थाको आगमन पश्चात सामन्तको नेतृत्व राजतन्त्र र संसदीय व्यवस्थाको एकीकरण भएर देशमा राजतन्त्रात्मक संसदीय व्यवस्थाको उदय हुन पुग्यो र सोहि व्यवस्था अन्तर्गत २०४८ साल बैशाख २९ गते आम निर्वाचन हुन पुग्यो, जसमा नेपाली कांग्रेसले वहुमत लिई नेपाली कांग्रेसले सरकार गठन गरि यो देशको शासन सत्ता हातमा लिए पछि जनताका समस्याहरुलाई न्यायोचित ढङ्गले समाधान गर्नुको साटो न्याय मुक्तिको आवाज वुलन्द गर्ने कम्युनिष्टहरु (खासमा रोल्पा, रुकुम लगायत ग्रामीणवस्तीका जनताहरु) माथि भिषण शोषण दमन अन्याय, अत्याचार, हत्या, हिंसा गर्न पुग्यो । त्यसको प्रतिरोध स्वरुप तत्कालिन ने.क.पा.(माओवादी) को नेतृत्वमा आम जनताहरुको व्यापक सहभागिताकासाथ २०५२ साल फाल्गुन १ गते देखि सगरमाथाको देश नेपालबाट संसारै हल्लाउने गरी प्रतिक्रियावादी राज्य सत्तासँग सम्वन्ध विच्छेद गर्दै महान जनयुद्धको थालनी भयो । यसको आवश्यकता महत्व र उपलव्धीवारे केहि चर्चा गरौं ।

नेपाल एक अर्ध समन्ती, अर्ध औपनिवेशिक भू–परिवेष्ठित राष्ट्र हो । यहाँका अधिकाँस नेपाली जनताहरु परम्परागत टुक्रे कृषि उत्पादनमा जीवन निर्वाह गर्दछन् । यस्तो दयनीय राष्ट्रका जनताहरुमाथि राजतन्त्रात्मक संसदिय व्यवस्थाको जव्बरजस्त अन्याय अत्याचार र शोषण, दमन सचेत नेपाली जताकोलागि अपाच्य विषय थियो । जसकारणले गर्दा सर्वहारा ग्रामिण श्रमिक नेपाली जनताहरुको अग्रदस्ता ने.क.पा. (माओवादी) ले बलियो जनताको आडमा गाउँबाट शहर घेर्ने रणनीतिकासाथ “राजन्त्रात्मक संसदिय व्यवस्थालाई ध्वस्त पार्दै जनवादी गणतन्त्रको स्थापनार्थ महान जनयुद्धको बाटोमा अधि बढौं” भन्ने मूल नाराकासाथ २०५२ साल फाल्गुन १ गते देखि जनतासँग रहेको भरुवा बन्दुक पड्काउदै महान जनयुद्धको थालनी गर्न पुग्यो । नेपाली जनताले जनयुद्ध लड्न कुनै रहर नभएर मुठ्ठीभर शासकहरुले वहुसंख्याक शासित जनताहरुमाथि थोपरेको क्रुर दमन र शोषणको प्रतिरोध थियो । इतिहास स्मरण रहोस् जनयुद्धको थालनी हुनेबेला नेपालमा नेपाली काँग्रेसको शेरबहादुर देउवा प्रधान मन्त्री र खुमबहादुर खड्का गृहमन्त्री थिए । नेपाली जनताका अवाजहरु राष्ट्रियता, जनतन्त्र जनजीवीकाका सवालहरुलाई संयुक्त जनमोर्चाको नेतृत्वमा माग पत्रको रुपमा सरकार समक्ष बुझाँउदा मागको सुनुवाई गर्ने कुरो त परै जाओस पूरै वेवास्ता गरेर न्यायको आवाजलाई कुल्चदै “रोमियो अप्रेशन” जस्ता पासविक दमन अभियान चलाएर सर्वसाधारण जनताहरुलाई जेल, नेल गर्नुकासाथै यतना, बलात्कार, हत्या, हिंसा, धनसम्पती लुटपाट गर्नुकासाथै निर्दोष नागरिकहरुको ज्यान लिने काम तत्कालिन काँग्रेस सरकारले ग¥यो । माओवादी जनयुद्धलाई राजनीतिक शक्तिको अभियानको रुपमा स्वीकारै गरेन, उल्टै आतंककारी गतिविधि भन्दै दमन, हत्या हिंसाद्वारातह लागाउने घोषणा गरे । माओवादी नेता कार्यकर्ताहरुको टउँकाको मूल्य तोकियो । झोला भरी माओवादी नेताहरुको टाउको ल्याउनेलाई झोला भरी पैशा दिने घोषणा पनि गरे, तर माओवादी जनयुद्ध मालेमावादी वैज्ञानिक राजनीति विचारबाट निर्देशत राष्ट्रियता जनतन्त्र जनजीवीकाको सवाललाई लिएर उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको आवाजलाई बोकेको राजनीतिक अभियान भएकोले तत्कालिक काँग्रेसी सरकारको हिंसात्मक दमनले विद्रोहको आगोमा घ्यू थप्ने काम ग¥यो र छोटै अवधिमा खडेरीका आगो झैं तीव्र गतिमा फैलदै गयो । हजारौं वीर योद्धाहरुको वलिदानीले लाखौ जनताहरु मोर्चावद्ध हुँदै गए । जनताको जीत प्रतिक्रयावादी शक्तिहरुको राजनीतिक फौजी दुबै हिसाबले पराजित हुँदै गए ।
यसरी पाँच वर्षको आँधीमय दिनहरु जनयुद्धले पार गर्दै जाँदा गरिव जनताहरुको राजनीति र फौजी क्षमताले उचाइ छुदै गयो । देश व्यापी पार्टी सँगठन मजबुत हुदै उच्चो विचार सहित अगाडी बढ्यो । फौजी दृष्टिले हजारौं जनमिलिसिया र जनमुक्ति सेनाको दस्ता निर्माण भए । जनतालाई नै राजनीतिकरण र फौजीकरण गर्न सफल भयो । प्रतिक्रियावादी शक्तिलाई पराजित गर्दै अत्याधुनिक हात हतियारले लैश हुँदै प्रतिआक्रमण सम्मको फौजी कारवाहीलाई अगाडी बढाउन सफल भयो । करिब ८० प्रतिशत भू–भागमा प्रतिक्रियावादी सत्तालाई खाली गरी जनवादी सत्ताको स्थापना गरी जनताका दैनिक भैपरी आउने समस्याहरुलाई वैज्ञानिक ढङ्गले समाधान गर्ने काम भयो । जनतामा निर्भर शिक्षा स्वास्थ्य विकास,निर्माण सस्कार संस्कृति ,आर्थिक आधारहरु निर्माण भए । मुख्य रुपमा ग्रामिण क्षेत्रका किसान महिला दलित उत्पीडित वर्गमा राजनीति सत्ता प्रतिको आधिकार प्राप्तीको जागरण ठूलो उपलव्धीको रुपमा लिन सकिन्छ । यसरी हजारौ जनता, नेता, कार्यकर्ताको अमूल्य वलिदानको जगमा ठूला–ठूला उपलव्धीहरुको हासिल अगाडी बड्ने क्रममा एकदशकको वलिदानीपूर्ण जनयुद्ध पछि प्रतिकृयावादी शासकहरु सामन्तको नेतृत्व राजतन्त्र र दलाल पूँजीपति वर्गको नेतृत्व संसदवादी दलहरुबीच दरार पैदा भयो । राजा ज्ञानेन्द्रले सबै संसदवादी दलका नेताहरुलाई नजरबन्द बनाई दियो र परिस्थितिमा फेरबदल भयो । राजा ज्ञानेन्द्रद्वारा सडकमा पु¥याईएका संसदवादी राजनीति दलहरु राजाद्वारा आजित बने माओवादीले उठाएको गणतन्त्र, संघीय, धर्म निरपेक्षता, समानुपातिक र समावेशीप्रति सकारात्मक बनेर समर्पित भएपछि वृहत शान्ति सम्झौता १२ बुंदे सहमतिको आधारमा लोकतान्त्रिक गणतन्त्र संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी नारामा केन्द्रित भएर २०६२÷०६३ को जनआन्दोलन सम्भव भयो । राजाको शासन विरुद्ध माओवादी र सात संसदीयवादी राजनीतिकदलको नेतृत्वमा देशै भरि लाखौ जनताहरु सडकमा ओर्लिए । अन्ततः राजा ज्ञानेन्द्रले जनतासामु घुँडा टेक्नु प¥यो र २३८ वर्षिय राजतन्त्र सदाका लागि पराजित भएर गयो भने नेपाली जनताको जीत शुनिश्चित भयो ।
यसरी हेर्दा माओवादीले सञ्चालन गरेको महान जनयुद्ध न्याय समानता र सत्यको पक्षमा थियो र नै उपलव्धीहरु हाँसिल गर्दै सत्य सावित भयो । यद्यपी जनयुद्धले राखेको पूर्ण लक्ष प्राप्त भएको छैन । यसमा हामी सबै सहमत छौ, तर राणा, पञ्चायत,राजतन्त्र संसदिय व्यवस्था हुँदै सापेक्षित रुपमा युगको अन्त्य भएको छ । एकात्मक सामान्ती राज्यव्यवस्थाको अन्त्य संघीय लोकतान्त्रीक गणतन्त्र, धर्म निरपेक्ष,समानुपातिक र समावेशी राज्य प्रणाली अन्तर्गत दलिय उत्पीडित, उपेक्षित वर्ग र क्षेत्रबाट जननिर्वाचित प्रतिनिधिहरु अगाडी आउनु एक महत्वपूर्ण उपलव्धी हो । यसलाई इन्कार गर्नु भनेको शहीदहरुको रगत लाखौ नेपाली जनताको श्रम पसिनाप्रतिको अपमान हुन जान्छ । त्यसैले सही कुरो के हुन जान्छ भने प्राप्त उलव्धीहरुलाई दक्षिणअति र वामअतिबाट बचाउदै थप रक्षा र विकास गर्दै बाँकी अधिकार प्राप्तकिो निम्ति निरन्तर संघर्ष गर्नु आजको अपरिहार्य अवश्यकता बनेको छ । त्यसो गरेमा मात्र जनयुद्धको ऐतिहाँसिक उपलव्धीहरुलाई जनताको स्वार्थको निम्ति परिचालन गर्न सक्ने सम्भावना रहन्छ र जनयुद्धको सार्थकता पुष्टि हुँदैजानेछ । महान जनयुद्ध जिन्दावाद ! वीर शहीदहरु अमर रहुन् ! धन्यवाद ।

२०७४ फाल्गुन १
लेखक नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा सुनछहरी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ ।

You may also like